राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस

May 2
Other Days (अन्य दिवसहरु)
All 2082 2081 2080 2079 2078 2077 2076 2075
Shisir Kumar Adhikari 213 0

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस

यो दिवसलाई नेपाल सरकारले २०७४ साल वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकमार्फत राष्ट्रिय दिवसको मान्यता दिएको हो । सूचना तथा सञ्चार प्रविधिको प्रचारप्रसार, समावेशी प्रयोग र डिजिटल सशक्तिकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्षको ‘मे’ २ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
तत्कालीन कम्प्युटर एसोसिएसन नेपाल अहिलेको क्यान महासङ्घले सन् २०११ देखि नै ‘मे’ २ तारिखलाई आईसीटी दिवसको रूपमा मनाउन शुरू गरेको थियो । ‘मे’ महिनामा नेपालमा पहिलो मेनफ्रेम कम्प्युटर भित्रिएको, राष्ट्रिय कम्प्युटर केन्द्र स्थापना भएको तथा अन्य शुरूवाती काम भएको भन्दै क्यानले यो दिवस मनाउन शुरू गरेको थियो ।