Logo
धर्मो रक्षति रक्षितः

World Smile Day

First Friday of October
Other Days
All 2024 2023
Shisir Kumar Adhikari 1 764 0

विश्व मुस्कान दिवस (World Smile Day)

मुस्कान सबैको लागि महत्वपूर्ण भएकाले मुस्कानको महत्वलाई आत्मसाथ गर्न अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रबार 'विश्व मुस्कान दिवस' मनाइन्छ। वर्चेस्टरका एक कलाकार हार्वे बलले सन् १९६३ मा अभिनयको क्रममा मुस्कान सहितको भाव अनुहारमा प्रस्तुत गरेपछि मानिसहरुको ध्यान मुस्कानको महत्व तर्फ केन्द्रित भएको थियो। त्यसपछि सन् १९९९ देखि यो दिवस औपचारिक रुपमै मनाउन थालिएको हो।सन् २००१ मा हार्वे बलको निधन भयो । त्यति बेला उनको सम्झनामा बनेको ‘विश्व हार्वे बल मुस्कान फाउन्डेसन’ले आजको दिनमा थुप्रै ठाउँमा मुस्कान दिवस विशेष कार्यक्रमहरू आयोजना गर्दै आएको छ । यस फाउण्डेसनको नारा भने “संसारलाई मुस्कानले सुधार गर्नुहोस्” भन्ने रहेको छ।

मुस्कानको फाइदाहरू 

  • मुस्कानले तनाव कम गर्छ।
  • मुस्कानले प्रतिरक्षा प्रणाली बढाउँछ 
  • रक्तचाप कम गर्छ।
  • शारीरिक पीडा कम गर्छ।
  • थप सकारात्मक बनाउँछ।
  • मुस्कानले मानिसलाई जवान देखाउँछ।
  • आयु लम्ब्याउन सक्छ।
  • मुस्कानले  मानिसलाई कर्षक बनाउँछ 
  • मुस्कानले अरूसँग विश्वास निर्माण गर्दछ।
  • मुस्कानले सफलताको लागि योगदान गर्दछ।

सबैलाई विश्व मुस्कान दिवसको शुभकामना । सधैँ मुस्कुराएर जीवन जिउनुहोस्, खुसी हुनुहोस् !

Themes/Slogans of World Smile Day
Year
Theme/Slogan