Logo
धर्मो रक्षति रक्षितः

World Allergy Week

June
Public Health Related Weeks
All 2025 2024 2011 2005
Shisir Kumar Adhikari 0 685 0
विश्व एलर्जी सप्ताह (World Allergy Week)

एलर्जीजन्य रोगहरू (जस्तैः एनाफिलेक्सिस, दम, डर्माटाइटिस, र अन्य एलर्जी विकारहरू) बारे जनचेतना फैलाउनु, सटीक जानकारी दिनु र रोकथाममा जोड दिन हरेक 'वर्ष विश्व एलर्जी सप्ताह' काे रुपमा मनाइन्छ।
विश्व एलर्जी संगठन (World Allergy Organization – WAO) काे पहलमा सन् २००५ जुलाई महिनामा पहिलो पटक 'विश्व एलर्जी सप्ताह दिवस' मनाइएको थियो । एलर्जी रोगहरूबारे अझ व्यापक जानकारी दिन र प्रभावकारी संलग्नता बढाउन पछि WAO को कार्यकारी बोर्डले "विश्व एलर्जी सप्ताह" मनाउने अवधारणा अघि बढायो। विश्व एलर्जी दिवसको दायरा र अवधि विस्तार गरी विश्वभरबाट बढी सहभागिता सुनिश्चित गर्न सन् २०११ मा WOA ले 'विश्व एलर्जी सप्ताह' स्थापना गर्ने निर्णय अनुमोदन गरेको थियो । सन् २०११ देखि हरेक जनचेतनामूलक कार्यक्रम गरेर र सामाजिक सञ्जालका माध्यमबाट प्रचार-प्रसार गरी विशेष सन्देशसहित यो सप्ताह मनाइन्छ। यस सप्ताहको माध्यमबाट चिकित्सक, नीति-निर्माता, स्वास्थ्यकर्मी र सर्वसाधारणबीच एलर्जी सम्बन्धी जानकारीको पहुँच बढाउने प्रयास गरिन्छ। यस सप्ताहको मुख्य उद्देश्य एलर्जी रोगहरू (जस्तैः एनाफिलेक्सिस, दम, छालाका एलर्जी, आदि) बारे जनचेतना फैलाउनु, समयमै उपचार र रोकथामका उपायहरूबारे जानकारी दिनु हो।