FAQ - Frequently Asked Questions

1280 5
केन्द्रीय लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगले स्वास्थ्य सेवा लगायतका अन्य सेवाका विभन्न पदहरुको विज्ञापन, परीक्षा सञ्चान तथा नतिजा प्रकाशन आफ्नो नियमित वार्षिक कार्यतालिका अनुसार गर्ने गर्दछ । केन्द्रीय लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगको विज्ञापन, परीक्षा सञ्चान तथा नतिजा प्रकाशन सम्बन्धी विस्तृत जानकारी थाहा पाउन तलको लिंकमा क्लिक गरी खुल्ने PDF मा हेर्न सकिन्छ ।
केन्द्रीय लोक सेवा आयोग
कोशी प्रदेश लोक सेवा आयोग
मधेश प्रदेश लोक सेवा आयोग
बागमती प्रदेश लोक सेवा आयोग
गण्डकी प्रदेश लोक सेवा आयोग
लुम्बिनी प्रदेश लोक सेवा आयोग
कर्णाली प्रदेश लोक सेवा आयोग
सुदूरपश्चिम प्रदेश लोक सेवा आयोग
केन्दीय र प्रदेश लोक सेवा आयोग (सबै एकै ठाउँमा)
नेपाल स्वास्थ्य व्यवसायी परिषद् (Nepal Health Professional Council-NHPC) ले Licensing Examination आफ्नो नियमित वार्षिक कार्यतालिका अनुसार गर्ने गर्दछ । अब परीक्षा कहिले हुन्छ थाहा पाउन तल वार्षिक कार्यतालिका लेखिएको ठाउँमा क्लिक गरी खुल्ने PDF मा हेर्न सकिन्छ ।
नेपाल नर्सिङ परिषद् (Nepal Nursing Council-NNC) ले Nursing Licensing Examination आफ्नो नियमित वार्षिक कार्यतालिका अनुसार गर्ने गर्दछ । अब परीक्षा कहिले हुन्छ थाहा पाउन तल वार्षिक कार्यतालिका लेखिएको ठाउँमा क्लिक गरी खुल्ने PDF मा हेर्न सकिन्छ ।
नेपाल फार्मेसी परिषद् (Nepal Pharmacy Council-NPC) ले Pharmacy Licensing Examination आफ्नो नियमित वार्षिक कार्यतालिका अनुसार गर्ने गर्दछ । अब परीक्षा कहिले हुन्छ थाहा पाउन तल वार्षिक कार्यतालिका लेखिएको ठाउँमा क्लिक गरी खुल्ने PDF मा हेर्न सकिन्छ ।
नेपाल मेडिकल काउन्सिल (Nepal Medical Council) ले Licensing Examination आफ्नो नियमित वार्षिक कार्यतालिका अनुसार गर्ने गर्दछ । अब परीक्षा कहिले हुन्छ थाहा पाउन तल वार्षिक कार्यतालिका लेखिएको ठाउँमा क्लिक गरी खुल्ने PDF मा हेर्न सकिन्छ ।
चिकित्सा शिक्षा आयोगले प्रकाशन गरेको वार्षिक शैक्षिक कार्यतालिका (एकेडेमिक क्यालेन्डर) का आधारमा परीक्षा सम्बन्धी गतिविधि सञ्चालन हुन्छ । वार्षिक शैक्षिक कार्यतालिका आयोगको वेवसाईट www.mec.gov.np वा तल वार्षिक कार्यतालिका लेखिएको ठाउँमा क्लिक गरी खुल्ने PDF मा हेर्न सकिन्छ ।
परीक्षा केन्द्रमा परीक्षामा खटिने आयोगका कर्मचारीहरु तथा आयोगले तोकेको अन्य कर्मचारी /प्रतिनिधिहरुले पालना गर्नुपर्ने जिम्मेवारीहरु झै उम्मेदवारहरुका लागि पनि केही जिम्मेवारी रहेका हुन्छन् बुँदागत रुपमा ति कर्तव्य / जिम्मेवारी देहाय अनुसार छन् :
  • परीक्षा केन्द्रमा जाँदा आफूले दरखास्त दिएको विज्ञापन नं., सेवा, समूह, उपसमूह तथा पद र रोल नं.अनुसार सो केन्द्र पर्ने कुरा थप विश्वस्त हुन परीक्षा केन्द्र सम्बन्धी सूचना राम्ररी हेरी एकिन गर्ने ।
  • निर्धारित परीक्षा केन्द्रमा पुगेपछि परीक्षा भवनको मूल ढोकामा टाँस गरीएको विवरण अनुसार आफै परीक्षा हल पत्ता लगाई प्रवेश घण्टि लागेपछि कोठा नं. र स्थान अनुसार तोकिएको ठाँउमा गएर बस्ने ।
  • आफूले दरखास्त दिएको समूह (खुला तथा समावेशी) एकिन गरी आफ्नो उपस्थिति जनाउने ।
  • परीक्षामा अन्य सामग्री साथ राख्न नपाइने हुँदा छाता, झोला, पुस्तक, कापी, मोबाइल, कागजको टुक्रा आदि कक्षाकोठाको अगाडी तोकिएको स्थानमा राख्ने
  • मोवाइल र अन्य इलेक्ट्रोनिक्स सामान कक्षा कोठामा नलैजाने । लगी हाले पनि बन्द गरी तोकिएको स्थानमा राख्ने ।
  • उत्तरपुस्तिकामा तोकिए अनुसार सम्पूर्ण विवरण भर्ने । कुनै कुरा अस्पष्ट भएमा परीक्षा कोठामा खटिएका निरीक्षक तथा कर्मचारीलाई सोध्ने ।
  • परीक्षार्थीले पालना गर्नुपर्ने विषयवस्तुका बारेमा उत्तरपुस्तिका तथा प्रवेशपत्रमा उल्लेखित सम्पूर्ण विवरणहरु ध्यान दिएर पढ्ने ।
  • प्रश्नपत्र हातमा परेपछि प्रश्नपत्रमा उल्लेखित निर्देशनहरु सर्सती पढ्ने र सोही अनुरुप गर्ने । तोकिए अनुसार सबै प्रश्नहरु छापिएका छन्/छैनन् एकिन गरेपछिमात्र वस्तुगत प्रश्नहरुको हकमा उत्तर पुस्तिकामा की अनिवार्य लेख्ने र विषयगत प्रश्नहरुको हकमा खण्ड भएमा खण्ड अनुसार सोही उत्तरपुस्तिकामा उत्तर लेख्ने ।
  • परीक्षामा लेख्नका लागि कालो मसी मात्र प्रयोग गर्ने । परीक्षाबाट परीक्षा शुरु भएको समयले तोकिएको अवधिसम्म वाहिर नजाने ।
  • परीक्षार्थीहरुले वस्तुगत कुनै प्रश्नको रफ गर्नुपरेमा प्रश्नमा नै गर्ने । विषयगत प्रश्नहरुको हकमा उत्तरपुस्तिकाको कुनै कुनालाई रफ प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ ।
  • परीक्षा दिँदादिँदै शौचालय जानु परेमा कलम लगायतका वस्तु नलैजाने ।
  • परीक्षा सकेर जाँदा खण्ड अनुसार क्रमैसँग आफ्ना उत्तरपुस्तिकाहरु (उत्तर लेखेको तथा खाली भए सो पनि) परीक्षा कोठामा खटिएका जनशक्तिहरुलाई अनिवार्य रुपमा बुझाउने साथै बौद्धिक प्रश्नहरु तथा प्रश्नपत्रमा नै बुझाउनु पर्ने भनी उल्लेख गरिएका प्रश्नपत्रहरु अनिवार्य रुपमा उत्तरपुस्तिकासँगै फिर्ता गर्ने ।

Source: लोक सेवा आयोग

केन्द्रिय लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगबाट वार्षिक कार्यतालिकामा निर्धारण भए बमोजिमका आधारमा विभिन्न श्रेणी/तह, सेवा, समूह, उपसमूहका पदका लागि विज्ञापन प्रकाशन हुन्छन्। यसरी प्रकाशित भएका विज्ञापनका विषयमा दरखास्त दिने उम्मेदवारहरुले पर्याप्त जानकारी राख्ने र विज्ञापनमा उल्लेखित विषयलाई गहन तवरले आद्योपान्त अध्ययन गर्नु अत्यावश्यक हुन्छ । दरखास्त पेश गर्नुपूर्व ध्यान पुर्‍याउनु पर्ने मुख्य मुख्य विषयहरु देहायअनुसार छन् :
  • सर्वप्रथम दरखास्त दिने सम्बन्धमा कुन पदको विज्ञापन कुन समयमा हुन्छ भन्ने विषयमा जानकारी राख्ने । यस्तो जानकारी लोक सेवा आयोगको Webbsite मा रहेको वार्षिक कार्यतालिकाबाट पाउन सकिन्छ । कार्यतालिका स्वीकृत भएपछि आर्थिक वर्षको शुरु महिनामै गोरखापत्रमा पनि प्रकाशित हुन्छ ।साथै आयोगबाट हुने प्रकाशनहरुमा पनि समावेश गरिएको हुन्छ ।
  • विज्ञापन खुलेपछि विज्ञापनमा उल्लेखित देहायका विवरणलाई सुक्ष्म रुपमा अध्ययन गर्नुपर्दछ 
    • दरखास्त दिनको लागि न्यूनतम/अधिकतम उमेरहद र उमेरहद नलाग्ने भएमा के कस्तो आधार हो ।
    • निर्धारित सेवा समूह, उपसमूह, श्रेणीलाई आवश्यक शैक्षिक योग्यता (न्यूनतम, अधिकतम) ।
    • विशेष योग्यता (कुनै विशेष विषयको आवश्यकता, अनुभव चाहिने/नचाहिने) ।
    • दरखास्त दिन पाउने (शुरु, अन्तिम र दोब्बर दस्तुर सहितको) मिति
    • परीक्षा मिति र समय
    • परीक्षा केन्द्र
    • परीक्षाका लागि आवश्यक दस्तुर
    • पाठ्यक्रम
    • दरखास्त पेश गर्ने स्थान
    • खुलेको विज्ञापनमा कुन कुन स्थानबाट दरखास्त फाराम भर्न सकिन्छ
    • आफूले दरखास्त दिने विज्ञापन, सेवा समूहका हकमा आवश्यक पर्ने कागजातहरु के के हुन निक्र्यौल गरी सो को व्यवस्थापन गर्ने ।
    • विज्ञापन/सूचनामा आफू उम्मेदवार हुनका लागि कुनै विशेष कागजात आवश्यक पर्छ/पर्दैन ? जस्तै : समावेशी समूहमा आदिवासी÷जनजाति, मधेसी, दलित, अपाङ्ग, पिछडिएको क्षेत्र आदि स्पष्ट हुने आधारहरु, आवश्यक पर्ने अन्य कुनै सिफारिशहरु ।
    • प्रकाशित विज्ञापनमा दिएका सूचनाहरु विशेष अवस्थामा विचविचमा परिवर्तन समेत हुन सक्ने भएकाले दरखास्त फाराम भरिसकेपछि पनि आयोगको वेवसाइट, प्रकाशन एवं आयोगबाट सूचना प्रकाशन हुने अन्य माध्यमहरु समय–समयमा हेरी सूचित हुनुपर्दछ ।

    यो सामग्री संघीय लोक सेवा आयोगको वेभसाइट बाट साभार गरिएको हो ।


    प्रथम चरण:
    * कुन पद/तहको तयारी गर्ने निश्चित गर्नुहोस् ।
    * मुल पुस्तक (Syllabus Oriented Guides) र सन्दर्भ सामाग्री (Reference Books) संकलन गर्नुहोस् ।
    * लक्ष्य प्राप्तिको समयसीमा (Deadline) तोक्नुहोस् ।
    * लक्ष्य प्राप्तिको लागि आवश्यक योजना(Planning) र रणनीति(Strategy) तयार गर्नुहोस् ।
    * अब शुरूवात (Start Reading) गर्नुहोस् ।
    * SMART Study

    दोस्रो चरण: अध्ययन, लेखन र सन्तुलन/तालमेल
    * अध्ययनमा निरन्तरता (Continuity) दिनुहोस्। हरेक दिन जति भएपनि (आधा, १/२/३/४...घण्टा) पढ्ने र सँगसँगै लेख्ने (टिपोट) गर्ने गर्नुहोस् ।
    * विभिन्न पत्रपत्रिकाका (Daily Newspapers) दैनिक लेख, समाचार र सरकारी पत्रिका (Magazines/Special Editions) विशेषांक पढ्नुहोस् ।  साथै महत्त्वपूर्ण कुरा नोट पनि गर्दै जानुहोस् ।
    - जस्तै: सोपान, अन्तरास्ट्रिय मञ्च, कान्तिपुर, गोरखापत्र, आर्थिक अभियान, The Kathmandu Post आदि।
    - प्रशासन, पराग, निजामती , कर्मचारी, JOPA, CAMAD, कानुन आदि।
    - माथिल्लो तहको/पदको पुस्तक अध्ययन गर्नुहोस् । शाखा अधिकृतको तयारी गर्दैहुनुहुन्छ भने- उपसचिव र सहसचिवको लागि लेखिएका पुस्तक र सन्दर्भ सामाग्रीहरुको पनि अध्ययन गर्नुहोस्। 

    * Deep Study: गहिराइमा गएर अध्ययन गर्नुहोस्। हरेक पक्षको अध्ययन ।

    * सकारात्मक सोच (Positive Mentality) को निर्माण गर्नुहोस् ।
    - मेहेनतमा विश्वास (Believe in Hard Work)
    - आत्मविश्वास (Self-confidence)
    - भयबाट मुक्ति (Fearless)
    - कल्पनाशक्ति (Do Imagination)
    - खुशी र रहर गरेर पढ्नुहोस् (Read Happily)
    - स्वाध्ययन (Self-study)
    - स्वप्रेरित (Self-motivated)
    - अरुका राम्रा सुझाव मान्ने (Follow good suggestions)
    - Auto-suggestion
    - Imagination and Visualisation
    - Never Complain
    - Face the Challenges
    - Solve your Problems
    - Be Optimistic

    * यी कुराको व्यवस्थापन गर्नुहोस्।
    - Time Management
    - Stress Management
    - Money Management
    - Personal, Family and Friendship (Relations) Management

    * यी कुरालाई प्रेम गर्नुहोस्:
    - नयाँ कुराको खोजी (Learning New things )
    - अध्ययन र लेखन (Reading and Writing)
    - आफुलाई र अरुलाई (Yourself and Others)
    - Your Family, Friends, supporters and Mentors

    * भरपुर फाईदा लिनुहोस्:
    - Google, Internet, Related Websites, Blogs
    - Social Media: Facebook, Twitter
    - Youtube
    - Online Newspapers
    - Seniors (अग्रजहरु)

    * सधैं सुन्ने/हेर्ने गर्नुहोस्:
    - समाचार
    - अन्तर्वार्ता
    - छलफल तथा बहस
    - आफ्नो वरिपरिका गतिविधि/वातावरण
    - Global Issues.

    * ख्याल गर्नुहोस्:
    - खानपिन
    - निद्रा, आराम
    - समग्र स्वास्थ्य
    - आफ्नो घरपरिवार, आफन्त, र साथीसंगी 

    * व्यवस्थित भएर अध्ययन गरौं:

    द्वितीय, तृतीय र चतुर्थ पत्रको लागि:
    - हरेक पाठ: अलग नोट कापी
    - हरेक खण्ड : अलग कापी
    - First Draft
    - Second Draft
    - Precise Note
    - You can use different coloured/ink Ballpens/Pen.
    - Blank copies
    - Schedule/Timetable( Copy or Mind)

    * सञ्जाल:
    - समान लक्ष्य भएका साथी
    - अध्ययनमा हौसला दिने
    - नयाँ कुरा, जानेका कुरा बाँड्ने
    - छलफल गर्ने
    - सकारात्मक सोच भएका
    - नत्र एक्लै पढ्ने
    - Work hard in silence, let your sucess be the noise.

    * संकोच नमान्नुहोस्:
    - सहयोग माग्न र गर्न 
    - Sorry भन्न 
    - आफ्नो लागि समय छुट्टयाउन 
    - Thank You (Gratitude) भन्न 

    * समय निकाल्नुहोस्:
    - साथीभाई र परिवारसँग घुमफिर
    - रमाइलो गर्न

    * आवश्यक तर यो मात्रै पर्याप्त होईन:
    - लोक सेवा तयारी कक्षा,
    - नमूना परीक्षा,
    - काठमाण्डौं जानैपर्छ भन्ने मानसिकता 

    * भ्रम तोड्नुस्:
    - लोक सेवा पास गर्न Topper हुनैपर्छ 
    - Math/Science राम्रो भएका मात्रै पास गर्छन् 
    - राम्रो स्कुल तथा विश्वविद्यालय पढेको हुनुपर्छ 
    - 18 घण्टा पढ्नुपर्छ 
    - यो लोकसेवा होईन घोकसेवा हो।
    - समयनै पुग्दैन 
    - Optional Paper यहि नै राख्नुपर्छ 
    - लोक सेवा पहिलो प्रयासमा पास गर्न सकिँदैन !

    * यस्तो मानसिकता त्याग्नुहोस्:
    - म सक्दिन। म अरुभन्दा कमजोर छु।
    - म पढ्न सक्दैन। पढेको यादनै हुँदैन।
    - यतिका हजारौं उम्मेदवारमा म के पास हुँला र !!
    - भाग्य भए हुँला नत्र ठिकै छ।
    - समय आउनुपर्छ आफ्नो, सफल हुन।

    * यी कुरा पत्ता लगाउनुहोस् (Find Out):
    - आफ्नो बलियो र कमजोर पक्ष।
    - रुचि र अरुचिको विषय 
    - सहयोगी र असहयोगी 
    - आफ्नो प्राथमिकता 

    * बिस्तारै सुधार गर्दै जानुहोस् (Improve):
    - हतार गर्ने बानीमा
    - निर्णय निर्माण
    - अलमलिने बानी
    - राम्रोसँग प्रश्न नपढ्ने बानीमा
    - परीक्षा भन्ने बित्तिकै डराउने
    - अरुका कुरामा विनासोचविचार विश्वास गर्ने
    - आफ्नो क्षमतामा शंका गर्ने
    - आफ्नो सबल/ दुर्बल पक्ष अरुले भनिदिनुपर्ने
    - आफै केही गर्नै नसक्ने
    - अरुलाई मात्रै राम्रो ठान्ने आफुलाई कमसल ठान्ने
    - सचेत भएर नपढ्ने
    - उत्तर लेख्न हतार गर्ने
    - चिन्तन होईन चिन्ता गर्ने
    - तत्काल नतिजा चाहने
    - आफुलाई सर्वज्ञ ठान्ने

    * चटक्कै छोड्नुहोस् (Leave These):
    - अरुको रिस, ईर्ष्या, आलोचना र कुरा काट्न
    - अस्वस्थकर र अव्यवस्थित खानपिन/जीवनशैली
    - फजुल खर्च
    - अनुत्पादक काम
    - किताब मात्रै किन्ने, अध्ययन नगर्ने बानी
    - गुनासो मात्रै गर्ने
    - डर मान्ने
    - किताबको मोटाई हेर्ने
    - सीमित अध्ययन गर्ने बानी

    * Do Believe (मज्जाले विश्वास गर्नुहोस्)
    - आफुमा, आफ्नो लक्ष्यमा र तोकिएको समसीमामा 
    - मेहेनत र कर्ममा 
    - प्रकृति, ब्रह्माण्ड र प्रेममा 
    - सकारात्मक सोचमा 
    - हामीले चाहेका अधिकांश कुरा सम्भव छ्न्।
    - निरन्तर अभ्यास महत्त्वपूर्ण छ। यसले हरेक कुरा सम्भव बनाउँछ ।
    - स्वच्छ प्रतिस्पर्धा 
    - सहि समयमा सहि निर्णय 

    * Share (बाँड्दै गरौं):
    - आफुले जानेका कुरा। पढेका कुरा।
    - सहि तरिका।

    * Accept (स्वीकार गर्नुहोस्):
    - आफ्ना कमजोरी 
    - उपयुक्त सुझाव 
    - सहि मार्गदर्शन 
    - समय 
    - मेहेनत अनुरुपको नतिजा 

    * अभ्यास गर्नुहोस् (Exercise):
    - पढेर,
    - पढ्दै लेख्दै गरेर,
    - सुनेर,
    - छलफल गरेर,
    - आफै नमूना परीक्षा गरेर,
    - हरेक समय पढेको कुरा सम्झेर, चिन्तन, मनन गरेर 

    सफलता त्यसै मिल्दैन। मेहेनत गर्नैपर्छ । हरेक पक्षमा औसतमा भएपनि सन्तुलन हुनैपर्छ । निरन्तरता, सकारात्मक सोच, आत्मविश्वास, समय मिलान, स्वास्थ्य ख्याल, उपलब्ध स्रोतको उपयोग, उत्साह, खुशी, समयसीमा, रणनीति, योजना, लगायतका विभिन्न कुराको संयोजन चाहिन्छ, सफलता प्राप्त गर्न। र यो सम्भव छ। सजिलो छ। बानीको निरन्तरता भए।

    E-Health Network स्वास्थ्य सम्बन्धी सूचना, शिक्षा, तालिम सामग्री, ऐन, नियम, नीति, रणनीति, योजना, अनुसन्धान तथा कार्यान्वयनमा आधारित ज्ञानको आदानप्रदानलाई प्रवर्द्धन गर्छ। यस नेटवर्कको उद्देश्य स्वास्थ्यकर्मी, Health Science, Public Health, Nursing, Medical Field का विद्यार्थी, अनुसन्धानकर्ता, नीति निर्माताहरू, सर्वसाधारणलाई सहज सटीक र भरपर्दो स्वास्थ्य जानकारी तथा स्रोतहरू उपलब्ध गराउने एक Digital Platform हो । यो पोर्टल एकीकृत डिजिटल स्रोतको रूपमा स्वास्थ्य सेवा प्रणाली सुदृढ गर्न योगदान पुर्‍याउने उद्देश्यले निर्माण गरिएको हो। https://shisiradhikari.com.np Web portal विशेष गरी निम्न समूहहरूका लागि उपयोगी छ:
    • स्वास्थ्य सेवाका विभिन्न पदको लोक सेवा आयोग र जुनसुकै प्रतिस्पर्धात्मक परीक्षा तयारी गरिरहनुभएका विद्यार्थीहरुको लागि नेपालकै सबैभन्दा भरपर्दाे र विश्वसनीय Online Platform,
    • NHPC Licensing examination, Nepal Nursing Council Licensing Examination, CEE Entrace Examination तयारी गरिरहनु भएका विद्याथीृहरुको लागि अति उपयोगी
    • जनस्वास्थ्य (Public Health) का विद्यार्थी र प्रशिक्षार्थीहरूका लागि शैक्षिक सामग्री र तयारी सहयोग गर्न,
    • स्वास्थ्यकर्मी (Health Workers) र नर्सिङहरू (Nurses) का लागि Updated information, Guidelines, Protocol, Standards, Health Traing  र व्यवहार परिवर्तनका लागि स्वास्थ्य शिक्षा सूचना तथा सञ्चारका सामग्रीहरु प्रदान गर्न,
    • अनुसन्धानकर्ता र लेखकहरूका लागि उपयोगी दस्तावेज, प्रकाशन र अनलाइन स्रोतहरू पहुँचमा ल्याउन,
    • स्वास्थ्यसँग सम्बन्धित विभिन्न रोजगारीका लागि अवसरहरु खोज्नको लागि उपयुक्त तथा रोजगारदाताहरुलाई दक्ष जनशक्ति पाउनका लागि समेत उपयुक्त Online Platform,
    • स्वास्थ्य सेवामा कार्यरत सम्पूर्णं कर्मचारीहरुको लागि कार्यालय समयमा आवश्यक पर्ने कागजताहरु, Administrative Form/Formats, ज्ञानसिप अभिवृद्धि गर्ने सामग्री सजिलै पाउन सकिने,
    • स्वास्थ्यसँग चाँसो राख्ने र जानकारी लिन चाहने सबैको Digital Library
    • सर्वसाधारणका लागि जनचेतनामूलक स्वास्थ्य सामग्री प्रदान गर्न।

    E-Health Network को Web (shisiradhikari.com.np) मा Premium MOCK Test Exam र Premium PDF Bank Features बाहेक अरु सबै Features नि:शुल्क रुपमा प्रयोग गर्न सकिन्छ । धेरै Features प्रयोग गर्नको लागि Web Signup गरी  Login गर्नुपर्ने हुन्छ । 

    Watch the Tutorial Video for Signup and Login Process: 


    E-Health Network को Web (shisiradhikari.com.np) का मुख्य विशेषताहरु (Salient Features) यसप्रकार रहेका छन्:
    1. स्वास्थ्य शिक्षामा केन्द्रित डिजिटल प्लेटफर्म: स्वास्थ्य विज्ञान, जनस्वास्थ्य, र मेडिकल विषय अध्ययन गर्ने विद्यार्थीहरूका लागि विशेष रूपमा तयार गरिएको Educational Website ।
    2. छोटो भिडियो पाठहरू: सहज र बुझ्न मिल्ने स्वरूपमा तयार पारिएका छोटो भिडियोहरू मार्फत शिक्षण सामग्री उपलब्ध।
    3. प्रशिक्षण अभ्यास सामग्रीहरू: विद्यार्थीहरूलाई अभ्यास गर्नका लागि अतिरिक्त अभ्यास सामग्रीहरू र प्रश्नोत्तरहरू प्रदान।
    4. स्वास्थ्य लोकसेवा तयारी सहयोग: स्वास्थ्य लोक सेवा, लाइसेन्स र अन्य परीक्षाहरूको तयारीका लागि विशेष सामग्रीहरू उपलब्ध।
    5. अद्यावधिक स्वास्थ्य जानकारी: स्वास्थ्य सम्बन्धी नवीनतम जानकारी, नीति, रणनीति र कार्यान्वयन स्थिति समावेश।
    6. MOCK Tests: ८००० भन्दा बढी Highy-yield MCQs र २००० भन्दा बढी Justification सहितका प्रश्नहरू समावेश।
    7. अध्ययनका लागि उपयोगी पुस्तकहरू: AHW, ANM, HA, Staff Nurse, Pharamacy, BPH, MPH अन्य स्वास्थ्यकर्मीहरूका लागि उपयोगी Study Materials and Refrences materials उपलब्ध।
    8. Updated Reports: स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदन (Annual Health Report of DoHS), राष्ट्रिय जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (NDHS Reports) and Other Health-related survey and Reports
    9. Training Materials: स्वास्थ्यकर्मीहरूका लागि विभिन्न तालिम कार्यक्रमहरू र कार्यशालाहरूको जानकारी।
    10. Discussion-forum :विद्यार्थीहरू, पेशाकर्मीहरू र अनुसन्धानकर्ताहरूका लागि विचार आदानप्रदान गर्ने Open Platform
    11. नवीनतम स्वास्थ्य नीतिहरू: स्वास्थ्य सम्बन्धी राष्ट्रिय योजनाहरू, नीतिहरू, रणनीतिहरू र तिनीहरूको कार्यान्वयन स्थिति अद्यावधिक।
    12. Public Health Days: स्वास्थ्य सम्बन्धी मनाइने महत्वपूर्ण दिवसहरू र तिनीहरूको नारा समावेश।
    13. Public Health Programs: सामुदायिक स्वास्थ्य नर्सिङ्ग कार्यक्रमहरू, तिनीहरूको कार्यान्वयन र प्रभाव मूल्यांकन सम्बन्धी जानकारी।
    14. अध्ययन सामग्रीहरू डाउनलोड गर्न मिल्ने : प्रयोगकर्ताहरूले पावरपोइन्ट प्रजेन्टेसन, नोट्स, फारमहरू र सरकारी दस्तावेजहरू सजिलै डाउनलोड गर्न सक्छन्।
    15. Blogs: Public Health, शिक्षण पद्धति, र स्वास्थ्य नीति सम्बन्धी ब्लग लेखहरू उपलब्ध छन् जसले ज्ञान वृद्धि गर्न मद्दत पुर्‍याउँछ।
    16. नयाँ अपडेटका सूचना: स्वास्थ्य क्षेत्रसँग सम्बन्धित नयाँ सूचना, अपडेट र समाचार नियमित रूपमा प्रकाशित गरिन्छ।
    17. सरकारी तथा नीजि संस्थाका लागि सिफारिसयोग्य सामग्री: नीति निर्माता, तालिम प्रदायक, तथा संस्थाहरूका लागि सामग्रीहरू स्रोतका रूपमा उपयोग गर्न सकिने।
    18. पुस्तक प्रकाशन तथा खरिद सेवा: Mentor Series Book जस्ता पाठ्यपुस्तकहरू अनलाइन मार्फत प्रकाशन, अर्डर र खरिद गर्न सकिने सुविधा।
    19. NHPC लाइसेन्स परीक्षा तयारी सामग्री: स्वास्थ्य विज्ञानका विद्यार्थीहरूका लागि NHPC (Nepal Health Professional Council) लाइसेन्स परीक्षाको तयारीका विशेष नोट्स, MCQs र मार्गदर्शन।
    20. PDF सामग्रीहरू सजिलै पहुँच योग्य: पोर्टलमा उपलब्ध अधिकांश शैक्षिक र पेशागत सामग्रीहरू PDF स्वरूपमा उपलब्ध छन्, जुन सजिलै हेर्न, डाउनलोड गर्न र प्रयोग गर्न सकिन्छ।
    21. स्वास्थ्य मन्त्रालय तथा विभागका आधिकारिक दस्तावेजहरू: नेपाल सरकार स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायहरूले प्रकाशित गरेका नीति, कार्ययोजना, प्रतिवेदन र निर्देशिका समावेश।
    22. पाठ्यक्रम र पाठ्य योजना आधारित सामग्री: BPH, HA, Staff Nurse लगायतका पाठ्यक्रममा आधारित विषयगत सामाग्रीहरू प्रस्तुत गरिएको छ।
    23. Nutrition Calculator: Child Nutrition Calculator and BMI Calculator 
    24. Play Quiz Features: Unlimited MCQs Practice Features 
    25. Question of the Day Features: Per Day 1 High-yiled question display in main slidder with correct answer and rationale 
    26. यूजर-फ्रेन्ड्ली इन्टरफेस: पोर्टलको डिजाइन सरल, स्पष्ट, मोबाइलमैत्री र सजिलै नेभिगेट गर्न मिल्ने प्रकारको छ, जसले प्रयोगकर्तालाई सहज अनुभव दिन्छ।
    Health Assistant (HA) लोक सेवा आयोग तयारीको लागि संघ र सबै प्रदेश लोक सेवा आयोगको Revised पाठ्यक्रममा आधारीत Shisir Kumar Adhikari सरद्धारा लिखित तल दिईएका Books पढ्न सक्नुहुनेछ । Books बारे थप जानकारीको लागि Books को Name मा क्लिक गर्नुहोला ।
    1. HA Mentor Part - I Paper for MCQs
    2. HA Mentor Part -II For Subjective (Written Exam)
    3. 10,000 Golden MCQS Mentor
    4. HA Visheshank (हे.अ. विशेषांक)
    5. Health Loksewa Question Bank Plus (+) (Volume I for MCQs)
    6. Health Loksewa Question Bank Plus (+) (Volume II for Subjective Paper)
    Health Assistant (HA) License तयारीको लागि NHPC को Revised पाठ्यक्रममा आधारीत Shisir Kumar Adhikari सरद्धारा लिखित तल दिईएको Book पढ्न सक्नुहुनेछ । Book बारे थप जानकारीको लागि Book को Name मा क्लिक गर्नुहोला ।
    1. HA License Mentor 
    Staff Nurse (General Nursing)/Public Health Nurse (PHN) लोक सेवा आयोग तयारीको लागि संघ र सबै प्रदेश लोक सेवा आयोगको Revised पाठ्यक्रममा आधारीत Shisir Kumar Adhikari सरद्धारा लिखित तल दिईएका Books पढ्न सक्नुहुनेछ । Books बारे थप जानकारीको लागि Books को Name मा क्लिक गर्नुहोला ।
    1. Nursing Loksewa Mentor All in One: Part - I (Objective)
    2. Nursing Loksewa Mentor All In One: Part - II For Subjective (Written Exam)
    3. 10,000 Golden MCQS Mentor
    4. Staff Nurse Visheshank
    5. Health Loksewa Question Bank Plus (+) (Volume I for MCQs)
    6. Health Loksewa Question Bank Plus (+) (Volume II for Subjective Paper)
    Staff Nurrse License तयारीको लागि Nepal Nursing Council को Revised पाठ्यक्रममा आधारीत Shisir Kumar Adhikari सरद्धारा लिखित तल दिईएको Book पढ्न सक्नुहुनेछ । Book बारे थप जानकारीको लागि Book को Name मा क्लिक गर्नुहोला ।
    1. Nursing License Plus (+) For PCL Nursing License
    अ.हे.व. (AHW) लोक सेवा आयोग तयारीको लागि संघ र सबै प्रदेश लोक सेवा आयोगको Revised पाठ्यक्रममा आधारीत Shisir Kumar Adhikari सरद्धारा लिखित तल दिईएका Books पढ्न सक्नुहुनेछ । Books बारे थप जानकारीको लागि Books को Name मा क्लिक गर्नुहोला ।
    1. AHW Mentor Part - I (Objective)
    2. AHW Mentor Part - II (Subjective)
    3. 10,000 Golden MCQS Mentor
    4. AHW Visheshank (अ.हे.व. विशेषांक)
    5. Health Loksewa Question Bank Plus (+) (Volume I for MCQs)
    6. Health Loksewa Question Bank Plus (+) (Volume II for Subjective Paper)
    अ.न.मी. (ANM) लोक सेवा आयोग तयारीको लागि संघ र सबै प्रदेश लोक सेवा आयोगको Revised पाठ्यक्रममा आधारीत Shisir Kumar Adhikari सरद्धारा लिखित तल दिईएका Books पढ्न सक्नुहुनेछ । Books बारे थप जानकारीको लागि Books को Name मा क्लिक गर्नुहोला ।
    1. ANM Mentor Part - I (Objective)
    2. ANM Mentor Part - II (Subjective)
    3. 10,000 Golden MCQS Mentor
    4. AHW Visheshank (अ.हे.व. विशेषांक)
    5. Health Loksewa Question Bank Plus (+) (Volume I for MCQs)
    6. Health Loksewa Question Bank Plus (+) (Volume II for Subjective Paper)
    BPH License तयारीको लागि NHPC को Revised पाठ्यक्रममा आधारीत Shisir Kumar Adhikari सरद्धारा लिखित तल दिईएको Books पढ्न सक्नुहुनेछ । Books बारे थप जानकारीको लागि Books को Name मा क्लिक गर्नुहोला ।
    1. BPH License Mentor (Releasing soon)
    2. 10,000 Golden MCQS Mentor
    Public Health Officer (PHO), Health Education Officer (HEO), Nutrition Officer, Entomologist Officer लोक सेवा आयोग तयारीको लागि संघ र सबै प्रदेश लोक सेवा आयोगको Revised पाठ्यक्रममा आधारीत Shisir Kumar Adhikari सरद्धारा लिखित तल दिईएका Books पढ्न सक्नुहुनेछ । Books बारे थप जानकारीको लागि Books को Name मा क्लिक गर्नुहोला ।
    1. PHO Mentor (Releasing Soon) 
    2. 10,000 Golden MCQS Mentor
    3. Health Loksewa Question Bank Plus (+) (Volume I for MCQs)
    4. Health Loksewa Question Bank Plus (+) (Volume II for Subjective Paper)
    MPH Common Entrance Examination (CEE) तयारीको लागि MEC को Revised पाठ्यक्रममा आधारीत Shisir Kumar Adhikari सरद्धारा लिखित तल दिईएको Book पढ्न सक्नुहुनेछ । Book बारे थप जानकारीको लागि Book को Name मा क्लिक गर्नुहोला ।
    1. 10,000 Golden MCQS Mentor
    2. Health Loksewa Question Bank Plus (+) (Volume I for MCQs)
    नेपाली सेना प्रा.अम.मेडिकल (AHW/HA) र नेपाली सेना, प्रा.सु. सैनिक उपचारिका (नर्सिङ) परीक्षा तयारीको लागि Revised पाठ्यक्रममा आधारीत Shisir Kumar Adhikari सरद्धारा लिखित तल दिईएको Books पढ्न सक्नुहुनेछ । Books बारे थप जानकारीको लागि Books को Name मा क्लिक गर्नुहोला ।
    1. नेपाली सेना प्रा.अम.मेडिकल (AHW/HA Mentor)
    2. Nursing Loksewa Mentor All in One: Part - I (Objective)
    3. Nursing Loksewa Mentor All In One: Part - II For Subjective (Written Exam)
    4. 10,000 Golden MCQS Mentor
    5. Health Loksewa Question Bank Plus (+) (Volume I for MCQs)
    6. Health Loksewa Question Bank Plus (+) (Volume II for Subjective Paper)
    लोक सेवा आयोगले कर्मचारीको भर्नादेखि छनौटसम्म गर्ने सबै कार्य अत्यन्त स्वतन्त्र र हस्तक्षेपमुक्त वातावरणमा सम्पन्न हुन्छन् । यसले गर्ने कार्यमा शङ्का, आग्रह एवं पूर्वाग्रह गर्ने कुनै ठाउँ हुँदैन । लोक सेवा आयोग यस्तो पवित्र संस्था हो, जसले धनी, गरिब, पहुँच भएका, नभएका, जातजाति, धर्म, क्षेत्रीयता आदि केही पनि हेर्र्दैन । यसले तोकिएको शैक्षिक योग्यता र व्यक्तिको क्षमता मात्र हेर्दछ । यो आफ्नो कार्य गर्नमा कानूनी र संस्थागत दुवै दृष्टिले स्वतन्त्र र स्वायत्त छ । त्यसैले यसले गर्ने कार्यमा कहिलेकाहीँ सानो मानवीय गल्ती बाहेक अरू कार्यमा दोष दिने कुनै ठाउँ देखिएको छैन । यसले गर्ने कार्य अन्तर्गत अन्तर्वार्ता पनि एउटा प्रमुख कार्य हो, जुन लिखित परीक्षामा सफल भएपछि मात्र सुरु हुन्छ । लोक सेवा आयोगले लिने अन्तर्वार्ता तयारीको लागि Shisir Kumar Adhikari सरद्धारा लिखित तल दिईएको Interview Mentor Book पढ्न सक्नुहुनेछ । Book बारे थप जानकारीको लागि Book को Name मा क्लिक गर्नुहोला ।

    Interview Mentor पुस्तकमा प्रयाप्त विषयगत जानकारीका साथै यस भन्दा पहिला विभिन्न पदको अन्तर्वार्तामा विभिन्न व्यक्तिलाई सोधिएका प्रश्नहरुको सम्झना र अनुभवका आधारमा प्रश्नहरु सकंलन गरीएको छ । साथै यसभन्दा अगाडी कस्ता खालका प्रश्नहरु सोधिए, कस्ता प्रश्नहरु सोधिन सक्छन,  कसरी के जवाफ दिने भन्ने कुरा र तरिका प्रस्तुत गरिएको छ यसबाट विद्यार्थिको मानसिक बोझ, कौतुहलता र जिज्ञासालाई केही हदसम्म भएपनि न्युनिकरण हुनेछ । 

      Shisir Kumar Adhikari सरको जुनसुकै Books नजिकैको पुस्तक पसलमा पाउन सकिन्छ । Online Order गर्न पनि सक्नुहुनेछ । Online Order गर्नको लागि तलको नम्बरमा सम्पर्क वा Whatsap मा Message पनि गर्न सक्नुहुनेछ ।

      Samiksha Books Center: Adwaitmarga (Near old Buspark) Bagbazar, Kathmandu

      Phone No.: 01-5330184, 01-5344456

      Pustak Sewa (All Nepal Delivery):
      Ncell http://wa.me/9779801784812
      NTC: 9851361786

      Shisiradhikari.com.np मा Premium MOCK Test दिने तरिका सम्बन्धी Tutorial Video अनुसार Premium MOCK Test Exam दिन सक्नुहुनेछ ।

      Watch Tutorial Video: 

      Shisiradhikari.com.np मा Premium PDF Bank Booking गर्ने  तरिका सम्बन्धी Tutorial Video हेर्नुहोला ।

      Watch Tutorial Video: 


      यो Web धेरै Features प्रयोग गर्नको लागि Web Signup गरी  Login गर्नुपर्ने हुन्छ । 

      Watch the Tutorial Video for Signup and Login Process: 

      यो Web को Admin सँग तलको माध्यमबाट सम्पर्क स्थापित गर्न सकिन्छ ।

      Contact Number: +977 - 9702844270

      MCQ हरू झट्ट हेर्दा सरल र सजिलो लाग्छ होला धेरैलाई, किनकि प्रश्न मै उत्तर पनि दिईएको हुन्छ । हामिले त केवल छनौट मात्र गर्ने हो। तर वास्तवमा त्यति सजिलै MCQs solve गर्न सकिदैन जसका लागि आफ्नो बौद्धिक क्षमताको सक्दो प्रयोग गर्नुपर्छ ।
      थोरै MCQ हल गर्नका लागि पनि पुरै syllabus को विस्तृत ज्ञान हुनु जरूरी छ ।
      1. पुराना प्रश्नपत्रहरु solve गर्नाले पनि धेरै idea आउछ ।
      2. समुह पढ्ने प्रयास गर्नुहोस।(synergistic effect)
      3. Exam को एकदिन अगाडि: तपाईलाई थाहा नभएको topic भन्दा थाहा भएको topics को revision गर्नुहोस । नत्र अनावश्यक चिन्ता मात्र थपिन्छ ।
      4. Exam को दिन :
      प्रवेश पत्र र घड़ि नछुटाउनुहोस।
      Cool हुनुहोस र तनाव को level घटाउनुहोस। परिक्षार्थिको सॅख्या धेरै देखेर नआत्तिनुहोस,सोच्नूस कि सबै म जस्तै हुन ।
      समयमै परिक्षा केन्द्र पुग्नुहोस । कालो मसि मात्र प्रयोग गर्ने । दिईएको निर्देशन ध्यानपुर्वक पढ्नुहोस । OMR seat पहिलो चोटि भर्दै हुनुहुन्छ भने निरिक्षक को सहयोग लिनुहोस । समय को ख्याल गर्नुहोस । प्रश्न कम्तिमा पनि 2 चोटि पढ्नुहोस । पहिलो चरणमा confident लागेका प्रश्नहरू हल गर्नुहोस । दोस्रो चरण मा अलि confuse लागेका प्रश्नहरू र तेस्रो चरणमा जटिल प्रश्नहरू हल गर्नुहोस ।
      Answer Sheet मा प्रश्न न. राम्ररी हेरेर उत्तर कोर्नुहोस नत्र जानेको प्रश्न पनि बिग्रिन्छ ।
      नजानेको प्रश्न बिग्रिदा जति चिन्ता लाग्छ, जानेको बिग्रिदा झन चिन्ता हुन्छ ।
      5. आउदै नआएको प्रश्न guess कसरी गर्ने??
      जुन option लामो छ,त्यो सहि हुने सम्भावना हुन्छ । "All of the above" option सहि हुने सम्भावना high हुन्छ भने "none of the above" सहि हुने सम्भावना low हुन्छ । funny option हरु प्राय गलत हुन्छन ।

      3 वटा option wrong हो भन्ने थाहा छ भने पनि चौथो सहि हुन सक्छ । B र C option सहि हुने सम्भावना अलि बढि हुन्छ ।