Logo
धर्मो रक्षति रक्षितः

Global Iodine Deficiency Disorders (IDD) Day

October 21
International Public Health Days
All 2025 2024 2023 2022
Shisir Kumar Adhikari 0 760 0

Global Iodine Deficiency Disorders (IDD) Day

विश्व आयोडिन अभाव विकार (Global Iodine Deficiency Disorders – IDD) दिवस प्रत्येक वर्ष अक्टोबर २१ मा मनाइन्छ। यस दिवसको मुख्य उद्देश्य आयोडिन अभावबाट हुने स्वास्थ्य समस्याबारे जनचेतना अभिवृद्धि गर्नु, आयोडिनयुक्त नुनको प्रयोग प्रवर्द्धन गर्नु तथा आयोडिन अभावजन्य रोगहरूको रोकथाम गर्नु हो। १९९० को दशकदेखि विश्वभर Universal Salt Iodization (USI) कार्यक्रम लागू गरियो, जसअनुसार सबै उपभोग्य नुनमा आयोडिन मिसाइने व्यवस्था गरियो। यस अभियानले विश्वभर आयोडिन अभावजन्य रोगहरू उल्लेखनीय रूपमा घटाएको छ।

नेपालको उच्च पहाडी भौगर्भिक बनोटले गर्दा आयोडीनको कमीले हुने विकृतिहरु धेरै लामो समय देखि जनस्वास्थ्यको समस्याको रुपमा रहेको थियो र यसको जोखिम अझै अद्यावधिक नै छ। विशेष गरी आयोडीनको कमीले हुने जोखिमहरुमा सबै उमेर समूहका मानिसहरुमा गलगाँड, शारीरिक र मानसिक रुपले क्रेटिनिज्म भनिने लाटो लठ्‌यौरोपन पर्दछन्। गर्भवती आमाहरुमा यसको कमी भएमा उनीहरुको गर्भमा रहेको भ्रूण खेर जाने जस्ता समस्या हुनका साथै उनीहरुवाट जन्मने वालवालिकाको दिमागको विकाश पूर्णरुपले हुन सक्दैन । आयोडीनको कमी भएका बालबालिकाको शारिरिक र मानसिक विकाश राम्रो नहुने हुनाले उनीहरुको पठन पाठनमा पनि असर पर्न सक्छ। नेपालमा वसोवास गर्ने मानिसहरुमा आयोडीनको कमी हुनुको मुख्य कारण यहा उत्पादन हुने कृषि एवम् पशुजन्य खाद्यान्नमा आयोडीन नहुनु र यस्तो खाद्यान्नवाट बनेका खानेकुरा मानिस तथा जनावरले खादा त्यसवाट उपयुक्त मात्रामा आयोडीन नपाउनु हो ।

आयोडीन मानिसलाई अत्यन्त सूक्ष्म मात्रामा दैनिक रुपले कम्तिमा १५० माइक्रोग्रामका हिसावले चाहिने एक खनिज तत्व हो। यो तत्व शरीरमा थाइरोइड हर्मोनहरु उत्पादन गर्नका लागि चाहिन्छ। यी हर्मोनहरु मानिसले खाएका खानावाट प्राप्त हुने कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो जस्तो पोषकतत्वहरु शरीरले प्रयोग गर्न एवम् यसवाट शक्ति प्राप्त गर्न अति आवश्यक हुन्छ । यस तत्वको कमी भएमा थाइरोइड हर्मोनको उत्पादनमा वाधा पर्न गई आयोडीनको कमीले हुने विकृतिहरु देखिन जान्छ। त्यस्तै, यसको मात्रा बढी भएमा पनि यसले मानिसको थाइरोइड ग्रन्थीमा नकारात्मक असर पारी हाइपरथाइरोइडिज्म र अटोइम्युन थाइरोइड रोग जस्ता समस्या देखाउन सक्छ । 

माथि उल्लेखित कारणहरुलाई मध्यनजर गरी नेपाल सरकारले सन् १९७३ देखि नै यूनिभर्सल साल्ट आयोडाइजेशन (USI) को नीति लिई नूनमा आयोडीन मिसाएर सबै घरपरीवारसम्म आयोडीनयुक्त नून पुन्याउने व्यवस्था मिलाएको छ र यसको व्यवस्थापन गर्ने निकायका रुपमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडलाई दिएको छ ।

नेपाल सरकारले सन् १९७३ देखि आयोडीनको कमीले हुने विकृति नियन्त्रण गर्नका लागि लिएका नीतिको परीणाम स्वरुप यस क्षेत्रमा हाल निकै उपलव्धी हासिल भएको छ। सन् २०१६ मा गरिएको नेपाल नेसनल माइक्रोन्युट्रिन्ट स्टाटस सर्भेक्षणका अनुसार यो कार्यक्रमको सफलताले गर्दा नेपालका ९० प्रतिशत भन्दा बढी घरपरिवारले आयोडीनयुक्त नून खाइरहेका छन् । सोही सर्भेक्षणको प्रतिवेदन अनुसार विद्यालय जाने ६ देखि ९ वर्ष उमेर समूहका वालवालिकाहरु, १५ देखि ४९ वर्षका महिलाहरु, तथा १५ देखि ४९ वर्षका गर्भवती महिलाहरुको पिशावमा निस्कासन हुने आयोडीनको मात्रा (Median Urinary Iodine Concentration)
क्रमशः ३१४ माइक्रोग्राम प्रति लिटर, २८६ माइक्रोग्राम प्रति लिटर र २४१ माइक्रोग्राम प्रति लिटर देखिएको छ । विश्व स्वास्थ्य संगठन द्वारा यी सूचकहरुका लागि तोकिएको मापदण्ड नेपालले पुरा गरेकोले यी तथ्याङ्ग अनुसार नेपालमा आयोडीनको कमीले हुने विकृतिहरु नियन्त्रणमा निकै प्रगति गरेको छ ।

तर, विश्व व्यापारिकरणले गर्दा हाल विश्वका कुनै पनि भागबाट अर्ध प्रशोधित एवम प्रशोधित खाद्य पदार्थ एवम् सामुन्द्रीक खानेकुरा जस्तै माछा, पाउन, केब आदि नेपालका कुनै पनि भू-भागमा सजिलै आइपुग्न धानेका छन् । यस्ता खाद्य पदार्थ बनाउँदा आयोडीनयुक्त नून प्रयोग गरिएको हुन्छ भने सामुन्द्रीक खानेकुरामा प्राक्तिक रुपमै आयोडीनको मात्रा हुन्छ। यी खानेकुराहरुले मानिसहरुको परम्परागत खाने आहार व्यवहारमा परिवर्तन ल्याइदिएको छ। साथै, दैनिक रुपमा खाने खानेकुराबाट पाइने नून र आयोडीनको मात्रा पनि बढ्न गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नसर्ने रोगको जोखिम कारक हेर्ने स्टेप सर्भेक्षण २०१९ को अनुसार नेपालीहरुले औसत रुपमा ९.१ ग्राम नून प्रति व्यक्ति प्रतिदिनका रुपले खाइरहेका छन्। यसरी बढी नून खानाने एकतर्फ नसर्ने रोगको जोखिम बढी रहेको छ भने आयोडीनको मात्रा पनि आवश्यकता भन्दा बढी खाइरहेका छन् ।

माथि उल्लेखित परिस्थितिलाई ध्यानमा राखेर नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०१९ मा नयाँ पोषण सम्बन्धी रणनीति ल्याएको छ। यस अनुसार नेपालमा वसोवास गर्ने मानिसहरुले आफ्नो परम्परागत खाने आहार व्यवहारमा आएको परिवर्तनलाई आत्मसात गरी दैनिक खाने खानेकुराबाट ५ ग्राम भन्दा कम नून खाने तर त्यस्तो नून आयोडीन मिसाइएको नै हुनुपर्ने भनिएको छ। यो रणनीतिलाई सबै घर परिवारसम्म पुऱ्याउनका लागि सन् २०२५ को फेब्रुअरी महिना भर (२०८१,१९ माघ देखि १६ फाल्गुणसम्म) आयोडीनको कमीले हुने विकृतिहरु सम्बन्धी जनचेतना मनाउने महिनाको नारा " आयोडिन युक्त नुननै खाऔं, घोरै खाऔं, सहि मात्रामा खाऔं, ।" भन्ने निर्धारण गरी देशव्यव्यापी रुपमा फ्रेब्रुअरी महिना भर आयोडीनको कमीले हुने विक्ति वारे जनचेतना बढाउने कार्यकम गर्ने गराउने निर्णय गरेको छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् १९९५ देखि नै वर्षको कुनै एक महिनालाई आयोडीनको कमीले हुने विकृतिहरुको वारेमा जानकारी दिन, आयोडीनयुक्त नूनको महत्व वारे सू-सूचितगर्न, यसको उपलब्धता र प्रयोगमा वृद्धि गर्न गराउनका लागि विशेष रुपले विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गरी मनाउँदै आइरहेको छ ।

विशेष सन्देशहरु :
  • सही मात्रामा आयोडीन पाउन आयोडीनयुक्त प्याकेटको धूलो नूननै प्रयोग गर्ने बानी बसालौं ।
  • दैनिक रुपमा ५ ग्रामभन्दा कम प्याकेटको आयोडीनयुक्त नुन नै। नै खाऔं ।
  • आयोडीनयुक्त नूनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरीकाले राख्ने गरौं ।
  • आयोडीनयुक्त नून खान छोडेमा आयोडीनको कमीले हुने विकृ‌तिहरु पूनः देखिन सक्ने हुनाले यस्तो नून घरपरिवारको दैनिक खाने खानामा नियमित रुपले प्रयोग गरौं ।
नुनमा आयोडीनको मात्रा गणना
पि.पि.एम. भन्नाले १० लाख भाग नूनमा मिसिएको आयोडीनको भाग भनेर बुझ्नुपर्छ ।
  • १ ग्राम = १००० मिलिग्राम
  • १ मिलिग्राम = १००० माइक्रोग्राम
  • १ ग्राम = १००० x १००० = १०,००,००० माइक्रोग्राम
  • नुनमा आयोडिनको मात्रा १५ पि.पि.एम. भन्नाले १५ माइक्रोग्राम आयोडीन १ ग्राम नूनमा रहेको भन्ने बुझिन्छ ।

यदि १५ पि.पि.एम. आयोडीन भएको नुन खाएमा:
- ५ ग्राम नुन प्रतिदिन खाएमा, ५०१५ ७५ माइक्रोग्राम आयोडीन
- ९.१ ग्राम नुन प्रतिदिन खाएमा (हाल नेपालको औसत), ९.१०१५ = १३६.५ माइक्रोग्राम आयोडीन
यदि ५० पि.पि.एम. आयोडीन भएको नुन खाएमा
- ५ ग्राम नुन प्रतिदिन खाएमा, ५ ५० = २५० माइक्रोग्राम आयोडीन
- ९.१ ग्राम नुन प्रतिदिन खाएमा (हाल नेपालको औसत), ९.१ ५० = ४५५ माइक्रोग्राम आयोडीन

  • यदि ५० पिपिएम आयोडीन भएको नुन नेपालीले औसत खाने मात्राको नुन (९.१ ग्राम) खाएमा ४५५ माइक्रोग्राम आयोडीन शरिरमा पुग्दछ ।
  • The Tolerable Upper Intake Level (UL) for adults is 1,100 µg/day (1.1 mg/day), a value based on serum thyroptropin concentration. (Dietary Reference Values for Nutrition)

स्रोत: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मनत्रालय, स्वास्थ्य सेवा विभागको आयोडिन महिना सचेतना सामग्री