World Leprosy Day
Last Sunday of January
International Public Health Days
All
2026
2025
2024
2023
2022
विश्व कुष्ठरोग दिवस (World Leprosy Day - Last Sunday of January)
हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ । कुष्ठरोग विरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो । वि.सं. २०३९/४० (सन् १९८२/८३) मा बहु-औषधी उपचार प्रणाली सुरु भएपछि विरामीको चापमा क्रमश निरन्तर घट्दै वि.सं. २०६६ पौष (सन् २००९ डिसेम्बर) मा प्रिभालेन्स दर प्रति १०,००० जनसंख्यामा ०.७७ मा आएको र सो बमोजिम राष्ट्रिय स्तरमा प्रति १०,००० जनसंख्यामा १ जना भन्दा कम कुष्ठरोग दर हुन गएकोले नेपाल सरकारबाट २०६६ माघ ५ गते (सन् २०१० जनवरी १९) नेपालमा राष्ट्रिय स्तरमा कुष्ठरोग निवारण भएको घोषणा भयो ।
कुष्ठरोगको परिचय
कुष्ठरोग एक प्रकारको सरुवा रोग मध्ये कम सर्ने रोग हो, यो रोग माइको ब्याक्टेरियम लेप्रे (Mycobacterium leprae) नामक सुक्ष्म किटाणुबाट लाग्दछ । यस रोगले छाला र सतहको स्नायूमा असर गर्दछ । यस रोगलाई प्राचिनकालमा कुष्ठ, कोढ, महारोग, सुन-बहिरी आदि नामले पनि चिनिन्थ्यो । समाजमा मानिसहरु देवी देवताको श्रापको प्रतिफल भनेर यस रोग देखि साहै डराउने गर्दथे । जसको कारण समयमै उपचार नगर्दा असमर्थता वा अङ्ग-भङ्ग हुन सक्छन् । कुष्ठरोग प्राचिनकाल देखि नै मानव समाजमा परिचित हुँदै आएता पनि सन् १८७३ (वि. सं. १९३० मा नर्वेका डा. गेरहार्ड हेनरीक आर्मर ह्यान्सन (Dr. Gerhard Henrik Armauer Hansen) ले यस रोगको किटाणु पत्ता लगाएका थिए । त्यसैले यस रोगलाई हयान्सन्स् डिजिज (Hansen's Disease) पनि भनिन्छ ।
कुष्ठरोग लाग्नुको कारण
यो रोग कीटाणुबाट हुने अरु सरुवा रोग जस्तै हो। मानिसको शरीरमा कुष्ठरोगको कीटाणुले प्रवेश गरेपछि यदि त्यस मानिसमा कुष्ठरोगको कीटाणु विरुद्धको प्रतिरोधात्मक शक्ति कमजोर भएमा साधारणतया २ देखि ५ वर्षभित्र यो रोगको प्रारम्भिक चिन्ह / लक्षण देखा पर्न सक्छ । कुष्ठरोग पूर्व जन्मको फलको परिणाम, देवताको श्राप, नाग लागेर वा वंशानुगतको कारणले लाग्ने रोग होइन ।
कुष्ठरोग सर्ने तरिका
हरेक मानिसको शरीरमा कुनै पनि सरुवा रोगको विरुद्ध लड्नेशक्ति हुन्छ । त्यस्तो शक्तिले शरीरभित्र पसेका रोगका कीटाणुहरुलाई नष्ट पारी रोग लाग्नबाट बचाउँछ । अध्ययन अनुसन्धानबाट के थाहा पाइएको छ भने धेरै मानिसहरुमा कुष्ठरोगसंग लड्ने क्षमता बलियो हुन्छ ।
कुष्ठरोग लागेका सबै व्यक्तिबाट अरुलाई यो रोग सर्दैन। यो रोग उपचार शुरु नगरेका कुष्ठरोगका विरामीबाट मात्र अरुलाई सर्न सक्दछ । यो रोग मुख्यतया श्वास प्रश्वासको माध्यमबाट सर्दछ । भीडभाड वा धेरै मान्छे एकै ठाउँमा बस्ने, सुत्ने गरेमा यो रोग सर्ने सम्भावना बढी हुन्छ । धेरै किटाणु भएको र उपचार नलिएको विरामीले श्वास फेर्दा वा हाछ्यु गर्दा कुष्ठरोगका कीटाणुहरु विरामीको शरीरबाट बाहिर आउँछन् र निरोगी व्यक्तिले श्वास लिंदा उसको शरिरमा प्रबेश गर्दछन् ।
यो विरामीको दिशा-पिसावबाट र विरामीले प्रयोग गरेको भाँडा कुडा वा कपडाको पुन प्रयोग गर्दा सर्दैन । विरामीलाई लामखुट्टे, उडुसले टोकेर पुनः स्वस्थ मानिसलाई टोक्दा वा यौन सम्पर्कबाट पनि यो रोग सर्दैन । त्यस्तै गर्भवती आमालाई रोग लागेको भएता पनि बच्चा पेटमा रहुन्जेल यो रोग सर्दैन अर्थात विरामी आमाबाट पनि बच्चा जन्मदा स्वस्थ नै हुन्छ ।
कुष्ठरोगको उपचार
यो रोग बहु-औषधी उपचार (Multi-drug Therapy) विधिद्वारा निको हुन्छ। समयमा नै उपचार नगरेमा यो रोगले छाला, स्नायु, हातगोडा र आँखामा गम्भीर वा स्थायी क्षति पुर्याउन सक्छ ।
Themes/Slogans of World Leprosy Day
Year
Theme/Slogan

Shisir Kumar Adhikari