Logo
धर्मो रक्षति रक्षितः

सिद्धार्थ सामुदायिक समाज, भैरहवामा कर्मचारीआवश्यकता सम्बन्धी सूचना

E. Health Network 29 Dec, 2024, 06:43 PM 9 2584 0

सिद्धार्थ सामुदायिक समाज, भैरहवा, रुपन्देही

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रथम पटक सूचना प्रकाशन मिति २०८१/०९/१२

सिद्धार्थ सामुदायिक समाज (SSS) महिलाहरुको नेतृत्वमा संचालित गैर-नाफामूलक संस्था हो l यो संस्थाले सन् २००१ देखि मानव अधिकारको न्युनतम मूल्यलाई ब्यबहारमा लागु गर्न अल्पसंख्यक तथा सीमान्तकृत समुदायका महिला, बालबालिका र किशोरकिशोरीहरुको सामाजिक र आर्थिक सशक्तिकरणका माध्यमबाट उनीहरुको पोषण र स्वास्थ्य, खाद्य सुरक्षा, पानी सरसफाइ र स्वच्छता (WASH), दिगो जीविकोपार्जन, शिक्षा, जलवायु परिवर्तन, मानसिक स्वास्थ्य, जोखिम र विपद् व्यवस्थापनमा वकालत, लैङ्गिक समानता, सामाजिक समावेशीकरणर दिगो विकासका लागि बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुसंग सहकार्य गर्दै लुम्बिनी प्रदेशका जिल्लाहरुमा बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेकोछ ।

युएसएड एकीकृत पोषण (जुन २०२४ देखि जुन २०२९) नेपालमा स्वास्थ्य, खाद्य, खानेपानी, सरसफाइ तथा स्वच्छता, शिक्षा र सामाजिक सुरक्षा प्रणालीहरूको सुदृढीकरणमार्फत सेवासुविधाबाट बञ्चित एवं सीमान्तकृत समुदायका महिला,किशोरकिशोरी र बालबालिकाको पोषण स्थिति सुधारका लागि प्रतिवद्ध बहुक्षेत्रीय परियोजना हो ।युएसएड एकीकृत पोषण रुपन्देही जिल्लामाहेलेन केलर इन्टरनेशनलसँगको सहकार्यमासिद्धार्थ सामुदायिक समाजले सञ्चालन गर्दैछ। अत: यस कार्यक्रमलाई संचालन गर्नका लागि ईच्छुक, योग्य, अनुभवी, जिम्मेवार, उच्चतम ईमान्दार, र परिणाममुखी सक्षम नेपाली नागरिकहरुबाट देहाय बमोजिमका कर्मचारीहरु आवश्यकता भएकाले यो सूचना प्रकाशित गरिएको छ।

सि.न.पदको नाम र आबश्यक संख्याकार्य क्षेत्रन्यूनतम शैक्षिक योग्यताअनुभव तथा दक्षता
१.

स्वास्थ्य तथा पोषण अधिकृत (Health and Nutrition Officer) -

१ जना

सिद्दार्थ सामुदायिक समाज, केन्द्रिय कार्यालय, भैरहवाजनस्वास्थ्य स्नातक (Bachelor’s degree in Public Health), बीएससी नर्सिङ (BSc Nursing), वा सम्बन्धित विषयमा  न्यूनतम स्नातक डिग्री गरेको ।
  • एनजीओ/आईएनजीओ वा सो सरहका  संस्थाहरुमा कम्तिमा३  वर्षको कार्य अनुभव भएको।
  • पोषण प्रशिक्षण र कार्यशालाहरू सहजिकरण गरेको अनुभव भएको ।
  • स्वास्थ्य संस्था तथा समुदायस्तरमा पोषण तथा स्वास्थ्य कार्यक्रम संचालन गरेको ।
  • नेपाली र अङ्ग्रेजी (मौखिक र लिखित) भाषामा निपुण र स्थानीय भाषा सम्बन्धित जानकार भएकोलाई प्राथमिकता।
  • कम्प्युटर (Microsoft Word, Excel, र PowerPoint) मा निपुण भएको ।
२.

बित्त तथा प्रशासनिक अधिकृत (Finance and Admin Officer) -

१ जना

सिद्दार्थ सामुदायिक समाज, केन्द्रिय कार्यालय, भैरहवा

व्यवसाय प्रशासन वा सम्बन्धित क्षेत्रमा न्यूनतम स्नातक डिग्री।

  • एनजीओ/आईएनजीओ वा सो सरहका  संस्थाहरूमा कम्तिमा ३वर्षको अनुभव भएको।
  • FAMAS लेखा सफ्टवेयर संग परिचित हुनुपर्ने।
  • वित्तीय र प्रशासनिक व्यवस्थापन प्रणाली र आन्तरिक नियन्त्रणहरूको ज्ञान भएको।
  • कम्प्युटर (Microsoft Word, Excel, र PowerPoint) मा निपुण भएको ।
३.अनुगमन, मुल्यांकन तथा सिकाई अधिकृत (MEL Officer)  - १ जनासिद्दार्थ सामुदायिक समाज, केन्द्रिय कार्यालय, भैरहवाजनस्वास्थ्य, बीएससी नर्सिङ, वा सम्बन्धित क्षेत्रमा न्यूनतम स्नातक डिग्री गरेको ।
  • एनजीओ/आईएनजीओ वा सो सरहका  संस्थाहरूमा कम्तिमा३ वर्षको अनुभव भएको। 
  • विचारपूर्वक समस्याहरू समाधान गर्ने क्षमता, विश्वास र आत्मविश्वासलाई प्रेरित गर्ने, र विभिन्न दृष्टिकोणहरूका लागि खुला रहने ।
  • अंग्रेजी र नेपाली दुवै भाषामा लेख्न र बोल्नमा सक्षम साथै स्थानीय प्रमुख भाषाहरुमा दक्षतालाई बढि प्राथमिकता दिइने।
  • कम्प्युटर (Microsoft Word, Excel, र PowerPoint) मा निपुण भएको ।
  • DHIS-II प्रणालीबाट नियमित (मासिक, त्रैमासिक, अर्ध बार्षिक, बार्षिक) प्रतिबेदन संकलन तयार र अपडेट गर्ने ।
  • दुई पाङ्ग्रे सवारी चलाउने इजाजतपत्र र दुर्गम परियोजना क्षेत्रहरूमा यात्रा गर्न इच्छुक हुनुपर्ने।
४.

पालिका पोषण अधिकृत (Municipal Officer) -

८ जना

रुपन्देही जिल्ला अन्तर्गतका नगरपालिका वा गाउपालिकहरुजनस्वास्थ्य मा स्नातक डिग्री (BPH), BSC नर्सिङ वा HA/नर्सिङ/CMA पास गरी कुनै पनि विषय मा स्नातक डिग्री गरेको , बि. एस्सी. एजी (BSc.Ag) पास गरेको 
  • एनजीओ/आईएनजीओ वा सो सरहका  संस्थाहरूमा कम्तिमा २ वर्षको व्यावसायिक अनुभव।
  • गाउँपालिका/नगरपालिका स्तरमा पोषण-विशिष्ट र पोषण-संवेदनशील कार्यक्रमहरू गर्न सक्ने  अनुभव भएको ।
  • भविष्यका आवश्यकताहरूका लागि अनुकूलतासहित गतिशील वातावरणमा निर्णय गर्ने क्षमता।
  • समूहमा काम गरेको तथा र समन्वयकारी  क्षमता भएको ।
  • स्थानीय स्तरमा सरोकारवालाहरुसँग समन्वय र सहकार्य गर्न सक्ने l
  • अंग्रेजी र नेपालीमा प्रवीणता (लिखित र बोल्ने); स्थानीय भाषाहरूको ज्ञान भएको  हुनुपर्ने।
  • कम्प्युटर (Microsoft Word, Excel, र PowerPoint) मा निपुण भएको ।
५.Integrated Nutrition Facilitator (एकीकृत पोषण सहजकर्ता) - ७ जनारुपन्देही जिल्ला अन्तर्गतका नगरपालिका वा गाउपालिकहरुकम्तिमा १२ कक्षा उतिर्ण गरेको ।
  • सामाजिक परिचालन सम्बन्धि भूमिकामा कम्तिमा २ वर्षको अनुभव भएको वा स्वास्थ्य सम्बन्धि बिषयमा १२ कक्षा उतिर्ण गरेको ।
  • स्वास्थ्य र पोषण सम्बन्धि जानकार भएको ।
  • कार्यक्रमको योजना निर्माण, कार्यान्वयन, र अनुगमनमा राम्रो अनुभव भएको ।
  • स्थानीय स्तरमा राम्रो समन्वय र सहकार्य गर्न सक्ने क्षमता भएको ।
  • प्रतिबेदन लेखनमा दख्खल भएको ।

उपरोक्त पदहरुका कार्य विवरण सहित विस्तृत जानकारी

https://drive.google.com/drive/folders/1c42d2s84oo8lkTbIRw0atf74Y7fp2sQG?usp=sharing बाट प्राप्त गर्न सकिनेछ अथवा तलको QR स्क्यान गर्नुहोस।

Mp190yIhqomNlRRhluIphh9D7oKKOcaSK2oKOMMhIYbUFHGdH8fw0kj8WrZl+oAAAAAElFTkSuQmCC

आबेदन प्रक्रिया:

योग्यता पुगेका ईच्छुक उमेद्वारहरुले २०८१ साल पौष १८ गते कार्यलय समय भित्र आफ्नो हालको व्यक्तिगत विवरण, र निबेदन पत्र सहित तलको ठेगानामा आबेदन दिन सकिने छ l

आवेदन पठाउने विधि: आवेदन अनिवार्य रुपमा sssbhw@gmail.com मा पठाउनुपर्नेछ ।

परीक्षाको किसिम: लिखित/अन्तर्वार्ता

सेवा अवधि: ६ महिना (पछि थप हुन सक्ने)  (परीक्षण अवधि १ महिनाको हुनेछ) 

सेवासुविधा: संस्थाको नियमानुसार हुनेछ ।

  • पोषण सम्बन्धी कार्यक्रममा अनुभव भएका स्थानीय आवेदकलाई विशेष प्राथमिकता दिइनेछ ।
  • प्रारम्भिक छनौटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित परिक्षामा समावेश गराइनेछ । 
  • रित नपुगेका, म्याद नाघेपश्चात आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।
  • स्थानिय उमेदवारलाइ प्राथमिकता दिइनेछ।
  • स्थानीय, मुस्लिम, दलित, बिपन्न समुदायका योग्य महिलाहरुलाई बिशेष रुपमा आबेदन दिनका लागि प्रोत्साहन गरिएको छ l
  • फोन कलहरू र कुनै पनि प्रकारको सम्बन्धलाई कडा रूपमा निरुत्साहित गरिनेछ।
Tags:
Source/Reference: