Logo
धर्मो रक्षति रक्षितः

राष्ट्रिय धान दिवस

असार १५
Other Days
All 2082 2081 2080 2079 2078 2061
Shisir Kumar Adhikari 2 1118 0
राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव
वि.सं. २०६१ मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि 'राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव' मनाउन थालिएको हो । २०६१ साल (सन् २००४) मा, ४३ वटा देशले संयुक्त राष्ट्र संघमा धान दिवसको रुपमा घोषणा गर्नकालागि संयुक्त अपिल गरेका थिए । जसमा नेपाल पनि सहभागी थियो । संयुक्त राष्ट्र संघबाट ‘धान दिवस’ को घोषणा भएपनि नेपालमा धान दिवसलाई प्रभावकारी बनाउन धेरैवटा देश लागि पर्यो । ‘राइस इज लाइफ’ अर्थात ‘धान नै जीवन हो’ भन्ने नारा सहित उक्त दिनबाट धान दिवस मनाउन सुरु भएको थियो । देशको आवश्यकता र प्राथमिकताका आधारमा नेपाल सरकारले विभिन्न नारा तय गर्दछ ।
असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् । दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
धान दिवस विभिन्न प्रकारले मनाउने गरिन्छ। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । सरकारले सरकारी तवरबाट यो दिवसलाई मनाउछ भने ग्रामिण भेकमा किसानहरूले आफ्नै तवरले मनाउछन्। असार १५ का दिन एक फेर हिलो टेक्नु भन्ने मान्यता छ। यस दिन रोपाइलाई पर्वको रूपमा मनाइने हुँदा खेतको हिलामा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ। आजका दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन छ । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ ।