गर्मी समय बढेसँगै गण्डकी प्रदेशका केही जिल्लाहरुमा ठेउलाका बिरामीहरु देखा पर्न लागेका छन्, गण्डकी प्रदेशको स्याङ्जा जिल्ला वालिङ नगरपालिका, कालीगण्डी गाउँपालिका, चापाकोट नगरपालिका साथै जिल्लाको सदरमुकाम स्थित पुतलीबजार नगरपालिकामा पनि यस्ता बिरामीहरु देखा पर्न लागेका छन् ।
ठेउला एउटा भाइरल इन्फेक्सन हो । यो जुनसुकै उमेर समूहमा हुन सक्छ, तर खासगरी बालबालिका बढी प्रभावित हुने गर्छन् । ठेउला एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने भएकाले एकैचोटि धेरै व्यक्ति प्रभावित हुन्छन् । ठेउला ‘वेरिसेला जोस्टर’ नामक भाइरसको संक्रमणबाट हुने गर्छ, जुन गर्मीयाममा बढी सक्रिय हुन्छ । सामान्यतया शरीरमा स–साना राता बिबिरा आउनुलाई ठेउला भएको भनिन्छ ।
✅ भोक नलाग्ने, ज्वरो आउने, जिउ दुख्ने, शरिर चिलाउने, शरीरमा स-साना राता दाना हरु आउने, चिलाउने, पानी फोकाहरु आउने र सुख्खा पाप्रा बन्ने यस रोगका मुख्य लक्षण हरु हुन् ।
✅ ठेउला आउनुअघि खुट्टा, जिउमा पीडा हुने दुख्ने अर्थात् हल्का ज्वरो आउने गर्छ ।
✅ खोकी लाग्ने, बान्ता हुने समस्या देखिन्छन् र पेट ढाड, अनुहारजस्ता अंगमा स–साना रातो दाना देखापर्छन् । यो क्रमशः टाउको, अनुहार, कानको भित्री भाग, नाकको प्वाल, आँखा हुँदै पूरै शरीरभरि फैलिन्छ ।
✅ बिरामीको छालामा पानीको फोकाजस्तो दाना देखिनुभन्दा करिब एक हप्ताअघि नै विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । कतिपयमा टाउको बेस्सरी दुख्ने, वाकवाकी लाग्ने, खान मन नलाग्ने, कमजोरीपन देखापर्ने हुन्छ । शरीरमा फोका करिब एक हप्तासम्म रहन्छन् ।
साना बालबालिका
गर्भवती महिला
रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरु
✅ ठेउला एक व्यक्तिबाटै अर्कोमा सजिलै सर्ने भएकाले सकेसम्म अरूको सम्पर्कमा जानुहुँदैन ।
✅ घरमा आराम गर्ने, चिल्लो, पिरो खानेकुरा नखाने, दिनहुँ सरसफाइ गर्ने, लुगाकपडा तथा अन्य सामान अलग्गै प्रयोग गरेमा ठेउला एक–डेढ हप्तामै आफैँ निको भएर जान्छ ।
✅ खासगरी एक व्यक्तिबाट अर्कोमा सर्दै गएपछि भाइरल इन्फेक्सन बढ्दै जाने खतरा रहन्छ ।
✅ बिरामीमा कमजोरीपन देखापर्ने, ज्वरो आउनेजस्ता लक्षण देखापर्ने भएकाले स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने हुन्छ । ताजा फलफूल, पोषिलो तथा झोलिलो खानेकुरा खान दिनुपर्छ
✅ एक आपसमा घुलमिल हुँदा अरुलाई पनि सर्ने र महामारिनै निम्तिने समस्या भएकाले यदि विद्यालय उमेर समूहका बालबालिकाहरूमा यो रोग देखिएको छ भने निको नहुन्जेल स्कूल नपठाउने ,अरूको सम्पर्कमा आउन नदिने ।
निमोनिया
स्नायु प्रणालीमा संक्रमण
रक्तश्राव
सेप्सिस
छालाको संक्रमण
✅ यो एक प्रकारको भाईरल सङ्क्रमण भएकाले बिरामीको उचित हेरचाह गरेमा ठेउला आफै निको हुन्छ ।
✅ अन्य स्वास्थ्य समस्याका कारण जटिलता आउन सक्ने भएकाले ठेउला भएको थाहा पाएमा चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । एन्टिभाइरल औषधिको प्रयोगबाट ठेउलाको उपचार गर्न सकिन्छ ।
✅ ठेउलाको बिरामीमा ब्याक्टेरियाको संक्रमण, मेनेन्जाइटिस, इन्सेफलाइटिस, निमोनिया, मिर्गौला तथा कलेजोको समस्या देखिएमा घातक हुन सक्छ । तसर्थ बिरामीको उचित हेरचाह गर्न जरुरी हुन्छ ।
✅ एकपटक ठेउलाको संक्रमण भएको व्यक्तिमा दोस्रोपटक ठेउला आउने सम्भावना एकदमै न्यून रहन्छ ।
गर्मी याममा ठेउला, हाँडे, दादुरा, रुबेला, झाडापखाला जस्ता संक्रामक रोगहरू फैलिने जोखिम भएकाले समयमै साबधानी अपनाऔं ।
लेखक सरोज कुमार भट्ट ठूलाडिही स्वास्थ्य चौकी, पुतलीबजार नगरपालिका स्याङ्जामा कार्यरत स्वास्थ्यकर्मी हुनुहुन्छ ।
Leave Your Comment