World Neglected Tropical Disease (NTDs) Day
January 30
International Public Health Days
All
2026
2025
2024
2023
2022
2021
विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवस (World Neglected Tropical Disease (NTDs) Day)
परिचय
विश्व उपेक्षित उष्णप्रदेशीय रोग (NTDs) दिवस २०२० देखि हरेक वर्ष जनवरी ३० मा मनाइन्छ ।
यो दिवस सन् २०२० देखि मनाइएको भएपनि सन् २०२१ को मे ३१ का दिन विश्व स्वास्थ्य सम्मेलनले ३० जनवरीलाई विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवसको मान्यता दिएको थियो । यो दिवसले उपेक्षित उष्णप्रदेशीय रोगहरूको विनासकारी प्रभावको बारेमा नागरिक तहसम्म जनचेतना अभिवृद्धि गर्न र विश्व समुदायलाइ दिगो लगानीका लागि आह्वान तथा पैरवी गर्न औपचारिक आह्वान गरेको छ । साथै यो दिवस मनाइनुको मुख्य उद्देश्य NTDS रोगहरूको उपेक्षाको अन्त्य गर्नु र यी रोगहरूमा कुनै न कुनै रुपमा जोडिएको सामाजिक लान्छनाको अन्त्य गर्नु हो ।
सन् २०३० को दिगो विकास लक्ष्यतर्फको प्रगतिलाई नवीनतम् क्रियाकलापहरूको सञ्चालन तथा दिगो वित्तपोषणलाई बढवा दिएर ट्रयाकमा राख्न पनि निरन्तर पैरवी आवश्यक छ जसका लागि यस दिवसले अवसर तथा ऊर्जा प्रदान गर्न सक्छ ।
३० जनवरीले धेरै घटनाहरूको सम्झना गर्दछ, जस्तैः
- २०१२ मा पहिलो उपेक्षित उष्णप्रदेशीय रोगहरूको रोडम्यापको सुरुवात;
- उपेक्षित उष्णप्रदेशीय रोगहरूमा लन्डन घोषणा; र
- हालको उपेक्षित उष्णप्रदेशीय रोगको रोडम्याप २०२१-२०३० को जनवरी २०२१ मा विमोचन
उपेक्षित उष्णप्रदेशीय रोग भनेको के हो ?
- उष्णप्रदेशीय र समसितोष्णप्रदेशीय क्षेत्र / देशहरूमा व्याप्त २१ किसिमका रोगहरूको समूह / रोगहरूलाई उपेक्षित उष्णप्रदेशीय रोग भन्ने गरिएको छ ।
- विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवी, ढुसी र विषाक्त पदार्थहरूका कारणले लाग्ने यी रोगहरूले विश्वव्यापी रुपमा १ अर्ब भन्दा बढी मानिसहरूलाई असर पर्ने गरेको तथ्यांक देखिन्छ ।
- यी रोगहरूबाट मुख्यतया पर्याप्त सरसफाइको कमी र रोग बाहक संक्रामक कीटहरू, घरपालुवा जनावरहरू र पशुहरूसँग नजिकको सम्पर्कमा रहने व्यक्ति, प्राय जसो गरिबीको रेखामुनि रहेका मानिसहरू बढी जोखिममा रहने गरेको पाइन्छ ।
- स्वास्थ्य सम्बन्धी विश्वव्यापी एजेन्डाहरूमा विरलै मात्र चर्चा हुने तथा यस क्षेत्रमा काम गर्नका लागि सिमित श्रोत साधन मात्र उपलब्धता भएको र अध्ययन अनुसन्धान समेत कम हुने गरेको कारणले गर्दा यी रोगहरूलाई उपेक्षित रोग पनि भनिन्छ ।
- उपेक्षित उष्णप्रदेशीय रोगहरू अझैपनि समुदायमा सामाजिक बहिष्करणसँग जोडिएको पाइन्छ र यी रोगहरूका कारण गरिबीको रेखामुनि रहेका मानिसहरू अझ गरिबीको दुशचक्रमा धकेलिन्छन् ।
उष्णप्रदेशीय र समसितोष्णप्रदेशीय क्षेत्र / देशहरूमा व्याप्त २१ किसिमका रोगहरूको समूह
१. डेंगी र चिकनगुनिया
२. रेबिज
३. ट्रकोमा (खसे रोग)
४. बुरुली अल्सर
५. यज
६. कुष्ठरोग (लेप्रोसी)
७. चागस रोग
८. हयुमन अफ्रिकन ट्रीपानोसोमियासीस (स्लीपिंग सिकनेस)
९. कालाजार (भिसेरल लेस्मानियासिस)
१०. टेनियासिस (फित्ते जुका) र न्यूरोसिस्टाइसर्कोसिस
११. ड्राकुनकुलियासिस (गिनिया वोर्म रोग)
१२. इकाइनोकोकोसीस
१३. खाना जन्य ट्रीम्याटोडीयासिस
१४. हात्तीपाइले (लिम्प्याटिक फाइलेरियासिस)
१५. ओंकोसर्कियासिस
१६. सिस्टोसोमियासिस
१७. माटोबाट सर्ने जुका
१८. माइसेटोमा, क्रोमोब्लास्टोमाइकोसीस र अन्य डीप माइकोसेस
१९. सर्पदंश
२०. लुतो र अन्य इक्टोपारासाइट
२१. नोमा
Themes/Slogans of World Neglected Tropical Disease (NTDs) Day
Year
Theme/Slogan

Shisir Kumar Adhikari