International Yoga Day
June 21
International Public Health Days
All
2025
2024
2023
2022
2021
2020
2019
2018
2017
2016
2015
विश्व योग दिवस (International Yoga Day)
अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा 'योग सबैका लागि सधैँका लागि' आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा एक सय ७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो ।
अहिले सम्मका खोज अध्ययन र अनुसन्धानहरूले बताए अनुसार पहिलोपल्ट शिवले आफूसँग योगसम्बन्धी ज्ञान प्राप्त गर्न खोज्न सप्तऋषिहरूलाई अगाडि राखेर योग शिक्षा प्रदान गर्न सुरु गर्नुभएको थियो। योग शिक्षा प्रदान गर्न सुरु गर्दा कुन दिनको छनोट गर्नेभन्दा सबैभन्दा लामो दिन, जुन दिनबाट सूर्यको दक्षिणायन सुरु हुन्छ। पछि आएर सबैभन्दा लामो दिनलाई आजकाल जुन २१ भन्छन्। २१ जुन वर्षको सबैभन्दा लामो दिन हो। सूर्य दक्षिणायन लाग्ने त्यस दिन शिवले आफ्ना सप्तऋषिलाई पहिलो योग ज्ञान प्रदान गर्न प्रारम्भ गर्नुभयो । संयुक्त राष्ट्र सङ्घले २०१४ बाट त्यही दक्षिणायन लाग्ने दिनलाई छनोट गरेर नै विश्व योग दिवस भनेर मान्यता दिएको थियो। यो शिव युगबाट, शैव सभ्यता, जनक सभ्यता, कपिल सभ्यता, बुद्ध सभ्यता, महर्षि पतञ्जली हुँदै अहिले आएर विश्व योग दिवस भएको छ। संयुक्त राष्ट्रसङ्घले विश्व योग दिवस मनाएको वास्तवमै वैज्ञानिक छ, किनभने हाम्रा शास्त्रहरूले गरेको विश्वास, हाम्रा खोज अध्ययन, अनुसन्धानहरूले गरेको विश्वास र अन्य धेरै कुराहरू हाम्रा गणितमा भर परेका छन्। गणितले गरेको समयको गणनाको विश्वास स्थापित हुनु हाम्रो गणित असाधारण गणित हो भन्ने पुष्टि पनि हो। हाम्रा पूर्वजहरू, जसले गणितको, आयुर्वेदको अन्तरीक्षको अथवा स्वास्थ्य विज्ञानको जुन आविष्कार गर्नुभएको थियो, त्यो असाधारण थियो भन्ने पुष्टि हो। र, त्यस दिनलाई आज विश्व योग दिवसको रूपमा मनाइरहेका छौँ ।
नेपालमा वि.सं. २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो ।
योगको परिचय तथा महत्व
आधुनिक युगमा विज्ञान तथा प्रविधिको तीव्र विकासले एक स्थानमा बसी मानिस विभिन्न क्रियाकलापहरु गर्न सक्ने भएको छ । पहिलेको तुलनामा आज मानिस शारीरिक श्रमबाट टाढिदो अवस्थामा छ । यसले शरिरमा यान्त्रिकता ल्याएको छ र मनलाई तनावग्रस्त बनाएको छ । जीवन पद्धतिमा आएको यो निस्कृयताले मानिसमा अनेकौं रोगहरु देखिएका छन् । सामान्य भाषामा भन्दा आधुनिक युग भनेको HURRY, WORRY, CURRY को जमाना हो । अर्थात धेरैजसो व्यक्तिमा हतारमा रहने, चिन्तित तथा वढि तनावग्रस्त र पत्रु खाना (Junk Food) खाने बानी भै सकेको छ ।
शारिरीक व्यायाम र योगाभ्यासले शारिरीक र मानसिक तथा विशेषतः नसर्ने रोगहरुबाट बच्न फाइदा पुर्याउनुका साथै स्वस्थकर दीर्घजीवन प्रदान गर्ने यथेष्ठ वैज्ञानिक प्रमाणहरुको पृष्ठिभूमिमा योगको महत्वको बारेमा जनचेतना वृद्धि गर्नुपर्ने आवश्यकता देखिन्छ । योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्ति लगायतका सकारात्मक गुणको विकास हुन्छ।
१. सत्य (साँचो बोल्ने)
२. अहिंसा
३. अस्तेय (चोरी नगर्नु)
४. ब्रह्मचार्य (संयमित जीवन यापन गर्नु)
५. अपरिग्रह (जति आवश्यक हो त्यसैमा संतुष्ट र हनु) आवश्यकता भन्दा बढी संग्रह नगर्ने ।
ख.नियम:
१. शौच (सफा रहनु)
२. सन्तोष
३. तप
४. स्वाध्याय
५. ईश्वर प्रणिधान
ग. आसन: शरीरलाई स्वस्थ, निरोगी र स्थिर रहन विभिन्न आसनहरू (पद्मासन, बज्रासन आदि) मा सुखपूर्वक वस्नु ।
घ. प्राणायम: श्वास प्रश्वासको माध्यमबाट प्राणशक्तिको क्षमतालाई विस्तार गर्नु ।
ङ. प्रत्याहार: इन्द्रियहरूलाई नियन्त्रित राख्न्।
च. धारण: कुनै एक वस्तुमा मन लगाएर एकाग्र हुनु ।
छ. ध्यान: कुनै एक वस्तुमा मन लगाएर एकाग्र हुनु ।
ज. समाधि: चित्त (मन) लाई एकाग्र गरी ध्येय वस्तुको केन्द्रविन्दुमा चित्तलाई लगाइ लामो समयसम्म लीन गराई राख्न् ।
उपरोक्त योगका आठवटै अंग अत्यन्त उपयोगी छन् र सोको पालना गर्नाले शारीरिक तथा मानसिक रूपमा स्वस्थ्य जीवन यापन गर्न र एकाग्र चित्त बनाउन मद्दत पुग्दछ ।
यम र नियमको पालनाले नैतिक शिक्षा र व्यक्तिगत स्वच्छता प्रति जागरुक गराउँछ भने योगका अन्य अंगहरूले शारीरिक र मानसिक रूपमा सक्षम बनाउँछन् ।
Themes/Slogans of International Yoga Day
Year
Theme/Slogan

Shisir Kumar Adhikari