Logo
धर्मो रक्षति रक्षितः

International Women's Day

March 8
International Public Health Days
All 2026 2025 2024 2023 2022 2021 2020
Shisir Kumar Adhikari 2 5954 10 Download (149 KB)
अन्तर्राष्ट्रिय नारी दिवस (International Women's Day)
हरेक वर्ष मार्च ८ तारिखका दिन मनाइने अन्त्राष्ट्रिय नारी दिवस कुनै खुशियालीको उत्सव नभएर उत्पीडित महिलाहरुको लैगिक बिभेद बिरुद्धको आवाज हो संघर्ष हो । अन्तर्राष्ट्रिय नारी दिवसलाई श्रमिक आन्दोलनबाट सुरु भएको मान्न सकिन्छ। संयुक्त राष्ट्र सङ्घले पनि यसलाई मान्यता दिएको छ।

"यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवताः।
"यत्रैतास्तु न पूज्यन्ते, सर्वास्तत्राफलाः क्रियाः॥"

भावार्थः यो श्लोकले समाजमा महिलाको महत्वलाई उजागर गर्छ। जहाँ महिलाहरूको सम्मान र पूजा गरिन्छ, त्यहाँ समृद्धि र दैवी आशीर्वाद प्राप्त हुन्छ। तर जहाँ महिलाहरूको अपमान वा बेवास्ता गरिन्छ, त्यहाँ सबै काम असफल र निष्फल हुन्छन्।

सन् १९०८ मा न्यूयोर्क सिटीमा १५,००० महिलाले दैनिक काम गर्ने समयावधि घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र आफूलाई मतदानको अधिकार प्राप्त हुनुपर्ने भन्दै प्रदर्शन गरेका थिए। त्यसैबाट दिवसको बीजारोपण भएको थियो। त्यसको एक वर्षपछि द सोशलिस्ट पार्टी अफ अमेरिकाुले पहिलो राष्ट्रिय नारी दिवस घोषणा गर्‍यो। नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ । उक्त दिनलाई अन्तर्राष्ट्रिय बनाउने विचार चाहिँ क्लारा जेट्किन नाम गरेकी कम्युनिस्ट अभियानकर्मी तथा महिला अधिकारवादीले अगाडि सारेकी थिइन्।

उनले उक्त विचार कोपन्हागनमा 'कन्फरेन्स अफ वर्किङ विमिन' नामको सन् १९१० मा भएको सम्मेलनमा सुझाव दिएकी थिइन्। त्यो सम्मेलनमा १७ देशका १०० महिला सहभागी थिए। उनीहरूले त्यस सुझावलाई सर्वसम्मत रूपमा सहमति जनाएका थिए।
नारी दिवस पहिलो पटक सन् १९११ मा अस्ट्रिया, डेन्मार्क, जर्मनी र स्विट्जरल्यान्डमा मनाइएको थियो भने शतवार्षिकी सन् २०११ मा मनाइयो।

सन् १९७५ मा संयुक्त राष्ट्रसङ्घले नारी दिवस मनाउन सुरु गरेपछि त्यसले औपचारिक तथा अन्तर्राष्ट्रिय तहमा पुग्यो। राष्ट्रसङ्घले पहिलो नारा "सेलब्रेटिङ द पास्ट, प्लानिङ फर द फ्युचर अर्थात् विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने" भन्ने राखेको थियो।

अन्तर्राष्ट्रिय नारी दिवस महिलाहरू समाजमा कति अगाडि बढे, राजनीति र अर्थतन्त्रमा कति अगाडि बढे भनेर मनाउने दिवस बनेको छ। अनि विद्यमान असमानताबारे चेतना बढाउन कतै विरोधप्रदर्शन र जुलुस गरेर यो दिवस मनाउने गरिन्छ।

के अन्तर्राष्ट्रिय पुरुष दिवस पनि छ?
छ नि। नोभेम्बर १९ तारिखमा अन्तर्राष्ट्रिय पुरुष दिवस मनाइन्छ।
तर यो दिवस सन् १९९० को दशकदेखि मात्र मनाउन थालिएको हो। यसलाई संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरिसकेको छैन। तर यूकेसहित ८० देशमा यो मनाउन थालिएको छ। यो दिनमा "पुरुषले संसार, उनीहरूका परिवार र समुदायलाई दिने सकारात्मक देन"को स्मरण गरिन्छ। आयोजकहरूका अनुसार यो दिवसले सकारात्मक र प्रेरक व्यक्तित्वहरूबारे जानकारी सार्वजनिक गर्ने, पुरुषको स्वास्थ्यजस्ता विषयमा चेतना जगाउने र लैङ्गिक सम्बन्ध सुधार्ने काम गरिन्छ।