Logo
धर्मो रक्षति रक्षितः

स्वास्थ्य बीमा दिवस

चैत्र २५
National Public Health Days
All 2082 2081 2080 2079 2078
Shisir Kumar Adhikari 4 818 0
स्वास्थ्य बीमा दिवस (Health Insurance Day)

स्वास्थ्य बीमा सुरु भएको दिनको अवसरमा हरेक वर्ष चैत्र २५ गते स्वास्थ्य बीमा दिवस मनाउने गरिन्छ। २०७२ साल चैत्र २५ गते कैलाली जिल्लाबाट स्वास्थ्य बीमा सुरु भएको थियो । स्वास्थ्य बीमा दिवस स्वास्थ्य बीमा बोर्डको नेतृत्वमा स्वास्थ्य बीमा कार्यक्रमको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ।

स्वास्थ्य बीमा भनेको बिरामी पर्दा लाग्ने आर्थिक भार कम गर्नका लागि व्यक्तिहरूले पूर्वनिर्धारित रकम (प्रिमियम) तिरेर स्वास्थ्य सेवा प्राप्त गर्ने व्यवस्था हो। नेपालमा यो कार्यक्रमले विशेषगरी निम्न आय भएका परिवारलाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन ठूलो भूमिका खेलेको छ। स्वास्थ्य बीमा कार्यक्रम योगदानका आधारमा व्यक्तिलाई वित्तीय संरक्षण प्रदान गर्ने प्रणाली हो। यसले स्वास्थ्य उपचारमा व्यक्तिले व्यहोर्नुपर्ने अप्रत्यासित उपचार खर्च कम गरी गरिबीको जोखिमबाट जोगाउँन मद्दत गर्दछ । विपन्न, सीमान्तकृत एवं आर्थिकरुपले असहाय व्यक्तिको जीवनस्तरमा महङ्गो स्वास्थ्योपचारले नकरात्मक प्रभाव परेको देखिन्छ, जसले गर्दा स्वास्थ्य सेवाको पहुँचमा असर पर्न गएको पाइन्छ । आधुनिक विश्वमा स्वास्थ्य उपचारमा लाग्ने खर्च र गरिबीबीचको सम्बन्धलाई अत्यधिक महत्वका साथ हेरिन्छ । तसर्थ स्वास्थ्यमा लाग्ने व्यक्तिगत खर्चलाई न्यूनीकरण गर्दै स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागि विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रयासहरू भएका छन्, जसमा स्वास्थ्य बीमा एक महत्वपूर्ण कार्यक्रमको रुपमा रहेको छ।