राष्ट्रिय कण्डम दिवस
Shisir Kumar Adhikari
1
861
0
राष्ट्रिय कण्डम दिवस (National Condom Day) कोजाग्रत पूर्णिमापछिको पहिलो शनिबार
कण्डम प्रयोगबाट हुने फाइदा र प्रयोग गर्ने तरिकालगायत विषयमा जानकारी दिने उद्देश्यले हरेक वर्ष कोजाग्रत पूणिर्मापछिको पहिलो शनिबारका दिन राष्ट्रिय कण्डम दिवस मनाउने गरिन्छ ।
कण्डम बारे जानकारी
धेरैजसो पुरुष कण्डमहरु ल्याटेक्स रबर (Latex rubber) बाट तयार गरिएको हुन्छ, तर केही कण्डमहरु पशुहरुको कोषहरुबाट (Lamb Caecum) र पोलीयुरेथिन (Polyurethane) बाट पनि तयार गरिएको हुन्छ । नेपालमा सरकारी तवरबाट (समुदायमा आधारित कण्डम वितरण कार्यक्रम मार्फत) सबै तहका स्वास्थ्य संस्थाहरुमा लेटेक्सले बनेको पुरुष कण्डम निःशुल्क रुपमा पाइन्छ । नेपालमा पुरुष कण्डमहरु व्यापक रुपमा विभिन्न ब्राण्डहरुमा बजारमा उपलब्ध छ । तर यी कण्डमहरु ग्राहकले खरिद गर्नु पर्ने हुन्छ । यसको कुनै ब्राण्ड बजारमा खरिद गर्न सकिन्छ भने महिला कण्डम बजारमा मात्र पाइन्छ । लेटेक्सको गम्भीर एलर्जि हुने पुरुषले वाहेक सबैले पुरुष कण्डम प्रयोग गर्न सक्दछन् ।
चित्रः पुरुष कण्डम र महिला कण्डम
महिला कण्डम: महिला कण्डम भनेको योनीमा ठिक्कसँग मिलेर बस्ने नरम प्लाष्टिकले बनेको पारदर्शी झिल्ली हो । यो महिलाको योनीमा ठिक्क हुने गरी थैली जस्तो गरी बनाइएको हुन्छ । यसको दुवै भागमा लचिलो गोलो चक्का हुन्छ । एकापट्टीको चक्का बन्द हुन्छ जसको मद्दतले कण्डमलाई औलाको मद्दतले योनीभित्र पसाउन सजिलो हुन्छ । अर्को पट्टीको भाग खुल्ला हुन्छ र योनीको मुखमा बाहिर पट्टी रहन्छ । यसको भित्रि र बाहिर भागमा सिलिकनमा आधारित चिप्लो पर्दाथ राखिएको हन्छ । महिला कण्डमले शुक्रकिटलाई योनीभित्र पस्न नदिएर छेकवार गरी परिवार नियोजनको काम गर्छ भने पुरुषको लिङ्गमा हुन सक्ने जिवाणु महिलामा र महिलामा हुन सक्ने जिवाणु पुरुषमा प्रवेश गर्न रोकी संक्रमण रोकथामको काम पनि गर्दछ ।
कण्डमको प्रभावकारिता यसको प्रयोग विधिमा भर पर्दछ । यसको प्रभावकारिता सही तथा सधै (Correct & consistent) प्रयोग गर्ने र सामान्य तरिकाले प्रयोग गर्नेमा पनि निर्भर गर्दछ । यसको प्रभावकारिता ठिक तरिकाले प्रयोग गरेमा १०० जना प्रयोग गर्नेमा २ जना गर्भवती हुन सक्छिन् र सामान्य तरिकाले प्रयोग गरेमा १०० जना प्रयोग गर्नेमा १५ जना गर्भवती हुन सक्छिन ।
पुनः गर्भधारण क्षमता फर्कन लाग्ने समयः
कण्डम प्रयोगकर्ताले प्रयोग गर्न छाड्ने बित्तिकै तुरुन्तै गर्भधारण क्षमता फर्किहाल्छ ।
एच.आइ.भी. विरुद्ध सुरक्षा :
- जब पुरुष कण्डम सही तरिकाले सधै प्रयोग हुन्छ, यसले ८०% देखि ९५% एच.आइ.भी. संक्रमण हुनबाट बचावट गर्दछ । यदि कण्डमको प्रयोग नभएको भए एच.आइ.भी. सर्ने बढी हुने थियो ।
- पुरुष कण्डमले धेरै प्रकारका यौनजन्य संक्रमणको ( एच.आइ.भी., गोनोरिया, क्ल्यामिडिया, हर्पिस, ह्यूमन प्यापिलोमा भाइरस) जोखिमलाई कम गर्दछ । तर यसको प्रयोग सधैं र सही तरिकाले गरिनु पर्दछ ।
कण्डम प्रयोग गर्ने विधि:
- प्रत्येक यौन सम्र्पकमा नयाँ कण्डम प्रयोग गर्नु पर्दछ । म्याद नाघेको, बिग्रको वा च्यातिएको कण्डम प्रयोग गर्नु हुँदैन। यसको प्याकेट खोल्दा होसियारी पुर्याउनु पर्दछ ।
- कण्डमलाई उत्तेजित लिङ्गमा सहवास गर्नु अगाडि वा महिलाको यौन अङ्गमा छुनु अगाडि कण्डमको टुप्पोलाई माझी औँला र बुढी औँलाले च्यापेर बेरिएको भाग बाहिर पारेर उत्तेजित लिङ्गको लगाउनुपर्दछ । कण्डममा हावा नभरिएको यकिन हुनु पर्दछ ।
- कण्डमलाई उत्तेजित लिङ्गको फेदसम्म खोल्दै लानुपर्दछ ।
- वीर्य स्खलन भए पछि उत्तेजित भएकै अवस्थामा योनीबाट बाहिर निकाल्नु पर्दछ ।
- वीर्य स्खलन भएपछि कण्डमको फेदको रिममा वा चक्कामा समाति उत्तेजित अवस्थाान नै तुरुन्तै योनीवाट काहिर निकाल्नु पर्दछ ।
- कण्डमलाई योनीबाट काहिर निकाले पछि फाल्नुभन्दा पहिले च्यात्तिएको वा प्वाल परेको छ कि भनी जाँच गर्नु पर्दछ । यदि कण्डम फुटेमा वा योनीमा नै रहेमा आकस्मिक परिवार नियोजन प्रयोग गर्नु पर्दछ ।
- प्रयोग भएको कण्डमलाई सुरक्षित तरिकाले विर्सजन गर्नु पर्दछ ।
कण्डम प्रयोगकर्ताले गर्न नहुने कामहरु:
कण्डमको प्रयोग गर्दा केही व्यवहारहरुले जोखिम बढाउन सक्छ र कण्डम फुट्न सक्छ । त्यस्तो बानी व्यवहारलाई त्याग्नु पर्दछ, ती निम्न छन्ः
- कण्डमलाई प्रयोग प्रयोग गर्नुभन्दा अगाडि पुरै खोल्नु हुँदैन ।
- तेल मिसिएको चिप्लो पर्दाथ प्रयोग गर्नु हुँदैन, यसले लेटेक्सको गुणस्तरलाई बिगारी दिन्छ ।
- कण्डमको रंग बदलियो वा यसको सतह उबडखाबड भएमा प्रयोग नगर्ने ।
- कण्डम छुने बित्तिकै टुट्ने, सुख्खा वा धेरै च्याप च्याप लाग्ने भएमा प्रयोग नगर्ने ।
- कण्डमलाई पुनः प्रयोग नगर्ने ।
- सुख्खा सम्भोग नगर्ने ।
- यदि एकै पटकमा विभिन्न किसिमबाट यौन सम्पर्क गरिन्छ भने (मुख, गुदद्धार वा योनी मैथुन) एउटै कण्डम प्रयोग गर्नु हुँदैन । यस्तो कार्य गरेमा जिवाणुहरु एक ठाउँवाट अर्को ठाउँमा सरी संक्रमण गराउँदछ ।
सावधानी अपनाउनु पर्ने अवस्थाहरुः
