Logo
धर्मो रक्षति रक्षितः

World Population Day

July 11
International Public Health Days
All 2025 2024 2023 2022 1990
Shisir Kumar Adhikari 3 1075 0
विश्व जनसङ्ख्या दिवस (World Population Day)
जनसङ्ख्यासँग सम्बन्धी समस्याबारे जानकारी तथा जनचेतना अभिवृद्धि गर्न विभिन्न कार्यक्रम गरि हरेक वर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवस मनाइन्छ। संयुक्त राष्ट्रसंघीय विकास कोषको गभर्निङ काउन्सिलले सन् १९८९ मा जुलाई ११ लाई विश्व जनसंख्या दिवस मनाउने निर्णय गरे अनुसार सन् १९९० देखि यो दिवस मनाउन लागिएको हो ।
वि.सं. २०७८ सालको राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार नेपालको कूल जनसङ्ख्या २,९१,६४,५७८ छ । जसमा पुरुषहरूको संख्या १४,२५३,५५१ (४८.९८%) र महिलाहरूको संख्या १४,९११,०२७ (५१.०२%) छ । यसअनुसार, लैङ्गिक अनुपात १०० महिलाहरूमा ९५.५९ पुरुष रहेको छ ।
हाल नेपालमा जनसंख्या वितरण असन्तुलित हुन थालेको, प्रजनन दर घट्‌दै गएको, जनसंख्या वृद्धिदर घट्दै गएको, युवा जनसांख्यिकीय लाभांश लिन नसकिएको र बढ्‌दो आन्तरिक र बाह्य बसाइँसराइले जनसांख्यिकीय चुनौती थपिँदै गएको अवस्था विद्यमान रहेको छ। यसको समाधानका लागि नेपालको जनसंख्याको वर्तमान बनावट, वितरण र संरचनासँगसँगै देखापरेका अवसर र चुनौतीहरूलाई उचित सम्बोधन गर्न सरकारले प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ। साथै, ज्येष्ठ नागरिकहरूको संख्या वृद्धि हुँदै गएको सन्दर्भमा उनीहरूको ज्ञान, सिप र क्षमतालाई अन्तरपुस्ता सञ्चार गर्न, युवा जनसंख्याले चाहेजस्तो पारिवारिक आकार र वातावरण निर्माण गर्न तथा पारिवारिक सद्भाव कायम राख्न जनसंख्याको प्रभावकारी व्यवस्थापन गर्नु आजको आवश्यकता हो।