पछिल्लो समयमा सङ्घीय तथा प्रदेश लोकसेवा आयोगबाट आफ्नो अधिकार क्षेत्रको दुरुपयोगगर्दै प्राविधिक तर्फका प्रतिस्पर्धीहरूलाई मर्कामा पार्नेगरि जथाभावी, अनावश्यक पाठ्यक्रम परिवर्तन तथा मरिमार्जनगर्न थालिएको छ । जसको परिणामस्वरूप योग्य र दक्ष प्राविधिक कर्मचारीहरू सरकारी सेवामा प्रवेशगर्न सकिरहेका छैनन् ।
नेपालको संविधानको भाग २३, धारा २४३ मा लोकसेवा आयोगको काम, कर्तव्य र अधिकार साथै धारा २४४ मा प्रदेश लोकसेवा आयोग सम्बन्धी व्यवस्था गरिएको छ । जस् अनुसार आयोगले आफूले पाएको काम कर्तव्य र अधिकारको घोर दुरुपयोगगर्दै परीक्षार्थीलाई मारमा पार्नेगरी ‘सेवा सम्बन्धी ज्ञान’ लाई बेवास्ता र मूल्यहीन ठानेर प्रशासनिक तर्फका पाठ्यक्रमहरू समावेशगर्दै प्राविधिक तर्फका परीक्षार्थीलाई लोकसेवा आयोगको बाटो रोज्नु फलामको चिउरा चपाउनु सरह बनाइएको छ |
आखिर प्राविधिक तर्फ किन समावेश गरियो होला त, प्रशासनिक तर्फको पाठ्यक्रम ?
प्रायजसो प्राविधिक तर्फका कर्मचारीहरूले लोकसेवा आयोगबाट नियुक्ति लिईसकेपछी उनीहरूको कार्यस्थल मुख्यतया स्थानीय तहका सम्बन्धित फाटहरुमा हुनेहुदाँ, आफू अवस्थित कार्यलयको कार्यालय व्यवस्थापन साथै आफ्नो कार्य विवरण अनुसारको कार्यहरू सम्पन्न गर्नुपर्ने हुन्छ | जसमा, सोही कार्यालय व्यवस्थापनको पाटोलाई मात्र मध्यनजर गरि प्रशासनिक तर्फको पाठ्यक्रम समावेश गरिएको हो कि, भनेर अनुमान गर्न सकिन्छ | तर, यदि त्यसरी सोही कारण खुलाएर प्राविधिक तर्फको पाठ्यक्रममा आइ. क्यु, अङ्ग्रेजी / नेपाली व्याकरण, सार्वजानिक व्यवस्थापन तथा सामान्य ज्ञान लगायतको पाठ्यक्रम समावेश गरिएको हो भने अपरिपक्व मानसिकताको निर्णयमाथि अधिकारको खुलेआम दुरुपयोग भएको कुरा सहजै स्वीकार्न सकिन्छ | यसरि, अर्थहीनरुपमा प्राविधिक तर्फका परीक्षार्थीको पाठ्यक्रममा अप्राविधिक तर्फको पाठ्यक्रम समावेश गरिनु भनेको नियतबस परीक्षार्थीलाई डर, त्रास देखाउदै हतोत्साहित बनाउनु हो | जसको परिणाम अबको लोकसेवा आयोगले दक्ष प्राविधिक कर्मचारीको नियुक्ति भन्दापनि दक्ष प्रशासनिक कर्मचारीको नियुक्ति गरिरहेको कुरा सहजै आकलनगर्न सकिन्छ ।
अब नतिजा कस्तो निस्किएला त ?
प्राविधिक तर्फका विद्यार्थीहरूले एस.ई.ई / एस.एल.सी. तथा सो भन्दा माथिको डिग्री कलेजबाट हासिल गरिसकेपछि प्राविधिक तर्फका विषयमा अध्ययनगर्न बिभिन्न कलेजहरूमा विभाजन हुनेगर्दछन | जहाँ उनीहरूको पाठ्यक्रम सत् प्रतिशत नै सेवा प्रवाहगर्ने फाट अनुसार तयार गरिएको हुन्छ | यसरी तयार पारिएको पाठ्यक्रममा आधारित भएर तोकिए अनुसारको ज्ञान हासिलगर्दै प्राक्टिकलको क्षेत्रमा समेत पोख्त भएर, एउटा लेभलको डिग्री हासिल गरिसकेका विद्यार्थीहरूलाई सोही फाटबाट लोकसेवा आयोगमा प्रवेशगर्न चाहदाखेरी अनावश्यक आई.क्यु, जी.के, सार्वजानिक व्यवस्थापन, आदि लगायतका विषयवस्तुको गहिराइमा डुब्नुपर्ने बाध्यता रहेको छ | अझ पछिल्लो समयलाई नियाल्ने हो भने , बिभिन्न प्रदेश तथा सङ्घीय लोकसेवाहरुमा प्राविधिक तर्फका कर्मचारीको पाठ्यक्रम परिवर्तनमा `कसले गाह्रो र मुस्किल पाठ्यक्रम ल्याउने´ भन्ने विषयमा होड बाजी नै चलिरहेको देख्न सकिन्छ । फलस्वरूप आयोगका परीक्षार्थीहरूले प्रदेश अनुसार फरक - फरक पाठ्यक्रमबाट तयारी गर्नुपर्ने साथै एउटै प्रदेशको पाठ्यक्रममा समेत बर्सेनि अनियमितता हुनाले कहिले के पढ्ने र कसरी पाठ्यक्रमका सामग्री तयारपार्ने भन्ने विषयमा अलमलिएको पाउन सकिन्छ । जसको नतिजा अब देशमा प्राविधिक फाटबाट सेवागर्नसक्ने कर्मचारीहरु भन्दापनि प्रसासन हाक्नसक्ने योग्यता भएका कर्मचारीहरु नियुक्ति हुनेकुरा प्रस्ट छ |
अब कसरी गर्न सकिन्छ त समाधान ?
कुनैपनी ब्यक्ति जन्मसिद्द सम्पुर्ण फाटमा पोख्त हुँदैन । ब्यक्तिको मानसिक बिकास गर्भ अवस्था देखि बुढेसकालसम्म हुनेहुदाँ कुनैपनी कर्मचारी वा ब्यक्तिलाई सरकारी सेवामा प्रबेशगर्नु पुर्व र गरिसकेपछि गरेर २ खण्डमा मुल्यांकनगर्दै सिकाउन सकिन्छ । बिशेषगरि प्राविधिक फाटका कर्मचारीलाई सेवामा प्रवेश गर्नुपुर्व उक्त परीक्षार्थीसंग्ग ‘आफ्नो फाट अनुसारको ज्ञान कत्तिको छ ? सेवा प्रवाहको क्षेत्रमा कत्तिको योग्य छ ? साथै सेवामा प्रवेश गरेपछी उसले जनता र देशको लागि कार्यगर्न सक्छ या सक्दैन ?’ आदि जस्ता महत्वपूर्ण विषयबस्तुलाई बिशेष ध्यानमा राखी सुध्द प्राविधिक फाटकै प्रश्नपत्र तयार गरेर उचित मुल्यांकनगर्दै सेवामा प्रवेश गराउनु अति आवश्यक छ । यसरी सेवामा प्रवेश गरिसकेका कर्मचारीहरुलाई यदी प्रशासनिक फाट चलाउनुपर्ने भएमा वा कार्यलय व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी भएमा त्यस्ता कर्मचारीहरुको छनोट गरि सम्बन्धित सरोकारवाला स्थानीय तह वा निकायहरुले आवश्यक तालिम दिएर कार्यक्षेत्रमा मजबुत बनाउन सकिन्छ ।
पछिल्लो समयलाई नियाल्दाखेरी प्राविधिक कर्मचारीहरुलाई सम्बन्धित स्थानीय तहका अधिकारीहरुको अनुरोध तथा निर्देशनमा सोही क्षेत्रका प्रशासनिक फाटहरुमा तथा वडा कार्यलयहरुमा समेत राखेर काम कर्तव्य र अधिकार तोकि बन्देज बनाइएको पाउन सकिन्छ । जसको परिणामस्वरूप अधिकांश प्राविधिक कर्मचारीलाई सरकारि जागिर "नखाउ भने दिन भरिको सिकार, नखाउ भने कान्छा बाबुको अनुहार" भन्ने नेपाली उखान सरह ‘निल्नु न ओकल्नु’ भएको छ । तसर्थ यसरी प्राविधिक फाटका विध्यार्थीहरुलाई मारमा पार्नेगरि प्रसासन हाक्नसक्ने उमेदवार बनाउने नियत राखेर सम्बन्धित पद अनुसारको पाठ्यक्रममा प्रसासन तर्फको पाठ्यक्रम समाबेस गरिनु घोर अन्याय गर्नु हो । अझ यस पक्षको कुनैपनि नियमन तथा नियन्त्रण नहुनुले देशको प्राविधिक क्षेत्र अभिभावकत्व विहिन तथा टुहुरो भएको महसुस भएको छ |
सन्जिब कार्की
दिप्रुङ चुईचुम्मा गा. पा. २,
खोटाङ
Leave Your Comment