Logo
धर्मो रक्षति रक्षितः

World Drowning Prevention Day

July 25
International Public Health Days
All 2025 2024 2023 2022
Shisir Kumar Adhikari 1 1003 0
पानीमा डुबेर हुने घटना रोकथाम सम्बन्धी विश्व दिवस (World Drowning Prevention Day)
पानीमा डुबेर हुने घटना रोकथाम सम्बन्धी विश्व दिवस हरेक वर्ष जुलाई २५ मा मनाइन्छ। यस दिनको उद्देश्य डुबानको कारणले परिवार र समुदायमा पर्ने दुखद र गहिरो प्रभावलाई उजागर गर्नुका साथै जीवनरक्षक उपायहरू प्रस्तुत गर्नु हो, जसले यस्ता घटनाहरूलाई रोक्न सकियोस् भन्ने हो ।
यो दिवस सन् २०२१ मा संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको एक प्रस्तावबाट घोषणा गरिएको हो, जसअनुसार विश्व स्वास्थ्य संगठन (WHO) लाई पानीमा डुबेर हुने घटना रोकथाम रोकथामसम्बन्धी कार्यहरू समन्वय गर्ने जिम्मेवारी दिइएको छ। यस समस्याको समाधानका लागि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले WHO को सहयोगमा समुदायस्तरमा तत्काल मूल्यांकन कार्य योजना बनाएको छ। यसको उद्देश्य समुदायका अगुवाहरूलाई डुबानको जोखिमबारे जानकारी गराउनु र भविष्यमा यस्ता दुःखद घटनाहरू रोक्न मिल्ने उपायहरू पहिचान गरी सहकार्य गर्नु हो।
नेपालमा, धेरैजसो नदी, ताल, नहर, जलाशय र पोखरीहरू डुबानको स्थायी जोखिमका स्रोत हुन्, विशेष गरी बालबालिका र किशोर-किशोरीहरूका लागि। अनुमान अनुसार प्रत्येक वर्ष करिब १५०० जनाको डुबेर मृत्यु हुने गर्दछ।

जो कोहि पनि पानीमा डुब्ने जोखिममा हुनसक्छन् त्यसैले पानीमा वा वरपर हुँदा सतर्कता अपनाऔ !
पानीमा डुब्ने घटना रोकथाम गर्ने उपायहरुः
१. वर्षा यामामा वा आँधीबेरी आउने बेलामा खोला, नदि, ताल आदिमा बाढि आउन सक्छ यस्ता अवस्थामा बालबालिका साथै सबै उमेरका व्यक्तिहरुले समेत शतर्कता अपनाउनु पर्दछ ।
२. बालबालिकाहरु पानीमा हुँदा वा पानी वरपर हुँदा अभिभावकहरुले निरन्तर निगरानी गर्नुपर्छ ।
३. पानीमा पौडि खेल्ने बेलामा वा अरु कुनै पानीमा गरिने गतिविधिहरु गर्दा बालबालिका साथै सबै उमेरका पौडि खेल्न नजान्ने व्यक्तिहरुले लाइफ ज्याकेट अनिवार्य प्रयोग गर्नु पर्छ ।
४. पौडी खेल्न जाँदा सधैँ पौडि खेल्न जान्ने अभिभावक संग मात्र जानुपर्छ र सम्भव भएसम्म बचाउ कर्ता (लाइफगार्ड) भएका पौडी खेल्ने स्थानहरूमा मात्र जानुपर्छ ।
५. छारे रोग, मुटु रोग, अटिजम जस्ता स्वास्थ्यमा कुनै समस्या छ भने अरुको निगरानीमा मात्र पानी वरपर जानुपर्छ ।

बालबालिकाहरुलाई पौडि खेल्ने सिप सिकाउनु पर्छ र सिप सिके पनि जहिले पनि सतर्कता अपनाउनुपर्छ ।

Drowning has caused over 2.5 million deaths in the last decade. The overwhelming majority of these deaths (90%) happen in low- and middle-income countries. Globally, the highest drowning rates occur among children aged 1–4 years, followed by children aged 5–9 years.

The human, social and economic toll of these losses is intolerably high, and entirely preventable.

In 2023, the 76th World Health Assembly adopted its first ever resolution on drowning prevention. The resolution accepts the invitation of the United Nations General Assembly for WHO to coordinate actions within the UN system on drowning prevention and facilitate the observance of World Drowning Prevention Day on 25 July each year.

To mark this year’s World Drowning Prevention Day, WHO will continue to focus on raising awareness on drowning as a public health issue, reminding people that anyone can drown, but no one should.