गजल || बैगुनी चरी
सलाखमा छोपी राख्न मन नलाएर ।
छोडेँ खुला जब पिँजडा जलाएर ।।
भेट्दा लिँडे थियौ जाबी भित्रै तन्द्रियौ
लामो उडान भर्यौ पखेटा पलाएर ।।
दूध पिलाएको थिएँ प्यास लाग्दा ।
दियौ पैँचो विषको अण्डा फलाएर ।।
क्षितिज पारी आकासमा खित्का छोड्यौ ।
यता मेरो वस्तीमा विरह चलाएर ।
गुनी भनौँ की बैगुनी के भनौँ ए चरी ?
हिँड्यौ आफू हुर्केको गुँडै ढलाएर ।।

Leave Your Comment