राष्ट्रिय परिवार योजना दिवस

राष्ट्रिय परिवार योजना दिवस

September 18
National Public Health Days
All 2025 2024 2023 2022 2021 2020 2019 2018 2017 2016 2015 2014
Shisir Kumar Adhikari 512 4

राष्ट्रिय परिवार योजना दिवस (National Family Planning Day)

नेपालमा परिवार नियोजन कार्यक्रमको सुरूवात बि.सं. २०१६ (सन् १९५९) मा नेपाल परिवार नियोजन संघको स्थापनासंगै संस्थागत रूपमा भएको थियो । राष्ट्रिय परिवार योजना दिवस बि.सं. २०७१ सालदेखि हालसम्म हरेक वर्ष September 18 का दिन विधिवत रूपमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाउने गरिन्छ । 

परिवार नियोजन कार्यक्रम जनसंख्या नियन्त्रण गर्ने उद्देश्यले शुरु गरिएको भएता पनि हाल यसको उपयोगितामा वृहत परिवर्तन भएको छ । विभिन्न देशहरुमा र विभिन्न संघ संस्थाहरुबाट गरिएको अध्ययन अनुसन्धानहरुबाट परिवार नियोजनले आमा, बच्चा र नवशिशुको स्वास्थ्य सुधार गर्न उल्लेखनिय भूमिका खेल्ने प्रमाणित भएको छ । साथै यसले लैङ्गिक समानता, महिलाको शिक्षा र वत्ति विकास गर्नको लागी सहयोग पुऱ्याउँछ । एच.आइ.भि. तथा यौन रोग को संक्रमण घटाउनमा पनि परिवार नियोजनले सहयोग पुऱ्याउँछ । यी फाइदाहरुको कारणले नै परिवार नियोजनलाई मानव जीवनको गुणस्तर सुधार गर्ने उपायहरु मध्ये एउटा अति सस्तो र प्रभावकारी उपायको रुपमा लिईन्छ । परिवार नियोजनमा गरेको खर्च, खर्च नभएर " लगानि " हो र परिवार नियोजनमा रू. १ लगानि गरे रू. ३ बराबरको प्रतिफल प्राप्त हुन्छ भन्ने कुरा एक बिश्लेषणले देखाएको छ ।

चित्रः हाल नेपालमा गर्भ निरोधक साधनहरुको प्रयोग दरको अवस्था (%)

परिवार योजना सेवालाई कुनै व्यक्ति वा दम्पत्तिले ठीक समयमा अपनाउन सकेमा यसबाट आमा, नवशिशु र बाल स्वास्थ्यमा सुधार ल्याउन, आर्थिक सुधार गर्न, शिक्षा र रोजगारीको अवसर प्राप्त गर्न, एच.आइ.भी. संक्रमण रोकथाम गर्न, लैङ्गिक समानता ल्याउन र स्वस्थ्य वातावरणको लागि एउटा महत्वपूर्ण उपाय हो । गुणस्तरीय परिवार योजना सेवाको पहुँचले व्यक्तिको स्वास्थ्यमा मात्र नभई सामाजिक तथा जीविकाका क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्दछ । असुरक्षित यौन सम्पर्कका कारण अनिच्छित गर्भ रहने सम्भावना धेरै हुन्छ, यस्तो अवस्थामा असुरक्षित गर्भपतन र असुरक्षित सुत्केरी हुने सम्भावना बढ्छ र यसबाट मातृ तथा शिशुको रुग्णता र मृत्यु हुने सम्भावना  पनि बढी हुन्छ । यसले सामाजिक तथा आर्थिक पक्षका समेत प्रत्यक्ष र दुरगामी प्रभाव पार्ने देखिन्छ । 

विश्व स्वास्थ्य संगठन अनुसार यदि दम्पतीले दुई गर्भबबीच कम्तिमा २ बर्षको अन्तर कायम गरेमा परिवार योजना सेवाले ३०% मातृ मृत्यु र १०% बाल मृत्यु घटाउँदछ ।  नेपालको हकमा भने करिव ५३% मातृ मृत्युलाई कमि ल्याउन परिवार योजना सेवाको योगदान रहेको एक अध्ययनमा उल्लेख छ । २० बर्ष उमेर नपुगी गर्भवती हुनबाट रोक्न, उपयुक्त जन्मान्तर कायम गर्न, अनिच्छित गर्भ रोकि महिलाको स्वास्थ्य र सशक्तिकरण गर्नका साथै जलवायुमा पर्ने नकारात्मक प्रभावलाई कम गर्न सहयोग पुर्‍याउने भएकाले परिवार योजना सेवाको पहुँचको सुनिश्चितता गर्नु पर्ने देखिएको छ ।

विगत ११ वर्षमा मनाइको राष्ट्रिय परिवार योजना दिवसको नाराहरु यसप्रकार रहेका छन्:

Themes/Slogans of राष्ट्रिय परिवार योजना दिवस
Year
Theme/Slogan
2025