World Hepatitis Day
July 28
International Public Health Days
All
2025
2024
2023
2022
2021
2020
2019
2018
2017
2016
2015
2014
2013
2012
2011
2010
Shisir Kumar Adhikari
0
1240
0
विश्व हेपाटाइटिस दिवस (World Hepatitis Day)
सन् २००८ मा, World Hepatitis Alliance र बिरामी समूहहरूले १९ मे लाई पहिलो विश्व हेपाटाइटिस दिवसको रूपमा मनाउने घोषणा गरेका थिए । सन् २०१० मा WHO को ६३ औँ विश्व स्वास्थ्यसभाले २८ जुलाईलाई औपचारिक रूपमा विश्व हेपाटाइटिस दिवस मनाउने घोषणा गर्यो। जुलाई २८ नोबेल पुरस्कार विजेता वैज्ञानिक डा. बारूक ब्लुम्बर्गको जन्मदिन पनि हो । उनले हेपाटाइटिस बि भाइरसको खोज र खोप विकास गरेका थिए । सेही अनुरुप हरेक वर्ष जुलाई २८ तारिखको दिनलाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाउने गरिन्छ ।
हेपाटाइटिस मूलतः कलेजोको रोग हो । जुन भाइरल संक्रमणका कारणले हुन्छ । यो रोगमा कलेजो सुन्निने गर्छ । बोलीचालीको भाषामा हेपाटाइटिसलाई 'जण्डिस' पनि भन्ने गरिन्छ । हेपाटाइटिस भएपछि जण्डिस एउटा लक्षणको रुपमा देखापर्दछ । सामान्यतया, हेपाटाइटिस ए, बी, सी, डी र ई गरी पाँच प्रकारका हुन्छन् । हेपाटाइटिस ‘बी’ र ‘सी’ घातक मानिन्छ । हेपाइटाइटिस दुई तरिकाको हुन्छ । हेपाटाइटिसको शुरुको अवस्थालाई एक्यूट भनिन्छ भने पुरानो समस्यालाई क्रोनिक भनिन्छ । हेपाटाइटिसको प्रारम्भिक अवस्था शुरुको तीन महिनासम्म रहन्छ सुरुवाती अवस्थामा शरीर पहेँलो हुन थालेमा त्यसको सही ढङ्गले उपचार नभएमा त्यसले क्रोनिक रूप लिन थाल्दछ । यसका कारण कलेजोको क्यान्सरसमेत हुन सक्छ । ज्वरो आउनु, वाकवाकी लाग्नु, जिउ दुख्नु, शरीर पहेलो हुनु, पेट दुख्नुलगायत यसका लक्षण हुन् । पानी, असुरक्षित शारिरिक सम्बन्धलगायतका कारण यो रोग एकबाट अर्को मानिसमा सजिलै सर्ने गर्छ ।
हेपाटाईटिस 'ए' र 'ई' पानी तथा दूषित खानेकुराका कारण सर्ने गर्छ । रगत जाँच गरेर तथा लक्षण पहिचान गरेर पनि हेपाटाइटिस भए/नभएको थाहा पाउन सकिन्छ । पानी उमालेर पिउन, असुरक्षितरुपमा यौन सम्बन्ध नराख्न, गर्भावस्थामा गर्भवतीले डाक्टरको सल्लाह लिन र हेपाटाइटिसविरुद्धको खोप लगाउन तथा बच्चालाई पनि हेपाटाइटिस विरुद्धको खोप लगाउनु पर्दछ ।
विश्व स्वास्थ्य सङ्गठन (WHO) को विश्वव्यापी हेपाटाइटिस रणनीतिअनुसार सदस्य राष्ट्रमा सन् २०३० सम्म नयाँ हेपाटाइटिस सङ्क्रमण ९० प्रतिशत र मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य छ । हेपाटाइटिस ए र बी को रोकथामका लागि खोप उपलब्ध छ । हेपाटाइटिस नभएका व्यक्तिले यसविरुद्धको खोप लगाउने, उमालेको पानी पिउने र सफा स्वच्छ आहार खाने, रातो मासु, रक्सी नखाने, असुरक्षितरुपमा यौन सम्बन्ध नराख्ने, गर्भावस्थामा गर्भवतीले डाक्टरको सल्लाह लिने र जन्डिस तथा खाना अरुचिको लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिनु पर्दछ ।
Themes/Slogans of World Hepatitis Day
Year
Theme/Slogan
2020
