Vacancy For Staff Nurse At Lord Buddha Educational Academy, Nepalgunj
Vacancy for Staff Nurse at Lord Buddha Educational Academy, Nepalgunj
लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि., नेपालगंजद्वारा संचालित नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरका लागि स्टाफ नर्स पदमा लिखित परीक्षा तथा अन्तरवार्ता लिई मेरिटका आधारमा आवश्यकता अनुसार पद पूर्ति गर्नु पर्ने भएकाले ईच्छुक उम्मेदवारहरुलाई आवेदन फारम तथा आवश्यक प्रमाणपत्रहरु पेश गर्नु हुन ।
तपसिलः
(क) पदः स्टाफ नर्स
(ख) संख्याः आवश्यकता भए अनुसार
(ग) उमेरः ४५ वर्ष ननाघेको
(घ) परीक्षाको किसिमः लिखित तथा अन्तरवार्ता
(ङ) अवधिः हाजिर भई काम सुरु गरेका मितिले १ वर्ष
(च) कार्य गर्नु पर्ने स्थानः नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर
(छ) परीक्षा दस्तुरः रु.५००/-
(ज) तलब तथा अन्य सुविधा संस्थाको नियमानुसार हुनेछ ।
शैक्षिक योग्यताः
पि.सि.एल. नर्सिङ्ग उत्तीर्ण गरेको हुनु पर्नेछ । ICU, OT, SBA, PICU, तथा अन्य Nursing Care सम्बन्धि विशेष तालिम प्राप्त गरेकाहरुलाई परीक्षा उत्तीर्ण भए पछि तालिमका आधारमा आवश्यकता अनुसार सेवा गर्न विशेष प्राथमिकता समेत दिईने छ ।
अन्य जानकारीः
१. बुझाउनु पर्ने आवश्यक प्रमाणपत्रहरुः ५ प्रति पासपोर्ट साईजको रंगीन फोटो, एस.एल.सी. तथा पि.सि.एल. नर्सिङ्ग उत्तीर्ण गरेको प्रमाणपत्र, नेपाल नर्सिङ्ग काउन्सिलमा दर्ता भएको प्रमाणपत्र, नेपाली नागरिकता प्रमाणपत्र तथा Pan Number Card को प्रतिलिपि समेत नोटरी काउन्सिलबाट प्रमाणित गराई आवेदनफारमको साथमा अनिवार्य बुझाउनु पर्नेछ । अधुरो आवेदन फरमलाई समावेश गरिने छैन ।
२. आवेदन फारम एकेडेमीको कर्मचारी प्रशासन विभाग, नेपालगंजबाट प्राप्त हुनेछ ।
३. आवेदन फारम मिति २०८१ मंसीर १० गते सम्ममा बुझाई सक्नु पर्नेछ ।
४. लिखित परीक्षा तथा अन्तरवार्ता हुने मिति, स्थान र समय अर्को सूचना प्रकाशित गरी जानकारी गराईने ।
