World Immunization Week
April 24-30
Public Health Related Weeks
All
2025
2024
2023
2022
Shisir Kumar Adhikari
0
1248
0
विश्व खोप सप्ताह (World Immunization Week, April 24-30)
अप्रिल महिनाको अन्तिम हप्तालाई विश्वभरी खोप सप्ताहको रुपमा मनाइन्छ भने नेपालमा बैशाख महिनालाई नै खोप महिनाको रुपमा मनाउने गरिन्छ। यो महिना/सप्ताहमा पाँच वर्षमुनिका बालबालिकाले कुनै खोप लगाउन छुट भएका छन् कि भनेर गाउँ टोलमा सोध खोज गरेर खोप लगाउन छुट भएका बालबालिका पहिचान गरिन्छ र छुट खोप लगाइन्छ।
यस सप्ताहको उद्देश्य खोपको महत्त्वबारे जनचेतना फैलाउने, सबै उमेर समूहका मानिसहरूलाई खोप सेवामा पहुँच बढाउने, तथा खोपमार्फत रोकथाम गर्न सकिने रोगहरूबाट समुदायलाई सुरक्षित बनाउने हो। यो अभियानलाई World Health Organization ले विश्वव्यापी रूपमा समन्वय गर्दै आएको छ। खोप आधुनिक स्वास्थ्य सेवाको सबैभन्दा प्रभावकारी, सुरक्षित र किफायती उपायमध्ये एक हो। खोपले शरीरमा रोगविरुद्ध प्रतिरक्षा शक्ति विकास गराउँछ, जसले विभिन्न संक्रामक रोगबाट बचाउँछ। खोपको प्रयोगले विश्वभर लाखौं बालबालिका तथा वयस्कहरूको जीवन बचाएको छ। Vaccine शरीरमा प्रवेश गराईसकेपछि शरिरमा रोग सँग लड्ने क्षमता अथ्वा रोग प्रतिरोधात्मक शक्ती (Immunity Power) विकास हुन्छ । हाल नेपालमा नियमित खोप कार्यक्रम अन्तर्गत १४ वटा रोगहरु विरुद्ध Vaccine दिईन्छ र रोग प्रतिरोधात्मक क्षमता विकास गरी यी रोगहरु लाग्नबाट बच्न सकीन्छ ।
- क्षयरोग
- रोटा भाइरसबाट हुने झाडापखाला
- पक्षघात
- न्यूमोनिया
- भ्यागुते रोग
- लहरेखोकी
- धनुष्टंकार
- हेपाटाइटिस बी
- हेमोफिलस इन्फ्लूयन्जा बी
- दादुरा
- रुवेला
- टाइफाईड
- जापनीज इन्सेफ्लाईटिस
- पाठेघरको मुखको क्यान्सर
नेपालमा राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिका, गर्भवती महिला तथा जोखिम समूहलाई नियमित खोप सेवा प्रदान गरिँदै आएको छ। नेपालले खोप सेवामा उल्लेखनीय प्रगति गरेको छ र धेरै खोपबाट बच्न सकिने रोगहरू नियन्त्रण तथा उन्मूलनतर्फ सफलता हासिल गरेको छ। नेपालमा सरकारी स्वास्थ्य संस्था, स्वास्थ्य चौकी, अस्पताल तथा खोप केन्द्रहरूबाट निःशुल्क खोप सेवा उपलब्ध छ।
जान्नुपर्ने कुराहरु
- हरेक बर्ष विश्वमा झण्डै ४० लाख जीवन खोपले बचाउँछ ।
- खोप निशुल्क पाईन्छ, खोप सुरक्षित हुन्छ र खोपले जीवन रक्षा गर्दछ ।
- जन्मेदेखि १५ महिनाको उमेरसम्ममा पाउने सम्पूर्ण खोपहरु समयमै पुरा गर्नुपर्दछ ।
- सबै खोपहरु पुरा गर्न कम्तिमा ७ पटक स्वास्थ्य संस्था वा खोप केन्द्रमा जानुपर्दछ ।
- खोप लगाईसकेपछि सामन्यतया ज्वरो आउने, खोप लगाएको ठाउँमा दुखे, सुन्निने, रातो हुने हुन्छ तर यस्ता लक्षणहरु केही दिनपछि आफै ठीक हुन्छन तर खोप लगाईसकेपछि यदि उच्च ज्वरो आएमा, खोप लगाएको ठाउँबाट रगत बगीरहेमा, बच्चा ३ घण्टा भन्दा बढि लामो समयसम्म रोइरहेमा, दुध नचुसेमा वा अचेत एवं सुस्त भएमा तुरुन्त स्वास्थ्य संस्थामा लैजानुपर्दछ ।
- खोप कार्ड सुरक्षित राख्नुपर्दछ ।
- खोप लगाउन नहुने अवस्था बाहेक आफ्नो बच्चालाई खोप नलगाएमा त्यस्तो अभिभावक खोप ऐनमा उल्लेख भए अनुसारको सजायको भागीदार हुनुपर्नेछ ।
- खोप लगाएतापनि सँधै सरसफाईका सबै व्यबहारहरुको पालना गर्नुपर्दछ।
Themes/Slogans of World Immunization Week
Year
Theme/Slogan
