Logo
धर्मो रक्षति रक्षितः

World Tobacco Control Day

May 31
International Public Health Days
All 2025 2024 2023 2022 2021 2020 2019 2018 2017 2016 2015 2014 2013 2012 2011 2010 2009 2008 2007 2006 2005 2004 2003 2002 2001 2000 1999 1998 1997 1996 1995 1994 1993 1992 1991 1990 1989 1988
Shisir Kumar Adhikari 0 874 0

World Tobacco Control Day

सुर्तीजन्य पदार्थ सेवन गर्ने बानी सबैभन्दा पहिले अमेरिकी महादेशमा प्रचलित रहेको पाइन्छ । युरापेलीहरूले अमेरिकाको खोजी गरिसकेपछि सोह्रौँ शताब्दीदेखि मात्र सुर्तीजन्य पदार्थ सेवन गर्न थालेका हुन् । अमेरिकी रेड इण्डियन (Red Indian) सुर्तीजन्य पदार्थ सेवन गर्ने नलीलाई टोबागो भन्ने गर्दथे र यस्तो नलीमा उनीहरू एक प्रकारको सुर्तीजन्य पात हालेर सेवन गर्ने गर्दथे । विभिन्न उत्सव र समारोहहरूमा यस्तो नलीबाट सुर्तीजन्य पदार्थ सेवन गरिन्थ्यो । कालान्तरमा गएर यो बिरुवाको नाम 'निकोटिन' रहन गयो। यो बिरुवाको पातको सुर्तीजन्य पदार्थ सेवन गर्ने चलनलाई लोकप्रिय बनाउने फ्रेन्च व्यक्ति 'ज्याँ निकोट' को नामबाट यो बिरुवाको नाम 'निकोटियाना' हुन गएको हो । यो बिरुवाको पातबाट गरिने सुर्तीजन्य पदार्थ सेवनलाई युरोपमा राम्रो मानिदैनथ्यो ।
एकताका टर्कीमा सुर्तीजन्य पदार्थ सेवन गर्नेहरूका लागि मृत्युदण्ड दिने चलन पनि थियो । पछि गएर टर्कीमा आफ्नै ब्राण्डका सुर्तीजन्य पदार्थहरू प्रचलित भए । रसियाका बादशाहले सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिको नाक चिर्ने र उनीहरूलाई कोर्रा लगाएर साइबेरिया निर्वासित गर्ने दण्डसजायको व्यवस्था गरेका थिए । यसर्थ सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई शुरुआतदेखि नै राम्रो दृष्टिकोणले हेरिँदैनथ्यो । यसरी सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई नराम्रो दृष्टिले हेरिएपछि यसको प्रयोगबाट मानव शरीरमा पर्ने नकारात्मक असर र रोगहरूको बारेमा जनचेतना जगाउन व्यापकरूपमा अभियान र कार्यक्रमहरू सञ्चालन गर्न थालियो । यस प्रकारका कार्यक्रमहरूमध्ये विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाउने कार्यक्रम पनि एक हो ।
सन् १९८७ को विश्व सुर्तीजन्य पदार्थरहित दिवसको सन्दर्भमा सुर्तीजन्य पदार्थ सेवनको महामारी, रोकथाम र यसका कारणहरूको सम्बन्धमा विश्व स्वास्थ्य सङ्गठनका सदस्य राष्ट्रहरूको ध्यानाकर्षण भयो । फलस्वरूप विश्व सुर्तीजन्य पदार्थरहित दिवस ३१ मे मा मनाउने घोषणा गरियो । सन् १९८७ मा विश्व स्वास्थ्य सङ्गठनका सदस्य राष्ट्रहरूले सुर्तीजन्य पदार्थको घातक असरबारे सचेतना जगाउन विश्व धूम्रपान रहित दिवसको स्थापना गरेका थिए । त्यसपछि सन् १९८८ अप्रिल ७ मा विश्व धूमपानरहित दिवसको विश्व स्वास्थ्य संगठनको सभाले पारित गरेपछि मे ३१ लाई विश्व धूमपानरहित दिवसको रुपमा मनाउन थालिएको हो ।

Themes/Slogans of World Tobacco Control Day
Year
Theme/Slogan