Logo
धर्मो रक्षति रक्षितः

राष्ट्रिय सूचना दिवस

भाद्र ३
Other Days
All 2082 2081 2080
Shisir Kumar Adhikari 0 773 1 Download (9 MB)

राष्ट्रिय सूचना दिवस
नेपालको संविधानमा सूचनाको हकलाई महत्वपूर्ण मौलिक हकका रुपमा स्वीकार गरिएको छ । संवैधानिक व्यवस्थाको कार्यान्वयनका लागि सूचनाको हकसम्बन्धी ऐन २०६४ साल साउन ५ गते जारी भइ २०६४ भदौ ३ गते देखि लागू भएको दिनको सम्झनामा हरेक वर्ष भदौ ३ गते राष्ट्रिय सूचना दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघले सेप्टेम्बर २८ लाई सूचनाको हक सम्बन्धि अन्तराष्ट्रिय दिवसको रुपमा मनाउने गर्दछ ।
नागरिकले आफ्नो र सार्वजनिक सरोकारको विषयमा सूचना माग्ने र पाउने संवैधानिक अधिकारको संरक्षण, सम्बद्र्वन र प्रचलन गराउने पवित्र उद्देश्यले राष्ट्रिय सूचना आयोगको स्थापना भएको हो ।सूचनाको हकलाई नेपालको संविधानको धारा २७ मा मौलिक हककै रूपमा परिभाषित गरी यसको महत्वलाई स्पष्ट पारिएको छ । यो विषयलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले समेत आत्मसात् गरेको छ । संविधान र ऐनका यी भावनालाई योजनाबद्ध रूपले कार्यान्वयन गर्दै जानु हरेक सार्वजनिक निकायको कर्तव्य हो । नागरिकको सुसूचित हुने हकलाई संरक्षण, सम्बद्र्वन र प्रचलन गराउने मूल उद्देश्यका साथ सूचनाको हकसम्बन्धी ऐन, २०६४ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ कार्यान्वयनमा रहेको छ । यो ऐनको दफा ११ मा सूचनाको हकको संरक्षण, सम्बद्र्धन र प्रचलन गर्ने कामका लागि एक स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहने व्यवस्था गरेको छ ।