Logo
धर्मो रक्षति रक्षितः

World Water Day

March 22
International Public Health Days
All 2026 2025 2024 2023 2022 2021
Shisir Kumar Adhikari 1 1390 0
विश्व पानी दिवस (World Water Day)

समस्त जीवन र जगतको अस्तित्व रक्षा गर्ने प्रकृतिप्रदत्त वरदानका रूपमा रहेको पानीको महत्त्व‚ संरक्षण र दिगो प्रयोगका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ लाई विश्व समुदायले पानी दिवसका रूपमा मनाउने गरिन्छ । सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको संयुक्त पर्यावरण र विकासको संयुक्त राष्ट्र सङ्घको भेलाले यस दिवसको घोषणा गरेको हो । सन् १९९२ मा एजेन्डा २१ मा समाहित गरिएको जल दिवसको रूपरेखालाई आत्मसाथ गर्दै सन् १९९३ मा प्रथम विश्व जल दिवस मनाइयो ।
पानी र प्रकृतिसँग प्राणी जगतको अस्तित्व गाँसिएको छ । पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भयो । प्राचीन मानव सभ्यताहरू नदीकिनारमा विकास भए । वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्ने कार्य चुनौतीपूर्ण बन्न गएको छ ।

भूमिगत जलस्रोत महत्वपूर्ण प्राकृतिक सम्पदा हो‚ जसले पारिस्थितीकीय प्रणालीलाई दिगो बनाउन‚ नदीहरूको बहावलाई व्यवस्थित गर्न‚ जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत पुर्‍याउँदछ । बढ्दो शहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनाश, जलवायु परिवर्तन एवम् प्रदुषणका कारण पानीका स्रोतहरू नष्ट भइरहेका छन् । जलस्रोत र नदी प्रणालीको संरक्षण गर्दै समयमै पूर्व सूचना प्रणालीको मद्दतबाट प्राकृतिक विनाश तथा जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ ।