World Oral Health Day
March 20
International Public Health Days
All
2026
2025
2024
Shisir Kumar Adhikari
7
1716
0
विश्व मुख स्वास्थ्य दिवस (World Oral Health Day)
हरेक वर्ष मार्च २० मा विश्वभर विश्व मुख स्वास्थ्य दिवस (World Oral Health Day) मनाइन्छ। विश्व मुख स्वास्थ्य दिवस पहिलो पटक १२ सेप्टेम्बर २००७ मा मनाइएको थियो। यो दिन FDI World Dental Federation का संस्थापक डा. चार्ल्स गोडोन (Dr. Charles Godon) को जन्मदिनको अवसरमा चयन गरिएको थियो। यस दिवसको उद्देश्य विश्वभर मुख स्वास्थ्य र दन्त स्वच्छताको महत्त्वबारे जनचेतना फैलाउनु थियो।
तर पछि अन्तर्राष्ट्रिय कार्यक्रमहरूको तालिकासँग समन्वय मिलाउन र अझ प्रभावकारी रूपमा अभियान सञ्चालन गर्न २०१३ देखि यसको मिति मार्च २० मा सारिएको हो। त्यसयता विगत एक दशकभन्दा बढी समयदेखि विश्वभर यही दिन विभिन्न कार्यक्रम, अभियान र सचेतना गतिविधिहरू आयोजना गरेर मुख स्वास्थ्यको महत्त्वबारे जानकारी दिइँदै आएको छ।
मुख स्वास्थ्यको महत्त्वलाई ध्यानमा राख्दै विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संस्थाहरूले मुख स्वास्थ्य सुधारका लागि विभिन्न कार्यक्रम र अभियान सञ्चालन गरिरहेका छन्। विश्व स्वास्थ्य क्षेत्रमा काम गर्ने निकायहरूले पनि सन् २०३० सम्म सबै मानिसले आधारभूत मुख स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने लक्ष्यसहित योजना बनाएका छन्। यसको उद्देश्य केवल रोगको उपचार गर्नु मात्र होइन, रोग हुनै नदिनका लागि रोकथाममा जोड दिनु हो।
मुखको स्वास्थ्य केवल दाँत वा गिजासम्म सीमित नभई समग्र स्वास्थ्य, सुख–समृद्धि र जीवनको गुणस्तरसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको र मुखको स्वास्थ्यले स्वस्थ शरीर, आत्मविश्वास गुण्स्तरीय जीवनशैली कायम राख्न मद्दत गर्छभन्ने सन्देश दिन यो दिवस मनाउने गरिन्छ । नेपालमा सुर्तीजन्य पदार्थ र सुपारी प्रयोगको दर उच्च छ। यी पदार्थहरू मुखको क्यान्सरको प्रमुख कारण मानिन्छन्। मुख क्यान्सरका धेरै केसहरू धुवाँरहित सुर्ती वा सुपारीको सेवनसँग सम्बन्धित पाइएका छन्। यदि यस्ता बानीहरू कम गर्न सकियो भने मुख क्यान्सरका धेरै केसहरू रोक्न सकिन्छ।
मुख स्वास्थ्य राम्रो राख्न धेरै जटिल उपायहरू आवश्यक पर्दैनन्। दैनिक जीवनमा अपनाउन सकिने केही सरल बानीहरूले नै ठूलो परिवर्तन ल्याउन सक्छन्। दिनमा कम्तीमा दुई पटक दाँत माझ्ने, चिनीजन्य खानेकुराको अत्यधिक सेवन नगर्ने, सुर्तीजन्य पदार्थबाट टाढा रहने, र समय–समयमा दन्त परीक्षण गराउने जस्ता अभ्यासले मुख स्वास्थ्य सुरक्षित राख्न मद्दत गर्छ।
मुख स्वास्थ्यको हेरचाहको लागि
- प्रत्येक दिन कम्तिमा २ पटक फ्लोराइड (Fluoride) युक्त टुथपेष्ट (Tooth Paste) ले दाँत माझ्ने (खानेकुरा खाईसकेपछि संधै दाँत माझ्ने)
- दाँत माझ्दा नरम ब्रसको प्रयोग गर्ने
- सधैं सन्तुलित भोजन गर्ने, गुलियो खाने कुराहरु कम खाने
- सुर्तीजन्य पदार्थको सेवन नगर्ने
- मद्यपान नगर्ने
- सुपारीको सेवन नगर्ने
- प्रत्येक वर्ष कम्तीमा एक पटक दन्त चिकित्सकलाई जचाँउने
- कुनै मुख सम्बन्धी समस्या देखा परेमा स्वास्थ्यकर्मीसँग सल्लाह लिने ।
Themes/Slogans of World Oral Health Day
Year
Theme/Slogan
