केही SOCIAL RULES जसले हामी आफैलाई मद्दत गर्न सक्छ !
केही SOCIAL RULES जसले हामी आफैलाई मद्दत गर्न सक्छ !
१) कुनैपनि मानिसलाई लगातार २ पटक भन्दा बढी फोन नगर्नु राम्रो । फोन नउठे पछि उ ब्यस्त छ भन्ने बुझ्नु पर्छ ।
२) सापटी लिएको पैसा सम्बन्धित ब्यक्तिले संझाउनु वा माग्नु भन्दा अगाडी नै फिर्ता गर्नु पर्छ । यसले ईमान्दारिता प्रकट गर्छ ।
३) कसैले डिनर वा लंचमा वोलाउदा आफै जान्ने भएर खानेकुराको अर्डर गर्न हुंदैन, वोलाउने ब्यक्तिले अर्डर गर्न अनुरोध नै गरेपनि महंगो महंगो खानेकुराको अर्डर गर्न हुंदैन ।
४) कसैलाई पनि "तिमी अझै अविवाहित?", "अहिलेसम्म बच्चाहरु भएको छैन?", "घर किन नबनाएको?" "मोटर किन नकिनेको?" जस्ता जवाफ दिन अप्ठेरो पर्ने प्रश्नहरु गर्न हुंदैन ।
५) आफ्नो घर कोही ऑउदा वा आफु भन्दा पछि पछि आइरहेको ब्यक्ति महिला होस वा पुरुष, सिनियर होस वा जूनियर उसको निम्ति ढोका खोल्नु पर्छ ।
६) ट्याक्सी वा रेष्टुरेंटको विलहरु सकेसम्म पहिले आफैले तिर्नुस, मिलेन भने अर्को पटक त अवश्य तिर्नु पर्छ ।
७) आफैले 6 देखेको अर्कोले 9 देखिरहेको हुन सक्छ, त्यसैले सबैको बिचारलाई सम्मान गरौं । साथै कुनैबेला अरुको बिचार आफ्नै बिचारको विकल्पको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
८) कसैलाई पनि बोलिरहंदा बिचमा नरोकौ । उसलाई राम्ररी पुरा सुनौ र ठिक बेठिक छुट्ट्यायौं।
९) कसैलाई छेडखानी गर्दा उसले अप्ठेरो मानि रहेको छ भने छेडखानी गर्न तुरुन्तै छोड्नु पर्छ र फेरी फेरी कहिले पनि त्यस्तो काम गर्न हुंदैन ।
१०) कसैले मद्दत गरि रहेको छ भने "धन्यवाद " भन्नु पर्छ ।
११) कसैको पनि तारीफ सार्वजनिक रुपमा गर्नु पर्छ, आलोचना भने एक्लै हुंदा ।
१२) कसैको पनि मोटोपन वा शारिरीक असक्तताको बिषयमा टिप्पणी र धेरै सोधिखोजी गर्नु हुंदैन ।
१३) जब कसैले उसको फोनमा कुनै तस्वीर वा भिडियो देखाउछ, त्यति मात्र हेर्नु पर्छ । त्यसलाई दायां व बायां swipe गर्न मिल्दैन । किनभने त्यसपछि के आंउछ, हामीलाई थाहा हुंदैन ।
१४) जब कुनै साथीले "डाक्टरसंग appointment छ" भन्छ भने उ आफैले नभने सम्म उसको विमारीको बिषयमा सोधिराख्न हुंदैन ।
१५) कुनैपनि कार्यालयको हाकिम होस वा सवैभन्दा तल्ला दर्जाको सबैलाई समान respect देखाउन सक्दा आफ्नो पनि ईज्जत पनि बढ्छ भन्ने कुरा बुझ्नु पर्छ।
१६) यदि कुनै ब्यक्ति सिधै तपाईसंग कुरा गरि रहेको छ भने त्यस्तो बेला फोन चलाई राख्नु वा उसलाई नहेरी अन्येत्र हेरि रहनु असभ्यता हो ।
१७) कसैले नमागिकन आफुलाई बडो जान्ने बुझ्ने ठानी सुझाव दिदै हिड्नु हास्यास्पद चरित्र हो ।
१८) धेरैपछि कसैलाई भेट्दा उमेर र कमाईको बिषयमा सोध्नु हुंदैन, उसैले त्यस बिषयमा कुरा गर्न चाहे कुरो बेग्लै हो ।
१९) अरुको बिषयमा अनावश्यक चासो राख्नु भन्दा त्यो समय र दिमाग आफ्नै काममा लगाउनु वेश हुन्छ ।
२०) सडकमै कसैसंग कुरा गर्नु पर्यो भने आफ्नो Sunglasses हटाउनु उपयुक्त हुन्छ । यसबाट अर्को ब्यक्तिले सम्मान पाएको महशुश गर्छ ।
२१)गरीबहरुको अगाडी आफ्नो धन र छोराछोरी नभएकाहरुको अगाडी आफ्नो छोराछोरीहरुको कुरा कहिल्यै गर्न हुंदैन ।
२२)कसैले राम्रो message पठाउछ भने, "राम्रो मेसेजको निम्ति धन्यवाद" भन्न छुटाउन हुंदैन ।
र, अन्तमा..
२३) अरुको तारीफ गर्नाले आफुसंग नभएका कुराहरु सजिलै पाउन सकिन्छ ।
Source: Social Media

Leave Your Comment