World Tuberculosis (TB) Day
March 24
International Public Health Days
All
2026
2025
2024
2023
2022
विश्व क्षयरोग दिवस (World Tuberculosis Day)
विश्वभर क्षयरोग सम्बन्धी जनचेतना फैलाउने, क्षरोगको रोकथाम शिघ्र निदान उपचार र पूर्ण निर्मूलनको अभिप्रायले विश्व स्वास्थ्य संगठनको निर्देशन अनुरुप हरेक वर्षको मार्च २४ तारिखको दिनमा विश्व क्षयरोग विरुद्ध दिवस मनाउने गरिन्छ । सन् १८८२ मा डा. रोबर्ट कोच नामक वैज्ञानिकले बर्लिनको एक विश्व विद्यालयमा विश्वका वैज्ञानिकहरु समक्ष त्यसताकाको महामारी क्षयरोग लाग्नु र फैलिनुको प्रमुख कारण, टि.बी. ब्यासिलस Mycobacterium tuberculosis नामक ब्याक्टेरिया (Bacillus) रहेको सोध, एवं खोज पत्ता लगाई प्रस्तुत गरेको दिनको सम्झनामा यो दिवस मनाइन्छ । जुन बेलामा पूरा युरोप,अमेरिका लगायतका अरु विकासोन्मुख राष्ट्रहरुमा समेत् क्षयरोगको महामारी फैलिएर करोडौं मानिसहरुको मृत्यु भइसकेको र रोगबाट ग्रसित भई मर्ने क्रममा हुनेहरुको संख्या निकै भयावह रहेको थियो । त्यसबेला सारा विश्व क्षयरोगको चपेटामा परेको अवस्था थियो । पछि गएर, त्यही महान् वैज्ञानिक डा. रोबर्ट कोचको सोध तथा खोजले विश्व वैज्ञानिकहरुलाई क्षयरोगको रोकथाम तथा उन्मूलनको लागि उपयुक्त औषधि एवं उपचार पद्धतिको खोज र आविस्कार गर्न थप मद्दत पग्यो ।
तसर्थ, सन् १९८२ मा तीनै महान् वैज्ञानिक डा. रोबर्ट कोचको क्षयरोग सम्बन्धीको विशेष खोज एवं सोधको सयौं वर्षको उपलक्ष्यमा अन्तर्राष्ट्रिय क्षयरोग तथा फोक्सो रोग विरुद्धको एक संगठनले हरेक वर्षको मार्च २४ तारिखको दिनलाई ती महान् व्यक्तिको सम्झनामा विश्व क्षयरोग विरुद्ध दिवस मनाउने प्रस्ताव पेश गरे र पछि गएर सन् १९९५ देखि विश्व स्वास्थ्य संगठनको विश्व स्वास्थ्य सम्मेलनको निर्णय र संयुक्त राष्ट्रसंघको अगुवाईमा विश्व क्षयरोग बिरुद्ध दिवस हरेक वर्ष मनाउँदै आइरहेको पाइन्छ ।
क्षयरोग विश्वमा जनस्वास्थ्यको प्रमुख समस्याक रुपमा रहंदै आएको छ भने उच्च मृत्यू दर भएका १० वटा रोगहरु मध्ये एक रोगको रुपमा रहेको छ । सन् १९९३ मा विश्व स्वास्थ्य संगठनले क्षयरोगलाई जनस्वास्थ्यको प्रमुख समस्याको रुपमा घोषणा गरी यसको व्यवस्थापनका लागि नयाँ नीति तथा कार्यक्रमहरुमा जोड दिदै आएको छ । नेपालमा पनि क्षयरोग जनस्वास्थ्यको प्रमुख समस्याको रुपमा रहेको छ । गरीबी, अशिक्षा, चेतनाको कमी, आन्तरिक बसाई सराई र खुला सिमाना आदि कारणले क्षयरोगबाट संक्रमित हुने दर बढ्दो छ । स्वास्थ्य सेवामा सबैको समतामूलक पहुँच नभएको, सेवाको गुणस्तर तथा वितरणमा रहेका कमी कमजोरीका कारणले समेत अपेक्षित उपलब्धि हासिल गर्न कठिनाई देखिएको छ । नेपालमा क्षयरोगको वार्षिक तथ्यांक हेर्दा उत्पादनशील उमेर समूह (१५-५४) वर्षका व्यक्तिहरुमा बढी देखिएको छ।
नेपाल सरकारले क्षयरोग कार्यक्रमलाई उच्च प्राथमिकता प्राप्त कार्यक्रममा राखी विभिन्न क्रियाकलापहरु सञ्चालन गर्दै आएको छ । राष्ट्रिय क्षयरोग कार्यक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गत एकीकृत स्वास्थ्य प्रणाली मार्फत संघ देखि समुदाय स्तरसम्म प्रभावकारी रुपमा सञ्चालन भइरहेकोछ । नेपालले सन १९९६ बाट प्रत्यक्ष निगरानीको उपचार पद्धति (Directly Observe Treatment Short Course) द्वारा क्षयरोगको उपचार शुरु गरेको हो। यस कार्यक्रमलाई क्रमशः बिस्तार गर्दै सन् २०१३ मा सम्पूर्ण सरकारी स्वास्थ्य संस्थाहरु लगायत मेडिकल कलेज र निजी स्वास्थ्य संस्थाहरुमा कार्यक्रम सन्चालन भईरहेको छ। हाल राष्ट्रिय क्षयरोग कार्यक्रमले END TB STRATEGY लाई अवलम्वन गरि विभिन्न योजना, नीति तथा रणनीतिहरु तयार गरी कार्यान्वयन गरिरहेको छ ।
Themes/Slogans of World Tuberculosis (TB) Day
Year
Theme/Slogan

Shisir Kumar Adhikari