TPO Nepal Vacancies for Research Assistant
TPO Nepal द्वारा चितवन जिल्लाको भरतपुर महानगरपालिकाका सामुदायिक विद्यालयहरूमा सञ्चालन भइरहेको अनुसन्धानमूलक परियोजनाका लागि ४ जना अनुसन्धान सहायक आवश्यक
अवधि: १ वर्ष (थप हुन सक्ने)
कार्यस्थल: चितवन
मुख्य भूमिका तथा जिम्मेवारीहरू:
विद्यालय तथा समुदायमा गई सहभागी छनोट गर्ने र सहमति फारम भराई तथ्याङ्क सङ्कलन गर्ने
विद्यालयसँग समन्वय गरी अनुसन्धान कार्यलाई नियमित तथा व्यवस्थित बनाउने
सङ्कलित तथ्याङ्कको गुणस्तर सुनिश्चित गर्ने
अनुसन्धान सामग्री तथा प्रश्नावली अनुवाद तथा अन्तिम रुप दिन सहयोग गर्ने
परियोजना संयोजक र रिसर्च सुपरभाइजरसँग समन्वय गरी नियमित जानकारी तथा रिपोर्ट बुझाउने
तोकिएका अन्य सम्पूर्ण जिम्मेवारीहरू वहन गर्ने
योग्यता तथा सीप:
BA, BEd, BPH वा सम्बन्धित विषयमा अध्ययनरत/स्वास्थ्यसम्बन्धी तालिम प्राप्त
नेपाली नागरिकताको प्रमाणपत्र भएको
समुदाय तथा विद्यालय स्तरमा अनुसन्धान अनुभव भएको
समन्वय तथा सञ्चार सीप भएको
आवश्यकता अनुसार कार्यालय समय बाहेक तथा दुर्गम क्षेत्रमा काम गर्न सक्ने
कम्प्युटर तथा ट्याब्लेट प्रयोग गर्न सक्ने
Quantitative, Qualitative र Mixed अनुसन्धान विधिमा ज्ञान/अनुभव भएकालाई प्राथमिकता
महिलालाई प्राथमिकता
मोटरसाइकल/स्कुटर र लाइसेन्स भएकालाई प्राथमिकता
आवेदन प्रक्रिया:
आवेदन पत्र, बायोडाटा, अनुभव तथा शैक्षिक प्रमाणपत्र र नागरिकताको प्रतिलिपि hrtponepal@tponepal.org.np मा पठाउन सकिने
