Logo
धर्मो रक्षति रक्षितः

International Wellness Day (अन्तर्राष्ट्रिय आरोग्य दिवस)

April 15
International Public Health Days
All 2026
Shisir Kumar Adhikari 8 508 7 Download (3 MB)
International Wellness Day (अन्तर्राष्ट्रिय आरोग्य दिवस)

नेपालको वैश्विक प्रयासको फलस्वरूप आज अप्रिल १५ (२०८२ वैशाख २ गते) हरेक वर्ष विश्वभर अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइने मनाइदैछ । नेपालको मौलिक अभ्यासलाई कूटनीतिको सौम्यशक्तिका रूपमा अगाडि बढाउँदै नेपालले अघि सारेको ‘अन्तर्राष्ट्रिय आरोग्यता दिवस’ अर्थात् ‘International Wellness Day’ को सङ्कल्प प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेसँगै विश्वभर अप्रिल १५ मा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइन्छ । मानव जीवनको आवश्यक अमुल्य वस्तु/तत्व स्वास्थ्य हो। “स्वस्थ शरीरमा स्वस्थ मन” भन्ने अभिव्यक्ति एक आदर्श वाक्य मात्र नभई समग्र जीवनदर्शनको मूल सार हो। वर्तमानम समयमा विश्वव्यापी रूपमा स्वास्थ्य भन्नाले रोग नहुनुमा सीमित नरही शारीरिक, मानसिक, सामाजिक, साँस्कृतिक, पर्यावरणीय तथा आध्यात्मिक सन्तुलनमा केन्द्रित हुँदै गएको छ। यही व्यापक दृष्टिकोणलाई आत्मसात् गर्दै नेपालको एकल प्रस्तावमा संयुक्त राष्ट्र संघले “अन्तर्राष्ट्रिय आरोग्य दिवस”को अवधारणा अघि सारेको हो ।

आरोग्य शरीर, मन, बुद्धि, भावना र आत्माको सन्तुलित अवस्था हो । मानिसले वास्तविक आरोग्य प्राप्त गर्न शारीरिक स्वास्थ्यमा ध्यान दिनुका साथै मानसिक शान्ति, भावनात्मक सन्तुलन र आध्यात्मिक जागरणमा सचेत रहनु त्यत्तिकै महत्वपूर्ण हुन्छ । मानिसले जीवनमा तीनवटा मुख्य कुरा खोज्छ—भौतिक सुख, शारीरिक स्वास्थ्य र मानसिक शान्ति। तर यी तीनवटै पक्ष सन्तुलित रूपमा प्राप्त भएन भने जीवनमा आरोग्य प्राप्त हुन सक्दैन। यही सन्तुलनको अवस्था नै “आरोग्य” हो। पूर्वीय दर्शनले यही कुरामा जोड दिएको पाइन्छ। संस्कृत श्लोक “सच्चिदानन्द” को भाव अनुसार, मानिसले सत् (अस्तित्व), चित् (चेतना) र आनन्द (आन्तरिक खुशी) को अनुभूति प्राप्त गर्नुपर्छ। जब व्यक्ति यी तीनवटै आयाममा सन्तुलित हुन्छ, तब मात्र उसले पूर्ण आरोग्यको अनुभूति गर्न सक्छ। त्यसैगरि मानव जीवनका “तीन ताप”—आध्यात्मिक, आधिभौतिक र आधिदैविक—बाट मुक्त हुनु नै आरोग्य प्राप्तिको मार्ग हो।

स्वस्थ जीवन शैली, मानसिक स्वास्थ्य संरक्षण तथा प्रकृतिसँग सन्तुलित जीवन बिताउन विश्व समुदायले प्रेरित यस दिवसले स्वास्थ्यलाई रोग नलाग्ने अवस्थामात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा पर्यावरणीय सन्तुलनसहितको समग्र कल्याणका रूपमा बुझ्नुपर्ने सन्देश विश्वभर फैलाउने उद्देश्य राखेको छ । यो दिवसले स्वस्थ जीवनशैली, मानसिक स्वास्थ्य संरक्षण तथा प्रकृतिसँग सन्तुलित जीवन बिताउन विश्व समुदायलाई प्रेरित गर्ने विश्वास लिइएको छ ।

Themes/Slogans of International Wellness Day (अन्तर्राष्ट्रिय आरोग्य दिवस)
Year
Theme/Slogan