निजामती सेवा दिवस
भाद्र २२
Other Days
All
2082
2081
2080
2079
2078
2077
2076
2075
2061
Shisir Kumar Adhikari
6
1424
0
निजामती सेवा दिवस (भाद्र २२)
नेपालमा हरेक वर्षको भाद्र २२ गते निजामती सेवा दिवस मनाइन्छ । वि.सं. २०६१ सालबाट निजामती सेवा दिवस मनाउन शुरु गरिएको थियो । तत्कालीन प्रधानमन्त्री टंक प्रसाद आचार्यले वि.सं. २०१३ साल भाद्र २२ गते निजामती ऐन ल्याएको दिन पारेर निजामती सेवा दिवस मनाउन थालिएको हो । यस दिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट निजामती कर्मचारीहरुलाई पुरस्कृत गर्ने, पूर्व कर्मचारी अर्थात सेवानिवृत कर्मचारीहरुलाई सम्मान गर्ने, विभिन्न निजामती कर्मचारीलाई उत्साहीत र प्रेरित गर्ने, वृक्षारोपण गर्ने, खेलकुद, रक्तदान आदि कार्यक्रमहरु आयोजना गरी मनाउने गरिन्छ ।
१८ औँ देखि २२ औँ (२०७८–२०८२) सम्म ५ वर्षको लागि “व्यावसायिक र सिर्जनशिल प्रशासनः विकास, समृद्धि र सुशासन” भन्ने नारा तय गरिएको छ ।
Themes/Slogans of निजामती सेवा दिवस
Year
Theme/Slogan
