स्वास्थ्य सेवा दिवस
फागुन १५
National Public Health Days
All
2082
2081
2080
2079
2078
2077
2076
2074
2073
राष्ट्रिय स्वास्थ्य सेवा दिवस (National Health Service Day)
स्वास्थ्य सेवा ऐन २०५३, वि.स. २०५३ साल फागुन महिनाको १५ गते राजपत्रमा प्रकाशित भएको दिनलाई सम्झेर हरेक वर्ष फागुन १५ गतेका दिन नेपालमा राष्ट्रिय स्वास्थ्य सेवा दिवस मनाइन्छ । यो दिवस मनाउनुको मुख्य उद्देश्य नेपालको स्वास्थ्य सेवा ऐन, नियमावली तथा अन्य नीतिअनुरूप स्वास्थ्य सेवालाई जनमुखी र गुणस्तरीय बनाउँदै स्वास्थ्यमा सबैको पहुँच स्थापित गर्नु हो । नेपाल सरकारले आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुऱ्याउने मुख्य लक्ष्य अवलम्बन गर्दै आएको छ ।२०६९ साल फागुन १५ गतेबाट राष्ट्रिय स्वास्थ्य सेवा दिवस मनाउन थालिएको भएतापनि एक्कासी २०७७ सालमा सरकारले एकैपटक २३ औँ स्वास्थ्य दिवस मनाउने भनि पत्रचार गरेपछि २०५४ साललाई पहिलोपटक मान्दा २०७७ सालमा २३ औँ हुन्छ । २०७६ सालमा कोभिड १९ को महामारीको कारणले स्वास्थ्य दिवस मनाईएको थिएन । यसरी हेर्दा नेपालमा राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०५४ सालदेखि मनाइँदै आइरहेको छ भन्न सकिन्छ ।
जनस्वास्थ्य ऐन, २०७५ र जनस्वास्थ्य नियमावली, २०७६ अनुसार प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रूपमा प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा सेवाग्राहीको उत्तिकै भूमिका हुन्छ । प्रत्येक नागरिकलाई स्वास्थ्य उपचारमा सूचनाको हक लिने जनस्वास्थ्य ऐनले व्यवस्था गरेको छ । प्रभावकारी, सुरक्षित, जनमुखी, उचित समयमा, समतामूलक, एकीकृत र मितव्ययितासहितको स्वास्थ्य सेवाबाट मात्र आमनागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न र गराउन मद्दत पुग्दछ ।
Themes/Slogans of स्वास्थ्य सेवा दिवस
Year
Theme/Slogan
2081

Shisir Kumar Adhikari