निजामती सेवा दिवस (भाद्र २२ गते)

निजामती सेवा दिवस (भाद्र २२ गते)

2023-08-28 318 0 0


नेपालमा हरेक वर्षको भाद्र २२ गते निजामती सेवा दिवस मनाइन्छ । वि.सं. २०६१ सालबाट निजामती सेवा दिवस मनाउन शुरु गरिएको थियो । वास्तवमा तत्कालीन प्रधानमन्त्री टंक प्रसाद आचार्यले  वि.सं. २०१३ साल भाद्र २२ गते निजामती ऐन ल्याएको दिन पारेर निजामती सेवा दिवस मनाउन थालिएको हो । यस दिन सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट निजामती कर्मचारीहरुलाई पुरस्कृत गर्ने, पूर्व कर्मचारी अर्थात सेवानिवृत कर्मचारीहरुलाई सम्मान गर्ने, विभिन्न निजामती कर्मचारीलाई उत्साहीत र प्रेरित गर्ने, वृक्षारोपण गर्ने, खेलकुद, रक्तदान आदि कार्यक्रमहरु आयोजना गरी मनाउने गरिन्छ ।

१८ औँ देखि २२ औँ (२०७८–२०८२) सम्म ५ वर्षको लागि “व्यावसायिक र सिर्जनशिल प्रशासनः विकास, समृद्धि र सुशासन” भन्ने नारा तय गरिएको छ ।

Author(s)/Publisher(s):