Logo
धर्मो रक्षति रक्षितः

Universal Health Coverage Day

December 12
International Public Health Days
All 2025 2024 2023 2022 2021
Shisir Kumar Adhikari 4 1250 0
स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस (Universal Health Coverage -UHC Day)

प्रत्येक वर्ष डिसेम्बर १२ तारिखमा स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस (Universal Health Coverage -UHC Day) मनाइन्छ । सन् २०१५ मा अमेरिकामा सम्पन्न संयुक्त राष्ट्र संघको महासभामा स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच गर्ने बिषयमा प्रतिवद्धता जनाएको थियो। नेपाल सहित सदस्य राष्ट्रहरुले स्वास्थ्य सेवामा सवैको पहुँच पुर्‍याउने बिषयमा प्रतिद्धता जनाएका थिए। स्वास्थ्य सेवामा पहुँच नभएकै कारण जटिल जीवन यापन गरिरहेको स्थिति छ। सन् २०१५ मा दीगो विकास लक्ष्यसम्म ‘स्वास्थ्यमा सवैको पहुँचको व्यवस्था गर्ने लक्ष्य अघि सारेको थियो।

यो दिगो विकास एजेण्डा २०३० अन्तर्गत गरिएको 'कसैलाई पछि नछाडौँ' भन्ने मूल प्रतिज्ञासंग मेल खान्छ । दिगो विकास एजेन्डा २०३० ले स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा स्वीकार गरेको छ र सोहीअनुसार कुनै आर्थिक कठिनाइविना सवैले गुणस्तरीय स्वास्थ्य सेवाहरूमा पहुंच पाएको सुनिश्चित गर्न स्वास्थ्यमा सर्वव्यापी पहुँच हुनुपर्ने कुरामा जोड दिन्छ (दिगो विकास परिलक्ष्य ३.८) । स्वास्थ्यमा सर्वव्यापी पहुँच भन्नाले सबै मानिसको आफूले चाहेको बेला, चाहेको ठाउँमा कुनै आर्थिक कठिनाइबिना आफूलाई चाहिएका सबै प्रकारका गुणस्तरीय स्वास्थ्य सेवाहरूमा पहुँच हुनु भन्ने हो। यसले जीवनको चरणवद्ध पद्धतिमा आधारित भई प्रवर्द्धनात्मक, निवारणात्मक, उपचारात्मकदेखि प्रशामक सेवासम्मका अत्यावश्यक स्वास्थ्य सेवाहरूको पूर्ण निरन्तरता दिनुपर्ने कुरालाई समेट्छ ।