कविता (बिजुली नानी)
हैन ओ बिजुली नानी !
तिमी कहाँ हराईरहेकी छ्यौ ?
सम्झत
त्यो हाम्रो पहीलो भेट
जब म, मात्र ६ बर्षको थिँए
मैले तिमीलाई चिनेको पनि थिएन
पहिलो भेटमा नै तिमीले
२२० भोल्टको झट्का दिएर
एक नजरमै बेहोस परेकी थियौ
त्यसपछी म तिमीसँग परिचित भएँ
तिमी हाम्रो घरमा दिनदिनै आईरहन्थ्यौ
म मात्र होईन
हामी सबै जना
तिम्रै प्रतिक्षामा रहन्थ्यौँ
मेरो वुवाले तिम्रो साह्रै प्रशंसा गर्नु हुन्थ्योतिमी माइकल फराडेकी जेठी छोरी
मान्छेको ज्यान लिने
मान्छेलाई ज्यान दिने
बलवान्
अनि
शक्तिशालि छ्यौ रे ?
ठूला ठूला कलकारखाना चलाउँछ्यौ रे ?
पानीबाट संसार जलाउँछ्यौ रे ?
तिमी त
साँच्चिकै महान् जस्तो लाग्यो
बिस्तारै मलाई तिमी आवश्यक लाग्यो
मन्मनै तिमीलाई मन पराउन थाले
तिमीलाई नपाएपनि
तिम्रा साथिसँग मेरो हिमचिम् बढ्यो
मोबाइल, ल्यापटप, टि.भि.जस्ता
उपकरणहरु किनेँ
तिमीलाई राम्रोसँग चिनेँ
बिस्तारै बिस्तारै तिमीसँग
एकोहोरो र गहिरो
प्रेम बसिसकेछ
म तिमी बिना बाँच्न नसक्ने भएँ
आजभोली तिम्रै बारेमा सोचिरहन्छु
भन हो बिजुली नानी तिमी कहाँ छ्यौ ?
तिमी नभएर
कपडामा आइरन लगा’को छैन
राइसकुकरमा भात पका’को छैन
भोक लागेर पनी खा’को छैन
मोबाइल चार्ज गर्न पा’को छैन
तिम्रो अभावमा
निशा झन् अन्धकार हुन्छ
सुनेको छु, आज भोली
म घरमा नभा’को बेला आउँदी रहिछ्यौ
म घरमा आ’को बेला जाँदी रहिछ्यौ
तिमी आउँछ्यौ म जान्छु
म आउँछु तिमी जान्छ्यौ
यो कस्तो बिडम्बना !
मैले तिमीलाई नभेटेको पनी हप्तौँ भईसक्यो
अभै टाढिने कोशिस गर्दै छ्यौ रे ?
हुन त तिमीलाई पनि
म सँग भेटन मन त लाग्दो हो
तर
ठूला ठूला नेताहरु मिलेर
तिमी माथि चलखेल गरेका छने अरे
कतिले खरिद गर्र्छन्
कतिले बिक्रि समेत गर्छन् अरे
बिधुत प्राधिकरणले समय मिलाई
लाईन् समेत काट्छ रे
यो सबै सुन्दा
मेरो मुटु दुख्छ
तिमी माथि भएको घोर अन्याय
मैले सहनै सकेँन
तिम्रो याद आईरह्यो र
तिम्रो झल्को मेट्नलाई
इन्भटर कीँने
इन्भटरमा तिमीलाई
लुकाएर राखेँ
तिमीलाई आपुर्ति पुगेन
तिमी ट्वाँ–ट्वाँ करायौ
क्षणभरमै हरायौ
भन ए बिजुली नानी
सदा नहराउने गरी
तिमी कहीले आउँछ्यौ ?
✍शिसिर कुमार अधिकारी
ol.com › symbols

Leave Your Comment
Sarita
2023-02-15 16:29:49