Logo
धर्मो रक्षति रक्षितः

सामाजिक अध्ययन (Social Studies)

View Edition:
1449 0
Book Name: सामाजिक अध्ययन (Social Studies)
Publisher: Samiksha Publication
Category: सामाजिक अध्ययन (Social Studies) for PCL Health Science (Nepali Medium)
Author(s): Shisir Kumar Adhikari
Edition: 1st
ISBN: 978-9937-759-14-4
Published On: 2021
Pages: 353
Final Price: Rs. 495/-
Availability: In Stock
Features of सामाजिक अध्ययन (Social Studies)

Description

‘सामाजिक अध्ययन’ पुस्तक प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) बाट सञ्चालित स्वास्थ्य विज्ञान (Health Science) को तीन वर्षे डिप्लोमा सामान्य चिकित्सा, मेडिकल ल्याव टेक्नोलोजी, डायगोनिष्टिक रेडयोग्राफी, होमियोप्याथी, आयुर्वेद, आम्ची विज्ञान, दन्त विज्ञान, नेत्र विज्ञान, फार्मेसी, फिजियोथेरापी र अकुपञ्चर त्यसैगरी अकुप्रेसर र मोक्जिबुसन कार्यक्रमका लागि परिमार्जित पाठ्यक्रममा पूर्णतया आधारित रहेर लेखिएको भए तापनि परिवर्तति समयसँगै सामाजिक अध्ययनको दायरा फराकिलो हुँदै गएको यस अवस्थामा नेपालको बारेमा जानकारी राख्न चाहने सबैका लागि उपयोगी हुनेछ । शिक्षालाई उद्धेश्यमूलक, व्यवहारिक, समसामयिक र रोजगारमूलक बनाउन विभिन्न समयमा पाठ्यक्रम, पाठ्यपुस्तक विकास तथा परिमार्जन गर्ने कार्यलाई निरन्तरता दिइँदै आएको पाइन्छ । पछिल्लो समायमा देशमा आएको आमूल परिवर्तनसँगै पाठ्यक्रमलाई पनि समयसापेक्ष बनाईएको छ र यसमा उल्लेखित विषय वस्तुहरु परम्परागत भन्दा भिन्न छन् । नेपाली हुनुको नाताले नेपालको भौगोलिक अवस्था, नेपालको इतिहास, तत्कालीन समाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक अवस्था बारे जानकारी राख्नु अपरिहार्य हुन्छ । संघीयता, शासन प्रणाली, नयाँ स्वास्थ्य संरचना, परिमार्जित नीति, देशमा विद्यमान स्वास्थ्य समस्या र चूनौति लगायतका बहुआयामिक विषयवस्तुहरु समेटिएकोले यो पुस्तक शिक्षक वर्ग र विद्यार्थीहरुका लागि निकै सहयोगी र फलदायी हुने विश्वास लिएको छु ।

Book Reviews