Logo
धर्मो रक्षति रक्षितः

राष्ट्रिय परिवार योजना दिवस

September 18
National Public Health Days
All 2025 2024 2023 2022 2021 2020 2019 2018 2017 2016 2015 2014
Shisir Kumar Adhikari 5 1325 0

राष्ट्रिय परिवार योजना दिवस (National Family Planning Day)

नेपालमा परिवार नियोजन कार्यक्रमको सुरूवात बि.सं. २०१६ (सन् १९५९) मा नेपाल परिवार नियोजन संघको स्थापनासंगै संस्थागत रूपमा भएको थियो । राष्ट्रिय परिवार योजना दिवस बि.सं. २०७१ सालदेखि हालसम्म हरेक वर्ष September 18 का दिन विधिवत रूपमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाउने गरिन्छ । 

परिवार नियोजन कार्यक्रम जनसंख्या नियन्त्रण गर्ने उद्देश्यले शुरु गरिएको भएता पनि हाल यसको उपयोगितामा वृहत परिवर्तन भएको छ । विभिन्न देशहरुमा र विभिन्न संघ संस्थाहरुबाट गरिएको अध्ययन अनुसन्धानहरुबाट परिवार नियोजनले आमा, बच्चा र नवशिशुको स्वास्थ्य सुधार गर्न उल्लेखनिय भूमिका खेल्ने प्रमाणित भएको छ । साथै यसले लैङ्गिक समानता, महिलाको शिक्षा र वत्ति विकास गर्नको लागी सहयोग पुऱ्याउँछ । एच.आइ.भि. तथा यौन रोग को संक्रमण घटाउनमा पनि परिवार नियोजनले सहयोग पुऱ्याउँछ । यी फाइदाहरुको कारणले नै परिवार नियोजनलाई मानव जीवनको गुणस्तर सुधार गर्ने उपायहरु मध्ये एउटा अति सस्तो र प्रभावकारी उपायको रुपमा लिईन्छ । परिवार नियोजनमा गरेको खर्च, खर्च नभएर " लगानि " हो र परिवार नियोजनमा रू. १ लगानि गरे रू. ३ बराबरको प्रतिफल प्राप्त हुन्छ भन्ने कुरा एक बिश्लेषणले देखाएको छ ।

चित्रः हाल नेपालमा गर्भ निरोधक साधनहरुको प्रयोग दरको अवस्था (%)

परिवार योजना सेवालाई कुनै व्यक्ति वा दम्पत्तिले ठीक समयमा अपनाउन सकेमा यसबाट आमा, नवशिशु र बाल स्वास्थ्यमा सुधार ल्याउन, आर्थिक सुधार गर्न, शिक्षा र रोजगारीको अवसर प्राप्त गर्न, एच.आइ.भी. संक्रमण रोकथाम गर्न, लैङ्गिक समानता ल्याउन र स्वस्थ्य वातावरणको लागि एउटा महत्वपूर्ण उपाय हो । गुणस्तरीय परिवार योजना सेवाको पहुँचले व्यक्तिको स्वास्थ्यमा मात्र नभई सामाजिक तथा जीविकाका क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्दछ । असुरक्षित यौन सम्पर्कका कारण अनिच्छित गर्भ रहने सम्भावना धेरै हुन्छ, यस्तो अवस्थामा असुरक्षित गर्भपतन र असुरक्षित सुत्केरी हुने सम्भावना बढ्छ र यसबाट मातृ तथा शिशुको रुग्णता र मृत्यु हुने सम्भावना  पनि बढी हुन्छ । यसले सामाजिक तथा आर्थिक पक्षका समेत प्रत्यक्ष र दुरगामी प्रभाव पार्ने देखिन्छ । 

विश्व स्वास्थ्य संगठन अनुसार यदि दम्पतीले दुई गर्भबबीच कम्तिमा २ बर्षको अन्तर कायम गरेमा परिवार योजना सेवाले ३०% मातृ मृत्यु र १०% बाल मृत्यु घटाउँदछ ।  नेपालको हकमा भने करिव ५३% मातृ मृत्युलाई कमि ल्याउन परिवार योजना सेवाको योगदान रहेको एक अध्ययनमा उल्लेख छ । २० बर्ष उमेर नपुगी गर्भवती हुनबाट रोक्न, उपयुक्त जन्मान्तर कायम गर्न, अनिच्छित गर्भ रोकि महिलाको स्वास्थ्य र सशक्तिकरण गर्नका साथै जलवायुमा पर्ने नकारात्मक प्रभावलाई कम गर्न सहयोग पुर्‍याउने भएकाले परिवार योजना सेवाको पहुँचको सुनिश्चितता गर्नु पर्ने देखिएको छ ।

Themes/Slogans of राष्ट्रिय परिवार योजना दिवस
Year
Theme/Slogan
2025