रातभरी अनिदो छौँ, निन्द्रा आँखा भरि
घरपरिवार, बा, आमाको याद घरि घरि ।
भोको पेटले कट्छ डिउटी फुर्सद हुन्न कहिले
सेवा गर्छौ बिरामीलाई, खुशी खोज्दै जहिले ।
औषधिको डङ्गुर भित्र जिन्दगीको खोजी
तलब कम छ, कामगर्दा नि भरिदैन गोजी ।
हाम्रो, मेरो पेशा, हाम्रो धर्म, औषधीको साथी
अन्तिम लक्ष्य एउटै राख्यौं, बिरामी होस जाती ।
लेखक : सन्जिब कार्की (दिप्रुङ चुईचुम्मा गा.पा. २, खोटाङ)
Leave Your Comment