लोक सेवा आयोगसँग सम्बन्धित बारम्बार सोधिने प्रश्न वा जिज्ञासाहरु (FAQ's)
FAQ's
१. नेपालको संविधान अनुसार लोक सेवा आयोगको गठन सम्बन्धमा कस्तो व्यवस्था रहेको छ ? नेपालको संविधानको भाग २३ धारा २४२ को उपधारा (१) मा लोक सेवा आयोगको गठन सम्बन्धी व्यवस्था गरिएको छ । जसअनुसार लोक सेवा आयोगमा अध्यक्ष र अन्य चारजना सदस्य रहने प्रावधान छ । राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिशमा लोक सेवा आयोगका अध्यक्ष र सदस्यको नियुक्ति गर्ने व्यवस्था छ । यसरी नियुक्ति गर्दा आयोगका सदस्यहरूमध्ये कम्तीमा पचास प्रतिशत सदस्य बीस वर्ष वा सो भन्दा बढी अवधिसम्म कुनै सरकारी सेवामा रहेका व्यक्तिहरू मध्येबाट र बाँकी सदस्यहरू विज्ञान, प्रविधि, कला, साहित्य, कानून, जनप्रशासन, समाजशास्त्र वा राष्ट्रिय जीवनका अन्य क्षेत्रमा शोध, अनुसन्धान, अध्यापन वा अन्य कुनै महत्वपूर्ण कार्य गरी ख्याति प्राप्त गरेका व्यक्तिहरू मध्येबाट नियुक्त हुनेछन् भन्ने उल्लेख गरिएको छ ।
२. लोक सेवा आयोगका काम, कर्तव्य र अधिकार के–के हुन् ? नेपालको संविधानको धारा २४३ मा आयोगको काम, कर्तव्य र अधिकार देहाय बमोजिम तोकिएको छ : (१) निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उमेदवार छनौट गर्न परीक्षा सञ्चालन गर्नु लोक सेवा आयोगको कर्तव्य हुनेछ ।स्पष्टीकरण : यस धाराको प्रयोजनका लागि "निजामती सेवाको पद" भन्नाले सैनिक वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालको कर्मचारीको सेवाको पद तथा निजामती सेवाको पद होइन भनी ऐन बमोजिम तोकिएको अन्य सेवाको पद बाहेक नेपाल सरकारका अरु सबै सेवाको पद सम्झनु पर्छ । (२) निजामती सेवाको पद बाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, अन्य संघीय सरकारी सेवा र संगठित संस्थाको पदमा पदपूर्तिका लागि लिईने लिखित परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्नेछ । स्पष्टीकरण : यस धाराको प्रयोजनका लागि "संगठित संस्था" भन्नाले विश्वविद्यालय र शिक्षक सेवा आयोग बाहेकका पचास प्रतिशत वा सो भन्दा बढी शेयर वा जायजेथामा नेपाल सरकारको स्वामित्व वा नियन्त्रण भएको संस्थान, कम्पनी, बैंक, समिति वा संघीय कानून बमोजिम स्थापित वा नेपाल सरकारद्वारा गठित आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद र यस्तै प्रकृतिका अन्य संगठित संस्था सम्झनु पर्छ । (३) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र अन्य संघीय सरकारी सेवाका पदमा बढुवा गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा लोक सेवा आयोगको परामर्श लिनु पर्नेछ । (४) कुनै संगठित संस्थाको सेवाका कर्मचारीको सेवाका शर्त सम्बन्धी कानून र त्यस्तो सेवाका पदमा बढुवा र विभागीय कारबाही गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा लोक सेवा आयोगको परामर्श लिनु पर्नेछ । (५) नेपाल सरकारबाट निवृत्तिभरण पाउने पदमा लोक सेवा आयोगको परामर्श विना स्थायी नियुक्ति गरिने छैन । (६) देहायका विषयमा लोक सेवा आयोगको परामर्श लिनु पर्नेछ :– (क) संघीय निजामती सेवाको शर्त सम्बन्धी कानूनको विषयमा, (ख) संघीय निजामती सेवा वा पदमा नियुक्ति, बढुवा र विभागीय कारवाही गर्दा अपनाउनु पर्ने सिद्धान्तको विषयमा, (ग) संघीय निजामती सेवाको पदमा छ महिनाभन्दा बढी समयका लागि नियुक्ति गर्दा उमेदवारको उपयुक्तताको विषयमा, (घ) कुनै एक प्रकारको संघीय निजामती सेवाको पदबाट अर्को प्रकारको संघीय निजामती सेवाको पदमा वा अन्य सरकारी सेवाबाट संघीय निजामती सेवामा सरुवा वा बढुवा गर्दा वा कुनै प्रदेशको निजामती सेवाको पदबाट संघीय निजामती सेवाको पदमा वा संघीय निजामती सेवाको पदबाट प्रदेश निजामती सेवाको पदमा सेवा परिवर्तन वा स्थानान्तरण गर्दा उमेदवारको उपयुक्तताको विषयमा, (ङ) लोक सेवा आयोगको परामर्श लिनु नपर्ने अवस्थाको पदमा बहाल रहेको कर्मचारीलाई लोक सेवा आयोगको परामर्श लिनु पर्ने अवस्थाको पदमा स्थायी सरुवा वा बढुवा गर्ने विषयमा, र (च) संघीय निजामती सेवाको कर्मचारीलाई दिइने विभागीय सजायको विषयमा ।(७) उपधारा (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि धारा १५४ बमोजिमको न्याय सेवा आयोगको अधिकार क्षेत्रभित्र पर्ने विषयमा सोही बमोजिम हुनेछ ।(८) लोक सेवा आयोगले आफ्नो काम, कर्तव्य र अधिकार मध्ये कुनै काम, कर्तव्य र अधिकार आयोगको अध्यक्ष वा कुनै सदस्य वा नेपाल सरकारको कर्मचारीलाई तोकिएको शर्तको अधीनमा रही प्रयोग तथा पालन गर्ने गरी प्रत्यायोजन गर्न सक्नेछ । (९) लोक सेवा आयोगको अन्य काम, कर्तव्य र अधिकार संघीय कानून बमोजिम हुनेछ ।
३. नेपालको संविधानले लोक सेवा आयोगको के कस्तो संरचनात्मक ढाँचाको व्यवस्था गरेको छ ?नेपालको संविधानले लोक सेवा आयोगको संघीय र प्रादेशिक स्वरुपको व्यवस्था गरेको छ । जस अनुसार नेपालको संविधानको धारा २४२ मा नेपालमा लोक सेवा आयोग रहनेछ भन्ने व्यवस्था रहेको छ । त्यसै गरी धारा २४४ ले प्रत्येक प्रदेशमा प्रदेश लोक सेवा आयोग रहने प्रावधान राखेको छ । प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार प्रदेश कानून बमोजिम हुनेछ र प्रदेश लोक सेवा आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धमा संघीय संसदले कानून बनाई आधार र मापदण्ड निर्धारण गर्नेछ भनी मार्ग निर्देश गरेको छ । यसरी संघीय संसदले बनाएको कानूनले निर्धारण गरेको आधारभूत मूल्य, मान्यता, पद्धति, सामान्य सिद्धान्त लगायतको परिधिभित्र रही प्रदेश लोक सेवा आयोगले आफ्नो कार्यक्षेत्रभित्रका कार्यहरु स्वायत्त रुपमा सम्पादन गर्ने परिकल्पना वर्तमान संविधानले गरेको छ । संघीयताको कार्यान्वयनको चरण सँगसँगै यी कानून, नीति र संरचनाहरु क्रमिक रुपले स्थापित हुने छन् ।
४. लोक सेवा आयोगले के–कस्ता निकायहरुका रिक्त पदहरुको लिखित परीक्षा लिने व्यवस्था छ ?नेपालको संविधानमा भएको प्रावधान अनुसार देहायका निकायहरुमा रिक्त रहेका पदहरुमा लोक सेवा आयोगले लिखित परीक्षा सञ्चालन गर्दछ । - निजामती सेवाका पदहरु
- नेपाली सेना
- नेपाल प्रहरी
- सशस्त्र प्रहरी बल, नेपाल
- संघीय सरकारी सेवाका पदहरु
- संघीय कानून बमोजिम स्थापित वा नेपाल सरकारद्वारा गठित आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद् र यस्तै प्रकृतिका अन्य संगठित संस्थाहरु
- नेपाल सरकारको पचास प्रतिशत वा सो भन्दा बढी शेयर वा जायजेथामा नियन्त्रण भएको संस्थान, कम्पनी, बैंक तथा समितिहरु
५.आयोगको वार्षिक प्रतिवेदन भनेको के हो ? के–कस्ता विषयहरु वार्षिक प्रतिवेदनमा समावेश गर्ने गरिन्छ ?
- लोक सेवा आयोगले वर्षभरीमा उम्मेदवार छनौट गर्न लिएको परीक्षाको विवरण,
- सो परीक्षामा उत्तीर्ण परीक्षार्थी सम्बन्धी विवरण,
- विभिन्न निकायलाई परामर्श दिएको विवरण,
- निजामती कर्मचारीलाई विभागीय कारवाही र सजाय गर्दा दिएको परामर्शको विवरण
- परामर्श बमोजिमको काम भए नभएको विवरण,
- कुनै सरकारी सेवाको पदको नियुक्ति, बढुवा र विभागीय कारवाही गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको बारेमा परामर्श दिएको भए सो विवरण र भविष्यमा निजामती सेवाको विषयमा गर्नुपर्ने सुधारका विवरण
- अन्य कुराहरु
६. निजामती सेवा भनेको के हो ? यसमा के कस्ता सेवाहरु रहेका छन् ?
- नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा
- नेपाल कृषि सेवा
- नेपाल परराष्ट्र सेवा
- नेपाल लेखापरीक्षण सेवा
- नेपाल विविध सेवा
- नेपाल इञ्जिनियरिङ्ग सेवा
- नेपाल न्याय सेवा
- नेपाल प्रशासन सेवा
- नेपाल वन सेवा
- नेपाल शिक्षा सेवा
७. निजामती सेवामा कुन–कुन आधारबाट पदपूर्ति गरिन्छ ?
८. लोक सेवा आयोग सम्बन्धी विषयमा आवश्यक जानकारीहरु कहाँबाट प्राप्त गर्न सकिन्छ ?लोक सेवा आयोगले गर्ने नियमित कार्यहरु माग संकलन, प्रतिशत निर्धारण, विज्ञापन प्रकाशन, लिखित परीक्षा सञ्चालन, लिखित परीक्षा नतिजा प्रकाशन, अन्तर्वार्ता तथा सिफारिश र सोसँग सम्बन्धित कार्यहरु तथा लोक सेवा आयोगका निर्णयहरु, प्रकाशनहरु, FAQ लगायतका सूचनाहरुका सम्बन्धमा निम्न माध्यमबाट जानकारी प्राप्त गर्न सकिन्छ । - लोक सेवा आयोगको Website: www.psc.gov.np
- लोक सेवा आयोगबाट साप्ताहिक रुपमा प्रकाशन हुने बुलेटिन,
- गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकाको हरेक बुधबारका अंकहरु तथा अन्य दिनका अंकहरुमा समेत विशेष सूचनाको रुपमा छपाइ भएका लोक सेवा आयोगका सूचनाहरु,
- लोक सेवा आयोगबाट त्रैमासिक रुपमा प्रकाशन हुन समाचारपत्र,
- रेडियो नेपालबाट हरेक बुधबार राती ९ः०० बजेको समाचारपछि ९.१५ मा प्रशारण हुने लोक सेवा आयोगको सूचना,
- आयोगको केन्द्रीय कार्यालयमा रहने प्रवक्ता तथा सहायक प्रवक्ता,
- सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसार सूचना प्राप्त गर्न केन्द्रीय कार्यालय, क्षेत्रीय निर्देशनालयहरु, अञ्चल कार्यालयहरु तथा दरखास्त व्यवस्थापन केन्द्रका सूचना अधिकारीहरु ।
९. आयोगबाट हुने विज्ञापनहरुमा दरखास्तको लागि सम्भाव्य उम्मेदवार हुनका लागि उमेरको हदसम्बन्धी कस्तो व्यवस्था गरिएको छ ? यसलाई कसरी गणना गरिन्छ ?
१०. निजामती सेवा ऐन, २०४९ को चौंथो संशोधनले निजामती कर्मचारीले अन्य नोकरी वा सेवा गर्न हुने/नहुने सम्बन्धमा के कस्ता व्यवस्था गरिएको छ ?
११. निजामती सेवातर्फ राजपत्रांकित विशिष्ट श्रेणी, सचिव बढुवामा विभिन्न समूहकृत / क्लष्टर सम्बन्धी कस्तो व्यवस्था रहेको छ ? निजामती सेवा ऐन, २०४९ (चौथो संशोधन समेत) को दफा ३ मा निजामती सेवातर्फ राजपत्रांकित विशिष्ट श्रेणी सम्म नै सेवा विशिष्टीकरण गर्ने प्रयोजनको लागि देहाय बमोजिमका सेवाको समूहीकरण (क्लष्टर) गरिएको छ :– (क) नेपाल इन्जिनियरिङ्क सेवा, (ख) नेपाल कृषि तथा वन सेवा, (ग) नेपाल न्याय सेवा, (घ) नेपाल परराष्ट्र सेवा, (ङ) नेपाल प्रशासन सेवा, (च) नेपाल लेखापरीक्षण सेवा रहने व्यवस्था छ । साथै निजामती सेवा नियमावली, २०५० को बाह्रौं संशोधनको अनुसूची २क मा राजपत्रांकित विशिष्ट श्रेणीमा रहने पदहरुमध्ये नेपाल इञ्जिनियरिङ्ग सेवातर्फ १२, नेपाल कृषि तथा वन सेवातर्फ ४, नेपाल न्याय सेवातर्फ ९, नेपाल परराष्ट्र सेवातर्फ १, नेपाल प्रशासन सेवातर्फ २४ र नेपाल लेखापरीक्षण सेवातर्फ ४ पदहरु रहने व्यवस्था गरिएको छ ।
१२.राजपत्र अनंकित द्वितीय श्रेणीको पदको ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा पदपूर्ति सम्बन्धमा निजामती सेवा नियमावली, २०५० (बाह्रौं संशोधन समेत) मा के कस्ता व्यवस्था गरिएको छ ?निजामती सेवा ऐन, २०४९ को तेस्रो संशोधन (२०७०) अनुसार ऐनको दफा ७ को उपदफा (१) को खण्ड (घ) मा राजपत्र अनंकित द्वितीय श्रेणीको लागि १०% पदसंख्या ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा पदपूर्ति गर्ने व्यवस्था भएकोमा नियमावलीमा सो अनुसार संशोधन हुन सकेको थिएन तर निजामती सेवा नियमावली, २०५० (१२ औं संशोधन समेत) को नियम ७६ को उपनियम १ मा यस विषयलाई समावेश गरी देहायको व्यवस्था गरिएको छ :(१) निजामती सेवा, समूह वा उपसमूहका रिक्त पदहरुमा कार्यक्षमताको मूल्याङ्कन तथा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा बढुवा हुनका लागि राजपत्र अनंकित पदहरुको हकमा निजामती सेवा ऐनको दफा २१ बमोजिमको न्यूनतम सेवा अवधि र शैक्षिक योग्यता भएका देहाय बमोजिमका निजामती कर्मचारी सम्भाव्य उमेदवार हुने व्यवस्था गरिएको छ :(क) मन्त्रालय, सचिवालय वा आयोग तथा सो मातहतका विभाग र केन्द्रीय स्तरका कार्यालयहरुमा रिक्त राजपत्र अनंकित प्रथम श्रेणीको पदको लागि सबै मन्त्रालय, सचिवालय वा आयोग तथा सो मातहतका विभाग र केन्द्रीय स्तरका कार्यालयहरुमा कार्यरत सम्बन्धित सेवा, समूह वा उपसमूहका एक श्रेणी मुनिका सबै निजामती कर्मचारी ।(ख) जिल्लास्थित क्षेत्रीय, अञ्चल, डिभिजन, जिल्ला तथा इलाकास्तरीय कार्यालयहरुमा रिक्त पदहरुको हकमा (१) अदालत र सरकारी वकिल कार्यालयको राजपत्र अनंकित प्रथम श्रेणीको रिक्त पदको लागि सम्बन्धित जिल्लास्थित अदालत र सरकारी वकिल कार्यालयका सेवा अवधि पुगेका सम्बन्धित सेवा, समूहका एक श्रेणी मुनिका कर्मचारीहरु । (२) उपखण्ड (१) मा लेखिए देखि बाहेक रिक्त राजपत्र अनंकित प्रथम श्रेणीको पदको लागि सो जिल्लास्थित सम्बन्धित सेवा, समूह वा उपसमूहका सबै कार्यालयका सेवा अवधि पुगेका एक श्रेणी मुनिका कर्मचारी ।साथै उक्त नियमको उपनियम २ मा देहायको व्यवस्था गरिएको छ :(२) राजपत्र अनङ्कित द्वितीय श्रेणीको रिक्त पदमा जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा बढुवा हुनको लागि ऐनको दफा २४घ१क. को उपदफा (२) बमोजिमको शैक्षिक योग्यता र सेवा अवधि भएका देहाय बमोजिम कर्मचारीहरु सम्भाव्य उम्मेदवार हुनेछन् :–(क) उपनियम (१) को खण्ड (क) बमोजिमका कार्यालय, मन्त्रालय, सचिवालय वा आयोग तथा सो मातहतका विभाग र केन्द्रीय स्तरका कार्यालयहरुका रिक्त पदको लागि सबै मन्त्रालय, सचिवालय, आयोग, विभाग वा केन्द्रीयस्तरका कार्यालयका राजपत्र अनङ्कित पाँचौं श्रेणीका वा श्रेणी विहीन कर्मचारीहरु ।(ख) उपनियम (१) को खण्ड (ख) बमोजिमको कार्यालयहरु (जिल्लास्थित क्षेत्रीय, अञ्चल, डिभिजन, जिल्ला तथा इलाकास्तरीय) का रिक्त पदको लागि सम्बन्धित जिल्लास्थित सबै कार्यालयका राजपत्र अनङ्कित पाँचौ श्रेणीका वा श्रेणी विहीन कर्मचारीहरु ।
१३. आयोगको विज्ञापन र विज्ञापनमा उल्लेखित सेवा, समूहका पदमा दरखास्त दिनुपूर्व कुन कुन कुरामा ध्यान दिनुपर्दछ ?आयोगबाट वार्षिक कार्यतालिकामा निर्धारण भए बमोजिमका आधारमा विभिन्न श्रेणी÷तह, सेवा, समूह, उपसमूहका पदका लागि विज्ञापन प्रकाशन गर्ने गरिन्छ । यसरी प्रकाशित भएका विज्ञापनका विषयमा दरखास्त दिने उम्मेदवारहरुले पर्याप्त जानकारी राख्ने र विज्ञापनमा उल्लेखित विषयलाई गहन तवरले आद्योपान्त अध्ययन गर्नु अत्यावश्यक हुन्छ । दरखास्त पेश गर्नुपूर्व ध्यान पु¥याउनु पर्ने मुख्य मुख्य विषयहरु देहायअनुसार छन् :- सर्वप्रथम दरखास्त दिने सम्बन्धमा कुन पदको विज्ञापन कुन समयमा हुन्छ भन्ने विषयमा जानकारी राख्ने । यस्तो जानकारी आयोगको धभदकष्तभस् धधध।उकअ।नयख।लउ मा रहेको वार्षिक कार्यतालिकाबाट पाउन सकिन्छ । कार्यतालिका स्वीकृत भएपछि आर्थिक वर्षको शुरु महिनामै गोरखापत्रमा पनि प्रकाशित गरिन्छ । साथै आयोगबाट हुने प्रकाशनहरुमा पनि समावेश गरिएको हुन्छ ।
- विज्ञापन खुलेपछि विज्ञापनमा उल्लेखित देहायका विवरणलाई सुक्ष्म रुपमा अध्ययन गर्नुपर्दछ ः
- दरखास्त दिनको लागि न्यूनतम÷अधिकतम उमेरहद र उमेरहद नलाग्ने भएमा के कस्तो आधार हो ।
- निर्धारित सेवा समूह, उपसमूह, श्रेणीलाई आवश्यक शैक्षिक योग्यता (न्यूनतम, अधिकतम) ।
- विशेष योग्यता (कुनै विशेष विषयको आवश्यकता, अनुभव चाहिने÷नचाहिने) ।
- दरखास्त दिन पाउने (शुरु, अन्तिम र दोब्बर दस्तुर सहितको) मिति
- परीक्षा मिति र समय
- परीक्षा केन्द्र
- परीक्षाका लागि आवश्यक दस्तुर
- पाठ्यक्रम
- दरखास्त पेश गर्ने स्थान
- खुलेको विज्ञापनमा कुन कुन स्थानबाट दरखास्त फाराम भर्न सकिन्छ
- आफूले दरखास्त दिने विज्ञापन, सेवा समूहका हकमा आवश्यक पर्ने कागजातहरु के के हुन निक्र्यौल गरी सो को व्यवस्थापन गर्ने ।
- विज्ञापन/सूचनामा आफू उम्मेदवार हुनका लागि कुनै विशेष कागजात आवश्यक पर्छ/पर्दैन ? जस्तै : समावेशी समूहमा आदिवासी÷जनजाति, मधेसी, दलित, अपाङ्ग, पिछडिएको क्षेत्र आदि स्पष्ट हुने आधारहरु, आवश्यक पर्ने अन्य कुनै सिफारिशहरु ।
- प्रकाशित विज्ञापनमा दिएका सूचनाहरु विशेष अवस्थामा विचविचमा परिवर्तन समेत हुन सक्ने भएकाले दरखास्त फाराम भरिसकेपछि पनि आयोगको वेवसाइट, प्रकाशन एवं आयोगबाट सूचना प्रकाशन हुने अन्य माध्यमहरु समय–समयमा हेरी सूचित हुनुपर्दछ ।
१४. संयुक्त र एकीकृत परीक्षा प्रणाली तथा एउटै प्रश्नपत्रबाट लिखित परीक्षा सञ्चालन हुने पदहरुमा एकैसाथ खुला, समावेशी लगायत धेरै पदमा सफल उम्मेदवारको एकपटक मात्र सीप परीक्षण तथा अन्तर्वार्ता लिनुको कारण के हुन सक्छ ?संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत सो पदसँग सम्वद्ध विभिन्न सेवा, समूह, उपसमूहका उम्मेदवारको लिखित परीक्षा पनि एकै पटक लिइएको हुन्छ । खुला एवं विभिन्न समावेशी समूहमा लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट हुने उम्मेदवारहरु अलग अलग समूहको लागि छुट्टाछुट्टै सीप परीक्षण र अन्तर्वार्ता लिँदा एक वा एकभन्दा बढी विज्ञापनका समूहमा छनौट भएका उम्मेदवारलाई पटक पटक एउटै विषयमा अन्तर्वार्ता दिनु पट्यारलाग्दो हुन सक्दछ र पटकपटक लिनु श्रम, समय, लागत लगायतका दृष्टिकोणबाट पनि उपयुक्त हुँदैनन् । त्यसैले एक पटक लिखित परीक्षा भएकोमा एउटै उम्मेदवार एकभन्दा बढी (खुला तथा समावेशी) समूहमा लिखित परीक्षामा सफल भएको खण्डमा निजको सीप परीक्षण र अन्तर्वार्ता एकपटक मात्र लिने र सो वापत प्राप्त अंकलाई निज सफल भएको प्रत्येक समूह (खुला तथा समावेशी) मा राखी गणना गरी योग्यताक्रम कायम गर्ने गरी आयोगबाट निर्णय भई कार्यान्वयनमा आएको हो ।
१५. संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत ऐच्छिक विषय भनेको के हो ? शैक्षिक योग्यताको मूल विषय र ऐच्छिक विषयमा के फरक छ ?
संयुक्त र एकीकृत परीक्षा प्रणाली अवलम्बन गरिएका अप्राविधिकतर्फका राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह र राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरहका पदका लागि निर्धारित पाठ्यक्रममा ऐच्छिक विषयका रुपमा राखिएका नायब सुब्बा स्तरको पदतर्फ ६ वटा र शाखा अधिकृत स्तरको पदतर्फ १८ वटा विषयलाई ऐच्छिक विषय भनिन्छ । ती मध्ये कुनै एक विषय छनौट गरी उम्मेदवारले सो विषयमा परीक्षा दिन पाउँदछन् । शैक्षिक योग्यताको मूल विषय, उच्च माध्यमिक शिक्षा परिषद् तथा विश्वविद्यालयले तोके अनुसारका विभिन्न संकाय भित्रका विभिन्न विषयहरु हुन सक्दछन् । तर आयोगको ऐच्छिक विषयहरु तत्तत् पाठ्यक्रमले निर्धारण गरे अनुसारका मात्र हुने गर्दछन् । यी विषयहरुको छुट्टै पत्रका रुपमा परीक्षा सञ्चालन गरिन्छ ।
ऐच्छिक/प्राज्ञिक विषय भनेको शैक्षिक योग्यतामा पढेको कुनै विषयलाई आधार बनाई लिनुपर्ने विषय होइन । आफ्नो शैक्षिक योग्यतामा नभएका विषयलाई पनि ऐच्छिक÷प्राज्ञिक विषयका रुपमा लिन सकिन्छ । राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह र राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा सो सरहको पाठ्यक्रममा देहायबमोजिम ऐच्छिक विषयहरु पाठ्यक्रममा समाविष्ट छन् :-
नायब सुब्बा वा सो सरहको पाठ्यक्रममा देहायबमोजिम ऐच्छिक विषयहरु पाठ्यक्रममा समाविष्ट छन् :-
नायब सुब्बा वा सो सरह पदका लागि (९ वटा) तृतीय पत्र | शाखा अधिकृत वा सो सरह पदका लागि | ||||
क्र.सं. | विषय Subject | क्र.सं. | माध्यम भाषा नेपाली र अंग्रेजी दुवै हुने विषयहरु | क्र.सं. | माध्यम भाषा अंग्रेजीमात्र हुने विषयहरु |
०१ | अर्थशास्त्र (Economics) | ०१ | Account & Finance | ०१ | Agriculture |
०२ | शिक्षाशास्त्र (Education) | ०२ | Economics | ०२ | Botany |
०३ | व्यवस्थापन र लेखा (Management & Accountancy) | ०३ | Education | ०३ | Engineering |
०४ | राजनीतिशास्त्र (Political Science) | ०४ | Law | ०४ | Environmental science |
०५ | जनसंख्या अध्ययन (Population Studies) | ०५ | Political Science | ०५ | Forestry |
०६ | विज्ञान (Science) | ०६ | Population studies | ०६ | Health science |
|
| ०७ | Public Administration | ०७ | Microbiology |
|
| ०८ | Sociology & Anthropology | ०८ | Physics |
|
|
|
| ०९ | Zoology |
|
|
|
| १० | Chemistry |
१६. आयोगको परीक्षा सञ्चालनमा के कति जनशक्ति खटाउने व्यवस्था रहेको छ ?
१७. परीक्षामा खटिने पदाधिकारीका काम, कर्तव्य र अधिकार सम्बन्धमा के–कस्तो व्यवस्था रहेको छ ? आयोगको परीक्षामा खटिने सुपरीवेक्षकदेखि परीक्षा नियन्त्रक, केन्द्राध्यक्ष, उपकेन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, समन्वयकर्ता, निरीक्षक आदिको लागि परीक्षा संचालनका क्रममा गर्नुपर्ने काम, कर्तव्य र अधिकारको लागि लोक सेवा आयोग (कार्यसञ्चालन) निर्देशिका, २०६७ को परिच्छेद–६, लिखित परीक्षा सम्बन्धी व्यवस्था अन्तर्गत देहायका दफाहरुमा व्यवस्था गरिएको छ ।
दफा ३२ ख सुपरीवेक्षकको काम, कर्तव्य र अधिकार दफा ३३ परीक्षा नियन्त्रककको काम, कर्तव्य र अधिकार दफा ३४ केन्द्राध्यक्षको काम, कर्तव्य र अधिकारदफा ३५ उपकेन्द्राध्यक्षको काम, कर्तव्य र अधिकार दफा ३६ सहायक केन्द्राध्यक्षको काम, कर्तव्य र अधिकार दफा ३७ समन्वयकर्ताको काम, कर्तव्य र अधिकार दफा ३८ निरीक्षकको काम, कर्तव्य र अधिकार यस निर्देशिकालाई आयोगको Website: www.psc.gov.np मा राखिएको छ ।
१८. लोक सेवा आयोग (कार्यञ्चालन) निर्देशिका, २०६७ मा उल्लेख भएका विषयहरुका अतिरिक्त परीक्षामा खटिएका कर्मचारी/जनशक्तिले अरु के–के कुरामा ध्यान दिनु पर्दछ ? लोक सेवा आयोगबाट सञ्चालन हुने परीक्षामा खटिएको सबै कर्मचारीहरुको परीक्षालाई सुव्यवस्थित, मर्यादित र सहज रुपमा सम्पन्न गराउनका लागि अहम् भूमिका रहेको हुन्छ । लोक सेवा आयोगको (कार्यसंचालन) निर्देशिका, २०६७ मा उल्लेख भएका विषयका अतिरिक्त परीक्षामा खटिएका कर्मचारी / जनशक्तिहरुले देहायका विषयमा विशेष ध्यान दिनुपर्दछ :
- आफू खटिएको परीक्षा केन्द्रमा कम्तिमा १ घण्टा अगावै पुगिसक्ने ।
- कुन विज्ञापन नं., सेवा, समूह, उप–समूह पदनामको परीक्षा सञ्चालन हुँदैछ, परीक्षाको अवधि कति समयको हुनेछ ? उमेदवारहरुलाई परीक्षा सुरु भएको कति समय पछिसम्म प्रवेश गर्न दिने र कति समय पछि परीक्षा भवनबाट बाहिर जान दिने लगायतका विषयमा जानकारी लिने ।
- आफू खटिएको परीक्षा भवनमा कतिवटा केन्द्रहरु छन् ? आफ्नो परीक्षा केन्द्रमा कति रोल नं. देखि कति रोल नं. सम्मका परीक्षार्थीहरु रहेका छन् ?
- परीक्षाको प्रकार के हो वस्तुगत वा विषयगत ? परीक्षामा कुन कुन प्रकारको उत्तरपुस्तिकाहरु प्रयोग गरिन्छ ? ती उत्तरपुस्तिकाहरुमा विवरण भर्ने तरिका ।
- परीक्षामा आफूले निर्वाह गर्नुपर्ने भूमिका, सो मा अस्पष्ट भएमा सोध्नुपर्ने माथिल्लो पक्ष ।
- परीक्षार्थीहरुसँग गर्नुपर्ने व्यवहार, परीक्षामा कायम गर्नुपर्ने मर्यादा के के हुन् ? जस्तैः परीक्षार्थी अगाडि गएर परीक्षार्थीले लेखिरहेको उत्तर पुस्तिका हेर्ने, उनीहरुलाई Signal गर्ने गर्नुहुँदैन । कुनै परीक्षार्थीले कुनै जिज्ञासा राखेमा आफ्नो तवरले समाधान गर्न सकिने भएमा सानो स्वरले निजले मात्र सुन्ने गरी बताइदिने ।
- केन्द्राध्यक्षको अनुमती विना परीक्षामा प्रयोग भएमा प्रश्नपत्रहरु लिने, अरुलाई दिने गर्नुहुँदैन । परीक्षा केन्द्र / भवन / कोठामा अन्य अनधिकृत व्यक्तिलाई प्रवेश गर्न दिनु हुँदैन ।
- मोवाइल खेलाउने, फोन गर्ने, एकआपसमा कुराकानी गर्ने, परीक्षार्थी बसेको सीट नजिकै गएर बस्ने लगायतका कार्यहरु गर्नुहुँदैन ।
- उक्त परीक्षामा परीक्षा दिने व्यक्ति कोही आफ्नो नातेदार रहेछ भने त्यस्तो परीक्षामा सामेल हुनु हुँदैन ।
- परीक्षा समाप्त भएपछि आफ्नो परीक्षा कोठामा उपस्थित उमेदवारहरुको उपस्थितिको क्रमअनुसार उत्तरपुस्तिकाहरु मिलाउने ।
- वस्तुगत प्रश्नहरुको उत्तरपुस्तिका भएमा परीक्षार्थीहरुले उत्तर खाली राखेको कोठामा धर्सो (–) लगाउने । तर Optical Mark Reader (OMR) मेसिनबाट परीक्षण हुने उत्तरपुस्तिकाको हकमा धर्सो लगाउनु हुँदैन ।
- लेख्ने विषयगत उत्तरपुस्तिका भएमा परीक्षार्थीले उत्तर नलेखेको खाली पानामा धर्को तानी दिने र उत्तरपुस्तिका केन्द्राध्यक्षलाई बुझाउने ।
- आफ्नो परीक्षा कोठामा परीक्षा दिने सबैले उपस्थिति जनाए नजनाएको, उपस्थित परीक्षार्थीको संख्या, समावेशीताको किसिम आदि एकिन गर्नुपर्दछ ।
- परीक्षा संचालनको क्रममा तत्काल आइपर्ने प्रत्येक किसिमका समस्याहरु समाधान गर्ने तथा आफूले समाधान गर्न नसकेका विषयको हकमा केन्द्राध्यक्ष समक्ष पेश गर्ने ।
१९. परीक्षा केन्द्रमा परीक्षार्थी वा उमेदवारले के गर्दा प्रभावकारी हुने हुन्छ ?
- परीक्षा केन्द्रमा जाँदा आफूले दरखास्त दिएको विज्ञापन नं., सेवा, समूह, उपसमूह तथा पद र रोल नं.अनुसार सो केन्द्र पर्ने कुरा थप विश्वस्त हुन परीक्षा केन्द्र सम्बन्धी सूचना राम्ररी हेरी एकिन गर्ने ।
- निर्धारित परीक्षा केन्द्रमा पुगेपछि परीक्षा भवनको मूल ढोकामा टाँस गरीएको विवरण अनुसार आफै परीक्षा हल पत्ता लगाई प्रवेश घण्टि लागेपछि कोठा नं.र स्थान अनुसार तोकिएको ठाँउमा गएर बस्ने ।
- आफूले दरखास्त दिएको समूह (खुला तथा समावेशी) एकिन गरी आफ्नो उपस्थिति जनाउने ।
- परीक्षामा अन्य सामग्री साथ राख्न नपाइने हुँदा छाता, झोला, पुस्तक, कापी, मोबाइल, कागजको टुक्रा आदि कक्षाकोठाको अगाडी तोकिएको स्थानमा राख्ने
- मोवाइल र अन्य इलेक्ट्रोनिक्स सामान कक्षा कोठामा नलैजाने । लगी हाले पनि बन्द गरी तोकिएको स्थानमा राख्ने ।
- उत्तरपुस्तिकामा तोकिए अनुसार सम्पूर्ण विवरण भर्ने । कुनै कुरा अस्पष्ट भएमा परीक्षा कोठामा खटिएका निरीक्षक तथा कर्मचारीलाई सोध्ने ।
- परीक्षार्थीले पालना गर्नुपर्ने विषयवस्तुका बारेमा उत्तरपुस्तिका तथा प्रवेशपत्रमा उल्लेखित सम्पूर्ण विवरणहरु ध्यान दिएर पढ्ने ।
- प्रश्नपत्र हातमा परेपछि प्रश्नपत्रमा उल्लेखित निर्देशनहरु सर्सती पढ्ने र सोही अनुरुप गर्ने । तोकिए अनुसार सबै प्रश्नहरु छापिएका छन्÷छैनन् एकिन गरेपछिमात्र वस्तुगत प्रश्नहरुको हकमा उत्तर पुस्तिकामा की अनिवार्य लेख्ने र विषयगत प्रश्नहरुको हकमा खण्ड भएमा खण्ड अनुसार सोही उत्तरपुस्तिकामा उत्तर लेख्ने ।
- परीक्षामा लेख्नका लागि कालो मसी मात्र प्रयोग गर्ने । परीक्षाबाट परीक्षा शुरु भएको समयले तोकिएको अवधिसम्म वाहिर नजाने ।
- परीक्षार्थीहरुले वस्तुगत कुनै प्रश्नको रफ गर्नुपरेमा प्रश्नमा नै गर्ने । विषयगत प्रश्नहरुको हकमा उत्तरपुस्तिकाको कुनै कुनालाई रफ प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ ।
- परीक्षा दिँदादिँदै शौचालय जानु परेमा कलम लगायतका वस्तु नलैजाने ।
- परीक्षा सकेर जाँदा खण्ड अनुसार क्रमैसँग आफ्ना उत्तरपुस्तिकाहरु (उत्तर लेखेको तथा खाली भए सो पनि) परीक्षा कोठामा खटिएका जनशक्तिहरुलाई अनिवार्य रुपमा बुझाउने साथै बौद्धिक प्रश्नहरु तथा प्रश्नपत्रमा नै बुझाउनु पर्ने भनी उल्लेख गरिएका प्रश्नपत्रहरु अनिवार्य रुपमा उत्तरपुस्तिकासँगै फिर्ता गर्ने ।

Leave Your Comment
Tilak Singh Dhami
2023-02-02 20:26:34