Logo
धर्मो रक्षति रक्षितः

World Cancer Day

February 4
International Public Health Days
All 2026 2025 2024 2023 2022 2021
Shisir Kumar Adhikari 1 1467 0
विश्व क्यान्सर दिवस (World Cancer Day)

क्यान्सर रोगप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर विश्व क्यान्सर दिवस विविध चेतनामूलक कार्यक्रमका साथ मनाइन्छ । सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’ पछि यो दिवस चेतनामूलक कार्यक्रमका साथ मनाउन प्रारम्भ भएको हो ।

परिचय
विश्वमा क्यान्सर प्रमुख स्वास्थ्य समस्याको रुपमा फैलिरहेको छ । हाल विश्वमा वार्षिक करिब एक करोड व्यक्तिमा क्यान्सर रोग देखा पर्दछ र त्यसमा सत्तरी लाख भन्दा बढीको क्यान्सरबाट मृत्यु हुने गर्दछ ।  क्यान्सर भन्नाले शरीरका कोषिकाहरुको अनियन्त्रित वृद्धि हुनु हो । शरीरमा कोषिकाहरुको वृद्धिलाई विभिन्न तत्वहरुले नियन्त्रणमा राखेका हुन्छन् यदि यी तत्वहरुको काम गर्ने तालमेलमा फरक परेमा कोषिकाहरुको वृद्धि अनियन्त्रित हुन पुग्दछ र क्यान्सर रोग देखा पर्दछ ।

कारण
  • धुम्रपान/सुर्तिजन्य पदार्थको सेवन
  • मद्यपान
  • वायु प्रदुषण
  • अस्वस्थ खानपिन
  • किटनाशक औषधिहरुको प्रयोग/विषादीहरु
  • संक्रमण जस्तै पाठेघरको मुखको क्यान्सरको लागि Human Papilloma virus र नाक घाँटीको क्यान्सरको लागि Ebstein Barr Virus आदि
  • वंशानुगत
पुरुषहरुमा हुने क्यान्सर निम्न प्रकारका छन् :
मुख, फोक्सो, प्रोस्टेट (Prostate), पेट, आन्द्रा र छाला आदि ।
  • यी क्यान्सरहरुको जोखिम बढ्दो उमेरसँग बढ्दछ ।
  • क्यान्सर हुने प्रमुख कारण सूर्तिजन्य पदार्थको सेवन गर्नु हो । फोक्सोको क्यान्सर प्रायः जसो धुम्रपान गर्नेहरुलाई हुने गर्दछ । त्यस्तै गरी स्वर यन्त्र (Larynx), खाने नली (Esophagus), गौला, मुत्रथैली, Pancreas र पेटको क्यान्सर हुने जोखिम पनि धुम्रपान सेवनसँग बढ्छ ।
  • सूर्तिजन्य पदार्थ चपाउनु पनि उत्तिकै हानिकारक हुन्छ र यो मुखको क्यान्सर निम्त्याउने प्रमुख कारक तत्व हो ।
  • त्यस्तै गरी वातावरणीय र आन्तरिक वायु प्रदूषण, कलकारखानावाट हुने प्रदुषण र अरुले गरेको धुम्रपानको धुवाँले पनि क्यान्सर हुने सक्ने जोखिमलाई बढाउँछ ।
  • अस्वस्थकर खानपिन गर्ने बानी जस्तैः बोसोयुक्त खाना, पोलेको मासु, बासी अचार ।
  • यदि निम्न मध्ये कुनै लक्षण देखिएमा तुरुन्तै चिकित्सक कहाँ जचाँउन जानुहोस् ।
  • मुखमा कुनै घाउ हुनु वा सुन्निनु
  • घाँटीमा वा शरीरका अन्य ठाँउमा गाँठा आउनु
  • खोक्दा रगत आउनु
  • दिसा गर्ने बानीमा परिवर्तन आउनु
  • खान मन नलाग्नु
  • तौल घट्नु ।

समयमै क्यान्सर रोगको जाँच (screening) गर्नाले यसको चाँडो पहिचान गरी राम्रो किसिमले उपचार गर्न मद्दत गर्दछ ।

महिलाहरुमा हुने क्यान्सर निम्न प्रकारका छन्
  • स्तन, पाठेघरको मुख र आङ, फोक्सो, पेट तथा आन्द्रा आदि
  • यी क्यान्सरहरुको जोखिम बढ्दो उमेरसँग बढ्दछ ।
  • जो व्यक्तिको परिवारका सदस्यमध्ये कसैलाई स्तन क्यान्सर वा अन्य अंगको क्यान्सर भएको इतिहास छ, त्यस्ता व्यक्तिहरुलाई यो रोग लाग्न सक्ने सम्भावना बढी हुन्छ । त्यसैले त्यस्ता व्यक्तिहरुले नियमित जाँच र परीक्षण गराउनु पर्दछ ।
  • पाठेघरको मुखको क्यान्सर Human papilloma virus (HPV) नामक जीवाणुको कारणबाट हुन्छ । असुरक्षित यौन सम्पर्क राखेमा पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्दछ ।
क्यान्सरको रोकथामका उपायहरु
  • सूर्तिजन्य पदार्थको सेवन तथा धुम्रपान नगर्ने ।
  • सन्तुलित आहार खाने ।
  • आफ्नो स्वस्थ तौललाई कायम राख्ने ।
  • प्रशस्त मात्रामा फलफूल र सागसब्जी खाने ।
  • नियमित शारीरिक गतिविधि गर्ने र स्वस्थकर जीवनशैली अपनाउने ।
  • यदि शंकास्पद लक्षण देखिएमा वा परिवारमा कोहीलाई पहिला क्यान्सर भएको इतिहास भएमा आफ्नो जाँच गराउने ।
  • कामको सिलसिलामा आइपर्ने विकिरण वा औद्योगिक विषात पदार्थहरुको जोखिमको उपयुक्त सुरक्षाका उपायहरु अपनाउने ।
  • Leukoplakia को जाँचको लागि आवधिक रुपमा मुखको परीक्षण गराउने ।
  • चिकित्सकको सल्लाह लिएर हेपाटाइटिस-बी खोप लगाउने ।
  • स्तनमा गिर्खा वा गाँठागुठीको समयमै पत्ता लगाउन आफैँले स्तनको परीक्षण गर्ने तरिका बारे जानकारी लिन आफ्‌नो चिकित्सक सँग सल्लाह लिने ।
  • पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन समयसमयमा Pap smear गराउने ।