World Oral Rehydration Salts (ORS) Day
July 29
International Public Health Days
All
2025
2024
Shisir Kumar Adhikari
2
1794
0
विश्व पुर्नजलीय झोल दिवस (World Oral Rehydration Salts -ORS Day)
हरेक वर्ष जुलाई २९ तारिखलाई विश्व जीवनजल दिवस (World ORS Day) को रूपमा मनाइन्छ। विश्व जीवनजल दिवस विशेष गरी झाडापखालाको कारण हुने निर्जलीकरण (dehydration) को समस्याबाट हुने मृत्यु न्यूनीकरण गर्न, जीवनजल (ORS) को प्रयोगको महत्वलाई उजागर गर्न र यसको निरन्तर प्रयोगलाई प्रवर्द्धन गर्न जनचेतना जगाउने उद्धेश्यले विश्वभर दिवसको रुपमा मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठन (WHO) र युनिसेफ (UNICEF) ले ORS को उपयोगले हजारौं बालबालिकाको जीवन बचाएको भन्दै यसलाई औपचारिक मान्यता दिएपछि जीवनजल दिवस मनाउन थालिएको हो ।
जीवनजल विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त ओरल रिहाइड्रेसन साल्ट (वैज्ञानिक मिश्रण) हो । जसमा सफा पानी, नून (सोडियम), चिनी (ग्लुकोज) र अन्य आवश्यक इलेक्ट्रोलाइट मिलाइन्छ। जब पानीमा मिसाएर यसलाई तयार पारिन्छ त्यसलाई ओरल रिहाइड्रेसन सोलुसन (Oral Rehydration Solution) अर्थात् 'पुर्नजलीय झोल' भनिन्छ । यसमा सोडियम क्लोराइड, पोटासियम क्लोराइड, सोडियम साइटेटजस्ता पदार्थ हुन्छन् । जुन शरीरलाई चाहिने मुख्य इलेक्ट्रोलाइट हुन् । जीवनजलले शरीरमा उर्जा दिने हुँदा यसलाई जीवनरक्षक औषधि पनि भन्ने गरिन्छ । नेपालमा Oral Rehydratin Salt लाई 'जीवनजल' को नामले पनि चिनिन्छ। यसले शरीरबाट झाडापखालाद्वारा गुमेको पानी र इलेक्ट्रोलाइटहरू पुनः पूर्ति गर्छ।
ORS ले कसरी काम गर्छ?
- जीवनजलले शरीरबाट खेर गएको तरल पदार्थलाई पुनः शरीरमा ल्याउँछ।
- यसमा भएको सोडियम र पोटासियमले स्नायु र मांशपेशीको कार्य नियमित राख्छ र इलेक्ट्रोलाइट सन्तुलन मिलाउँछ ।
- यसमा भएको चिनी (ग्लुकोज) ले शरिरमा सोडियम र पानीको अवशोषण बढाउँछ।
- जीवनजल समयमै प्रयोग गर्दा जलवियोजनका कारणले अस्पताल भर्ना हुन वा जलवियोजनको जटिलताबाट बच्न सकिन्छ।
पुनर्जलीय झोल बनाउने तरिका :
- साबुन पानीले राम्रोसँग मिची मिची हात धुनुपर्छ ।
- एक लिटर वा सो बराबर ६ चिया गिलास भरी सफा पिउने पानी लिनुपर्छ ।
- पुनर्जलीय झोलको एक पुरिया पानीमा हाल्नुपर्छ र यसलाई राम्रोसँग चलाउनुपर्छ ।
- यसरी तयार पारेको पुनर्जलीय झोल बालबालिकाले चाहेजति पिउन दिनुपर्छ ।
- एक पटक बनाएको पुनर्जलीय झोल २४ घण्टापछि प्रयोग गर्नु हुँदैन ।
पुनर्जलीय झोल खुवाउने तरिका
| प्रत्येक पटक दिसा गरेपछि | कति खुवाउने ? |
| दुई वर्षमुनिका बालबालिकालाई | (१/४) एक चौथाई गिलास (कम्तीमा ५० मि.लि.) देखि (१/२) आधा गिलास (कम्तीमा १०० मि.लि सम्म) |
| २-५ वर्षसम्मका बालबालिकालाई | (१/२) आधा गिलास (कम्तीमा १०० मि.लि. देखि १ गिलास (२०० मि.लि.) अथवा बालबालिकाले चाहेजति । |
झाडापखाला भएका वयस्क उमेर समूहले एकपटक दिसा गरेपछि एक गिलास पुर्नजलीय झोल खानुपर्छ । मुटु फेल भएमा, हेमोडायलाइसिस गराइरहेको, अनियन्त्रित मधुमेह, उच्च रक्तचाप भएका बिरामीहरुले चिकित्सकको सल्लाह बमोजिम जीवनजल खान सकिन्छ । त्यस्तै दीर्घरोग भएमा चिकित्सकको परामर्शपछि मात्र जीवनजल खानु उचित हुन्छ ।
Themes/Slogans of World Oral Rehydration Salts (ORS) Day
Year
Theme/Slogan
