World Kidney Day
2nd Thursday in March
International Public Health Days
All
2026
2025
2024
2023
2022
Shisir Kumar Adhikari
2
1442
0
विश्व मृगौला दिवस (World Kidney Day)
प्रत्येक वर्ष मार्च महिनाको दोस्रो बिहिवार विश्वभर 'विश्व मृगौला दिवस दिवस' मनाइन्छ । प्रत्येक १० जना मध्ये १ जनलाई मृगौला रोग लाग्ने गर्दछ र विश्वभरी नै मृगौला रोगको प्रकोप वढि रहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपुर्ण उपायहरुबारे सबैलाई सचेत गराउने उद्देश्यले मृगौला दिवस मनाउने गरिन्छ ।
मृगौला रोगको सिघ्र पहिचान तथा र त्यसको समयमै निदान नै मृगौला स्वस्थ्य राख्ने मुख्य उपाय हो । मृगौला स्वस्थ्य राख्न हरेक दिन कम्तीमा तीन लिटर पानी पिउनुपर्छ, मधुमेह र उच्च रक्तचापलाई सन्तुलनमा राख्नुपर्छ । धुमपानको आदत भएका, ५० वर्ष भन्दा माथिका बयश्कहरु र मृगौलामा समस्या भएकाहरूलाई मृगौला रोगको खतरा बढी हुनेभएकाले हरेक वर्ष अनिवार्य रुपमा मृगौला परीक्षण गर्नुपर्छ ।
मृगौला रोग लागिसकेपछि यसको उपचार अत्यन्त महँगो भएकाले समयमै मिर्गौला परीक्षण गरी रोगको निदान र उपचार गर्नु बुद्धिमानी हुन्छ । बिलासितापूर्ण जिवन जिउने र सुविधा भोगी जिवनशैलीले मोटोपनासँगै मृगौलाको समस्याहरु बढ्दै गएकाले सन्तुलित खाना सरल जिवनशैली र पर्याप्त मात्रामा व्यायाम गर्नुपर्छ बिहान वा बेलुका कम्तिमा ३० देखी ४५ मिनेट हिडडुल गर्नु अनिवार्य छ ।
मृगौला स्वस्थ राख्न:
- मधुमेह र रक्तचाप नियमित जाँच गरी नियन्त्रणमा राखौँ,
- सन्तुलित आहार खाऔं, दैनिक व्यायाम गरौं र स्वस्थ शारीरिक तौल कायम गरौं,
- धूम्रपान र मदिरा सेवन नगरौं,
- दिनमा कम्तीमा आठ गिलास पानी पिऔं र नुनको प्रयोग कम मात्रामा गरौं,
- चिकित्सकको सल्लाह बिना औषधी सेवन नगरौं,
- पिसाबमा समस्या वा खुट्टा र आँखाको वरिपरि सुन्निने लक्षण देखिए तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जाँच गराऔं।
Themes/Slogans of World Kidney Day
Year
Theme/Slogan
