World Consumers Rights Day
March 15
International Public Health Days
All
2082
2081
2080
2079
2078
Shisir Kumar Adhikari
0
1280
0
विश्व उपभोक्ता अधिकार दिवस (World Consumers Rights Day)
प्रत्येक वर्ष मार्च १५ तारिखका दिन विश्व उपभोक्ता अधिकार दिवस मनाउने गरिन्छ । सन् १९६२ को मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले उपभोक्ताका हित रक्षा नगरी अर्थतन्त्र बलियो हुँदैन र बजारमा उपभोक्ता सार्वभौम हुन सक्दैनन् भन्दै ‘बिल आफ राइट’को घोषणा गर्नुभएको थियो । जोन एफ केनेडीले उपभोक्ताका चार अधिकार सुरक्षा, सूचना, छनोट र सुनवाइलाइ प्राथमिकता दिन यसको शुरुवात गर्नुभएको थियो । त्यसैको सम्झनामा मार्च १५ मा विश्वभर उपभोक्ता अधिकार दिवस मनाइँदै आएको छ ।
सन् २०१७ देखि संयुक्त राष्ट्र सङ्घले आफ्ना सदस्य राष्ट्रलाई मार्च १३ देखि १७ सम्म विश्व उपभोक्ता अधिकार सप्ताह मनाउन आह्वान गर्दै आएको छ । सदस्य राष्ट्रको हैसियतले नेपालमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न कार्यक्रम गर्ने गर्छन् । नेपालमा पनि उपभोक्ता मञ्चको गठन गरि उपभोक्ता र ब्यापारी र सरकारलाइ उपभोक्ताका अधिकारहरु प्रदान गर्न तथा गुणस्तरीय, सुलभ र सहि मुल्यमा सामग्रीहरु उपलब्त्र गराउन भूमिका निभाउने गर्दछ । यसले सरकारसंग समन्वय गरि समय समयमा उपभोक्ताका हितमा बजार अनुगमन समेत गर्दछ ।
नेपालको संविधानको धारा ४४ मा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा पाउने हक हुनेछ र गुणस्तरहीन वस्तु वा सेवाबाट कसैलाई हानि पुगेमा क्षतिपूर्ति पाउने हक हुने व्यवस्था मौलिक हकअन्तर्गत व्यवस्था छ । संविधानकै धारा ५१(घ) (७) मा वस्तु वा सेवा बजार स्वच्छ, प्रतिस्पर्धात्मक हुने र उपभोक्ता हित संरक्षण गर्ने राज्यको नीतिको व्यवस्था गरिएको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावलीमा प्रत्येक उपभोक्तालाई पहुँचको अधिकार, छनोटको अधिकार, सूचना र जानकारीको अधिकार, सुरक्षित हुने अधिकार, गलत व्यापारिक क्रियाकलापविरुद्ध कारबाही गराउन पाउने अधिकार, हानिविरुद्ध क्षतिपूर्ति पाउने तथा सुनुवाइ हुने अधिकारको प्रत्याभूति गरिएको छ ।
Themes/Slogans of World Consumers Rights Day
Year
Theme/Slogan
