Logo
धर्मो रक्षति रक्षितः

फर्मासिस्टको मनछुने कविता एकपटक पढ्नुहोस । - सन्जिब कार्की

Sanjib Karki 22 Jan, 2025, 08:46 PM 1889 1

रातभरी अनिदो छौँ, निन्द्रा आँखा भरि
घरपरिवार, बा, आमाको याद घरि घरि ।

भोको पेटले कट्छ डिउटी फुर्सद हुन्न कहिले
सेवा गर्छौ बिरामीलाई, खुशी खोज्दै जहिले ।

औषधिको डङ्गुर भित्र जिन्दगीको खोजी
तलब कम छ, कामगर्दा नि भरिदैन गोजी ।

हाम्रो, मेरो पेशा, हाम्रो धर्म, औषधीको साथी
अन्तिम लक्ष्य एउटै राख्यौं, बिरामी होस जाती ।

लेखक : सन्जिब कार्की (दिप्रुङ चुईचुम्मा गा.पा. २, खोटाङ)

Leave Your Comment

0 Comment